निर्णय नं. ४ - जगा लेंदें
अभिलेख नं ४/२०१०
२०१० सालको ४९९/३५
प्रधान न्यायालय सीङ्गल बेञ्च
०९ सालको अ.वं १९७
मुद्दा- जगा लेंदें
अपिलाटः- पुर्व ४ नं. ईथुंपौवा चरंदी बस्ने आसामाया रसाली
विपक्षः-पुर्व ४ नं ईपौवा चरन्दी हस्त बाहादुर राई ..ऐ वस्ने कृष्णप्रसाद जैसी ऐ ऐ
इजलास
श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिंह वी.एस. सी . वी .एल.
फैसला मेरो बाबु रुप सीङ्गको २ स्वास्नी जेठी पट्टीको मेरो दाजु महासेर निजको पनी २ स्वास्नी जेठी पट्टी भदाहा वागवीर समेत ३ जना र कान्छी पट्टी अन्याय वाला हस्त वहादुर वावु रुप सीङ्गको कान्छी पट्टी प्रमानंद नीजको छोरा भक्त बहादुर भयाको म लाटी हुदा कन्या भै माईती घरमा वसेको वावु दाजु मरे पछी भक्त वहादुर दर्ताको घर वारी तीरो रु 1।32मैले वुझाई साल संमको दीयको लीयको छु ७सालमा हस्तवहादुर वाट राजीनामा गराई लियको भनी कष्ण प्रसादले जगा कमाई खाई दिइकोले दौडाहामा जाहेर गर्न आयकोछु जगा लीं दीं गरेमा नीजहरुलाई सजाय गरी जगा मेरो सदर थामीपाउ भन्ने उजुरी वीन्ती पत्र आसामायाको रहेछ ।स्यांरत्नले खायाको तीर्न र पैलादी पाल्न हस्त वहादुर ले कं.रु१२०० ली पैलाठी साछी वसी २ कित्ता वारी ५।१२।२१मा राजीनामा लेखी दी पास भएको रहेछ ।
भक्तबाहादुर मरेको हस्त बाहादुरले तिरो चलाई आयको अरु हकदार पुर्ण बहादुरस्मेत मञ्जुर भै कागज लेखी दीयेको छन ४ साल संम हस्त बाहादुरले ५ साल देखि भोग तिरो मैले गरेको छु । जगा मेरो सदर थामीपाउ भन्ने क्रीष्णप्रसाद को बयां रहेछ ।
बादी लाटी दर्ता भन्ने वादीकै लेखाईबाट नदेखीयाको फेरी स्वही राजीनामाको फीराखी प्र. क्रीष्णप्रसाद वाट कं.रु ५० खाई मञ्जुरी कागज गरीदीयाको मा धंसुकि ले नै केहि काफी राखी गरी दियाकोबाटस्मेत प्रतेवादीउपर झुट्टै उजुर गरेको ठहर्छ भंने पौ वा पञ्चायतको फैसला रहेछ । सर्जमीन वुझी दीयनन् म लाटी जाना जानी साछी पनी वसेको छैन प्रमाण वुझी जगा सदर थामी पाउ भन्ने आसामाञाको अपील रहेछ ।
यो वादी यकाघरकी होइन जगा मैले भोगेको छु भन्न कृष्णप्रसादले नसकेको पेस गरेको राजीनामामा फु फु पाल्न भनी जनाई लाटीलाई साछी राषेको वादी लाटी हुनाले जींमा वाल स्मेत र हकदार हस्तबहादुर हुनाले नीजका नाउमा अदकट्टी लीने गरेको रहेछ भन्ने देखिन आयको राजीनामा गरेका मीतीले अपुतालीको म्योदे भित्रको उजुर देखीयको यकाघरको विवाह नभयको ऐ.का हद नाघी सकेको अंश वण्डा का ३५ नं का मंसायले वादीकै हक पुगी सेस पछी मात्र हकबालाको हक देषीयको लाटी को कागज गराउदा अं.व.३४/३५नं को रीत पुरयाउन पर्ने हस्तबहादुरले सदर गराउन नसकी म्यादै गुजारी वसेको बाट समेत प्रतेवादीले वादीको घरवारीमा खीचलो गरेको ठहर्छ ।प्रको थैलीको हकमा ऐं को रीत पुरयाई हस्त बाहादुरबाट लीने भंने न्या. भो. अदालत को फैसला रहेछ ।
धं सुकीस्मेत मञ्जुर भै कागज गरेवाट स्मेत अदालत को इन्साफ वदर गरी पाउ भन्ने कृष्ण प्रसादको अपिल रहेछ ।
