निर्णय नं. ५ - बाली
अभिलेख दर्ता नं.५/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.४४
नेपाल प्रधां न्यायालय सींगल बेञ्च
अनं ४४
मुदा बाली
अपिलाट-प्रतेवादी धनलाल महरजं ल.पु.इ.कीर्तीपुर कोछेटोल १
विपक्ष वादी ल.पु.इ.कीर्तीपुर ताफले बस्ने भक्तवहादुर प्रधां १
इजलास
श्री माननीय न्यायाधीस महेन्द्रबहादुर महत क्षत्री
फैसला
यस्मा मेरा दर्ता भोगको छैगल खेत मुरी ।२० अंन्याइलाइ मगतीमां कमाउन दीयेको वाली नदीयेकाले ०६।७ सालको धां र ७ सालको गहुको वीगो मो रु १८९।१० दीलाई जगा पजनी गर्न पाउ भंने वादी रहेछ,
वादीको वावुलाई ०६ सालको धां र ७ सालको गहु चुक्ती वुझायेको छु, वादीको वावुले ६।७।४ मा मो रु १००।– कर्जा ली ऐ पौष १५ गते मो रु ५०। वुझाउदा दरपीठ भयेको छु ७ सालको धां वुझाउन जादा नलीयेकाले रु ८१ ढरौट राखी नालेस गरेको छु भंने प्रतेवादी रहेछ,
वाली वुझायेको नीसा प्रतेवादीले दीन नसकेकाले छीठी चोकका दरमा उले मो रु १७० वालीको वीगो वादीले भरी पाउने ठहर्छ जगा पजनी तर्फ २००७ सालको वाली कीर्तीपुर पंचायेतमा ढरौठ राखेको रसिद देखायेकाले पजनी हुन नसक्ने ठहराईएका देवानी दोश्राले फैसला गरेको रहेछ,
वाली भराउने गरेको इन्साफ सुरुको मुनासीव २००६।२००७ सालको वालीमा वादीको उजुर परी सकेपछी ढरोठ राखेको भंने कुरा मीसीलवाट देखियेको र नवुझायेको वाली स्मेत वुझाई सके भंन सक्ने यो प्रतेवादीलाइ जगा थामी दीदा वरावर झगडा पर्न जाने संभव पनी भयाको र रैकर जगा भगनीमा संम दीयाको वाली नै नभया पनी आफुखुस गर्न पाइने हुदा यो टायेंमा पजनी वा आफु खुस गर्नु भनी वादीलाइ सुनाइ दीने ठहराई अपील दोश्राले फैसला गरेको रहेछ,
अपील दोश्राले गरेको इन्साफमा चीत्त वुझेन भंने धनलालको अपील परी आयेवाट नीर्णयलाइ पेश हुन आयेको येस मुदामा इन्साफ सुरुको केही उल्टी गरी अपीलले छीनेको मुनासिव ठहर्छ इन्साफ मारी दीने हाकीं उपर अपील गरे वापत सजाय गर्नु पर्छ की भंनालाइ कोर्ट फी राखी अपील गरे वापत कोर्ट फी सवालले केही सजाये गर्न नपरी मीसील मीसील फाटमा वुझाई दीनु ।
न्यायाधीश
इती सम्वत २०१० साल वैसाक ८ गते रोज २ सुभम् ।