• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६ - बाली

साल: २०१० महिना: बैशाख फैसला मिति :२०१०/०१/१० ११९

 

६/२०१० अभिलेख दर्ता नं

२०१० सालको ५३०/५०७

नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च

दा. नं


अपिलाट :- बर्दिया तप्पे मढेला मौजे कञ्चनपूर  बस्ने कृष्णविक्रम सिंह राया

विपक्षीः-ऐ.ऐ बस्ने बादी  मिनकुमारी ऐ. ऐ ठकुर्नि


              

                                                                       ईजलास

श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान  एम.ए. बि.एल ,

श्रीमाननीय न्यायाधीश भगवतिप्रसाद सिंह  बि.एस .सी .बि. एल.

फैसला

      यसमा हामीहरुको मुद्दा परि अघि ९७ सालमा भएको वन्देजी कागज वमोजीं  मेरा भगमा परि मरै नाममा दर्ता भएको न्यौलापुर मौजा को २००० सालको  सङ्ग छ भनी कृष्ण बिक्रम  लाई  सोध्दा  कोगरी  मनिराम सङ्ग छभनी  अंश मुद्दामा बयान गरी निज कोगरी  मनिराम लाई भगाई दियो ।२००१ सालमा वालि रोक्का हुंदा  निज कोगरी  मनिराम प्रतिवादीको वारेस भै रोक्का मुचुल्कामा रहिछाप गरि दिएको  बाट निज मिनिराम कृष्णबिक्रंको मानिस हुदा २००० सालको सो न्यौलापुर मौजा को कृष्ण  विक्रमबाट  दिलाई  पाँउ  भन्ने वादि मिनकुमारिको विन्तिपत्र बयान रहेछ ।

  ९७ सालको वन्देजी वमोजिमं सो न्यौलापुर मौजाको वादी का भागमा परेपनी  ९७x९८ सालमा रेख देख मैले गरी आएको  आम्दानी वादिलाइ वुझाएको थिए  ।९९ सालको आम्दानी  केहि उठाई केहि वाकिनै थियो  यतिकैमा  वाँकि आएस्ता वादीले नै उठाएकी हुन  ।कोगरी मनिराम अघी न्यौलापुर  मौजाको रेख देख. मैले गरे सम्म मैले कोगरीमा राखी ९९ सालमा सो मौजाको वादीले आमदानी देखाउने गरेकोले निज मिनिराम लाई मैले  खोसी  दिएकोले निज मनिराम लाई वादिलाई नै कोगरी बनाई राखेकी हुन ।२००१ सालमा वाली रोक्का हुदा किनहो  यीनै वादीहरुले निज मनिरामलाई मेरो  वारेस  भनी रोक्का मुचुल्कामा मेरो वारेस भै मनिराम ले सहिछाप गरेको मलाई थाहा नहुनाले निज मनिराम मेरो मानिस पनि हैन २००० सालको वाली मैले खायको पनि छैन  भन्ने प्रतिवादी कृष्णविक्रमको प्रतिवादी बयान रहेछ ।९९सालको वाली मध्य केहि वाली प्रतिवादीले र केहि वाली वादिले उठाएको  ठहरी अंश  मुद्दामा अडा अडाबाट फैसला  भएको  देखिएको  ।९९ सालमा वादीले हात हालि सकेपछि  विना लिखत प्रमाण २००० सालको वाली प्रतिवादी ले वगयो  होला भन्न मनसिव  नपर्नेस्मेतबाट  वादिले झुट्टै उजुर गरेको ठहर्छ  भनी ०५।४।११ मा नयाँ मुलुक  अपिल  ले फैसला गरेको रहेछ ।

   २००0 सालको वाली  मनिराम जिम्मा छ भनि प्रतिवादी  कृष्णविक्रम ले अंश मुद्दामा बयान गरेको २००१  सालको वाली रोक्का  मुचुल्कामा निज मनिरामले कृष्ण विक्रमको वारेस  भै सहि छाप गरेकोस्मेतबाट निज मनिराम कृष्णविक्रम कै मानिस भै २००० साल  वालि कृष्णविक्रम  सङ्ग नै वाकिँ देखिएको  ।विगो कायं गरी भराइ  दिलाइ २००१ सालको वाली रोक्का मुचुल्काबाट वीगो कायं गरि पाऊ भन्ने  वादीका उजुरी वमोजीं सो २००१ सालको वाली रोक्का मुचुल्का झीकाउदा  ना. आई  २००२ सालको रोक्का  मुचुल्का आएकोले सोहि ०२ सालको रोका मुचुल्का  वमोजिं खर्च  दराइ वाँकि  विगो  कंरु ३७६५।।।।।१ प्रतिवादिबाट वादिलाई भराइ दिने ठहर्छ  भनी ०६/१२/२५मा प्रधान न्यायालय दोश्रा फाटले फैसला गरेको  रहेछ ।

    चित्त वुझेन  इन्साफ  जांची  पाँउ भन्ने कृण्णविक्रमको विन्ति पत्रमा ०६साल चैत्र महिना छिनीएको भए मिसिल झिकी जाहेर गर्नु  भन्ने  ०७/५/२५ मा हुकुंको प्रमाङ्गि रहेछ ।

  अपिलाट प्रतिवादी कृष्णाविक्रम  को वारेस  वमबहादुरलाई छलफलमा राखी वुझ्दा  यै न्यौलापुर मौजास्मेतको  २००१ सालको वाली रोक्का हुदा मनिराम प्रति वादिको वारेस भै सहिछाँप गरायको भन्ने प्रतिवादीको जिकीर छ तापनी  निज मनिराम प्रतिवादीको वारेस नभए प्रतिवादि  नै वा प्रतिवादिको हरु नै वारेस को सो वालि रोक्का  मुचुल्का मा  सहि छाप भएको हुन पर्ने सो नभएकोस्मेतबाट निज मनिराम प्रतिवादिकै मानिस देखिएकोले वादिले प्रतिवादि बाट विगो भराई पाँउने ठहराएको इन्साफ प्रधान न्यायालय दोश्रा फाँटको मनासिव छ ।

    मूदा  दोहोराएमा प्रतिवादि कृष्णविक्रमसिह राया के  सुरु  दण्ड  कं रु ५६४ ।।।।।को हा.का.११नम्वरका ऐन वमोजिंम सैक्रा  १० ले कंरु ५६।३।।।दण्ड हुन्छ  वारेस हुदा असुल गर्न अ.त.दे मा लगत दिई मिसिल अं.त.मिसिल फाँटमा वुझाई दिनु ।

भगवतीप्रसाद सिंह                        हरिप्रसाद

      न्यायाधीश                         प्रधान न्यायाधीश

  इतीसम्वत २०१० साल वैसाख १० गते रोज ४ सुभम्...

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563