भदाहाको अपुताली वंस हस्त बहादुर खडा भयाको भोग तीरो भक्तबहादुर पछी हस्त बहादुर को देखिएको रीनी फुपु भंने जनाइ साछी संम राखी मुख्य हक पाउने आगे भै तमसुक भयाको देखीयाको मुख्य हक पुग्ने भक्तबहादुर को राजीनामा भयाको अपुतालली ३ सालमै परेको राजिनामाकै कैफियतबाट हद म्याद कायं गरेको सुरुको लेखाई ऐ.ऐ नदेखीयाको बाट लें.दें गरेको सदर हुने भै साहु असामी र अपुतालीको ऐ नम्वर १०६ दं. स को ५३ ऐं ले उजुर लाग्न नसक्ने हुनाले खारेज हुने ठहर्छ ।भंने धंकुटा अपील को फैसला रहेछ ।
हक नपुग्ने हस्तबहादुर धंसुकी बाट राजीनामा मञ्जुरनामा मा गराइयको वदरगरी जगा मेरो सदर गरीपाउ भंने लाटी आसामायाको अपिल रहेछ
यसमा छलफललाई झिकाई आयाको क्रीष्णप्रसादको वारेस गणेशप्रसादसमेत राखी निर्णय गर्दा वादी आसामाया अनेत्र वीवाह भै वा पोइल गयेकी भनी प्रतेवादीले लेख्न सवुद प्रमाण दिन नसकेवाट वुडी कन्या भै माईती वसेकी देखीन आयको रुप बहादुर पट्टीको यो लाटी आसामा॥ देखीन आयेको धंसुकी र पुर्ण बहादुर ले पनी मञ्जुरी कागज स्मेत गरेको छ ।
जीकिर लीयकोमा सो मञ्जुरी कागजमा भक्त बहादुरको अपुताली भन्ने लेखीयको र भक्त वहादुर पट्टीको सन्तान यो लाटी आसामाया देखिईन भन्ने प्रतेवादी कृष्ण प्रसादले लेख्न र सवुउद प्रमाण समेत न नसकेको र स्यांरत्न ले खायको तीर्न स्मेत भनी लेखेकोमा स्यांरत्न ले तिर्न स्मेत भनी लेखियकोमा स्यांरत्न झुठ्ठा भनी पेस गर्न नसकेको वाट स्मेत इन्साफ भोजपुर अदालतको मनासीव धंकुटा अपील ले प्रतेवादी ले लें.दें गरेको सदर गर्ने र खारेज गर्ने स्मेत गरेको इन्साफ गल्ती ठहर्छ ।सो ठहर्नाले तपसीलका मानीस लाई तपसील वमोजिं गर्नु ।
आफ्नो हक नपुग्ने जगामा पीचोला गरेमा वादी लाटी आसा मायालाई सजाय गर्न नमिल्ने मुख्य नीज लाटीको वारेस पुर्व ४ नं पौवा चरं विसे धंसुकी राईनी हुदा निज धंसुकी रयानी के जगा मिचनेका २२ नं ले सै क्रा २।।ले रु २००को रु ३० हुनेमा खारेज भयाकोले अ.व. २२८नं ले सेक्रा ५ ले ज.रु१/५०हुनेमा स्वास्नी मानीष हुदा डंड स.का २ नं ले आधी रु ७५ हुनेमा पौवा याकु पञ्चायत बाट गरेको ज रु १५ कटाइ वाकी रु १४/२५ र पुर्व ४ न अदालत ले लीनेगरेको सलामी रु १ नलाग्ने हुदा जंमा रु १५/२५ अंस वालको रीत पुरयाई सुरु पौवा पाकु पञ्चायत वाट फीर्ता दीने भनी धंकुटा अपिलवाट ८/१० /८को फैसलाले गर्ने गरेकोमा सलामी रु १ मात्र लाग्ने हुदा अरु वाकी रु १५ फीर्ता दीनु भनी धं.अपीललाई पुर्जी गर्ने तहसीलमा लगत दिनु ।
देहायका मानिसके धं अका ८/१०/८का फैसलाले फीर्ता दीने गरेको देहाये वमोजींको डंड लाग्ने हुदा असुल गर्नु भनि तहसीलमा लगत दिने
पुर्व ४ पौवा चंखी वस्ने कृष्ण प्रसाद पराजुली के रु २/७५ ऐ वस्ने हस्त बहादुर राई के २/५०
पुर्व ४ नं भो अलालत का देहायका मानीसके धं अ. का ८ /१०/८ का फैसलाले गर्ने गरेको जरीवाना नलागने हुदा असुल भया दिलाई नभया वेहोरा जनाई लागत काटी दीनु भनी अं अं लाई पुर्जी देहायका कलं
डी. गोविन्दप्रसाद के रु ।४० पैसा कलं १ उप्र मु कुमारप्रसाद श्रेष्ट के रु।२१ पैसा कलं १ गंगाप्रसाद केल रु ।१३ पैसा कलं ....१ जीत सुराईके रु ।१३ पैसा कलं
मीं बहादुर अ ..षके रु ।१३ पैसाल कलं .....१
धंकुटा अपीलका देहायका मानिसके गल्ती इन्साफ गरेमा तजवीजी रु १ जरीवाना हुन्छ ।देहाय वमोजीं असुल गर्नु भनी तसीलमा लगत दीनु
कायं मुकायं अनासु संसेर राज श्रेष्ठ के रु १
भगवतीप्रसाद सिंह
न्यायाधीश
ईति संवत २०१० साल वैसाख ८ गते रोज २ सुभम्