निर्णय नं. ०६ - बहाल भराइ घरचलन चलाइ पाउँ
अभिलेख दर्ता नं 6/2009
देवानी पु.नं 39/172
नारायण देवी श्रेष्ठ वि . तिलक कुमारी उपाध्याय
नेपाल प्रधान न्यायालय सिंगल बेन्च
मुद्दा नं 172
अपिलाट – प्रतिवादी नारायण देवी श्रेष्ठनी का.इ टेबहालनछे
विपक्ष- बादी तिल कुमारी पाध्यायनी का.इ ताहाचल
मुद्दा : बहाल भराइ घरचलन चलाइ पाँउ
ईजलाश 8
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षेत्री
फैसला
यसमा अपिल तेस्रा फाँटले हद मुनी गरी फैसला गरेमा चित्त बुझेन इन्साफ दोह्रोराइ पाँउ भन्ने प्रतिवादीको निवेदन पत्रमा भएको आदेश बमोजिम ठाडोमा दर्ता भएवाट अपिलाठको वारेश ऋद्दिमान श्रेष्ठ लाइ राखी मिसिल हेर्दा प्रतिवादीले म संग मोहरू रूपैया 2902।कर्जा लिइ 2005/6/22 मा घर भोक बन्धकी पास गरी दिइ सोहि घरको बर्ष 1को मोहरू 250 ।बहाल बुझाउने कबुलियत गरी निज बसी आएकोमा बर्ष दिन पुगेपछि पनि बहाल नबुझाएकिले बहाल मोह रू 312.50 ।भराइ घरवाट उठाइ पाँउ भन्ने बादी बर्ष दिनको बहाल बुझाएकी छु वाँकी बहाल बुझाउन मन्जुर छु भन्ने प्रतिवादी बहाल बुझाएको निस्सा नहुदा बादी दावी वमोजिम बहालः भराइदिने ठह्राइ राका देवानी दोस्रा फाँटले र सो सदर गरी अपिल तेस्रा फाँटले फैसला गरेकोमा बहाल बुझाउने लिखत गरी बस्नेले बहाल बुझाएकिभए लिखत लिन र पेश गर्नुपर्नेमा बुझाय भन्ने मुखैको जिकिर का भरमा बहाल बुझाएकी नठहर्ने हुदा सुरू र अपिल तेस्रा फाँटको इन्साफ मनासिव छ दोह्रायकोमा कोर्ट फि सवाल वमोजिम सुरू अदालतमा मो.रू 160.72 धरौट राखी वादी दायर गरायकी हुँदा हाकिकमा कराउनेका नाँउमा भराउनेको 11 नं ले त्यसको दसौद मो रू 16.7 ।सोह्र रूपैया सात पैसा थप डंड हुन्छ वारेश राखी रूजु नहुदा ऐन बमोजिम असुल गर्नु भनी अत देवानी फाँटमा लगत दिइ मिसिल मिसिल फाँटमा बुझाइदिनु
न्यायाधिश
इति सं 2009साल पौष 15 गते रोज शुभम्