• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७ - खर्क चोक

साल: २०१० महिना: बैशाख फैसला मिति :२०१०/०१/१२ १०९

अभिलेख दर्ता नं.७/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.३६/५९६ नि.नं.....

 

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

अ.नं.५९६

 


अपीलाट प्रतेवादी : नरधोज गुरुङ इलाम माइपार माबु


विपक्ष वादी : इलाम माइपार माबु बस्ने भैरव गुरुङ


 

मुदा खर्क चोक

 

इजलास

श्री माननिय न्यायाधीस भैरवराज पन्त पाध्या

 

फैसला

यस्मा सुव्वा लालवीर गरुङ समेतले मेरा वावु धनकेसरवाट ठेकी चार दाम खाई ठाडाबाट उदो पुर्व मावु थान उधो दखीं कु खोला पश्चिम भोटे गाउँको तेर्मोबास बाटे सुनारको घडेरी उभो उत्तरको जगा वस्ती गोठ राखनु भनी ३४ सालमा पट्टा गरी दीयेको ९३ सालमा वस्ती वसे वाहेक दार्जलीङ जाने वाटो उत्तर तारेभीर दखीन ठाडोबाटो पुर्व पकु खोला पसीं येती ४ कील्ला भीत्र मालींगेनी चोक मोरु ।५० तीरो लागी मेरा नाउमा दर्ता भयेको तारेभीर चोक धोद्र चोक भोटेवास चोक भीरकुना चोक म्याद हरूका नाउमा स्मेत ज्मा चोक दर्ता भै भोगेको ५ साल पौख देखी मेरा अंस भोगले मालींगेनी चोकमा रुख काटी फाडेको नरधोजको खर्क छुट्टै हुदा नोकसान पारेको गाछ गन्ती गरी मालींगेनी चोक मेरो सदर गरी पाउ वं जंगल फाडेमा छुटै नालेस गर्ने छु भन्ने भैरव गुरुङको वादी रहेछ,

वादीले पक्रेका ४ कील्ला भीत्र मालींगेनी चोक दर्तामा सो बमोजीं नभयेको सो बमोजीम पट्टा पायेको हैन म नरधोजको वावु कुंदल गुरुङले सुव्वा हातबाट पट्टा गराई रमीते भन्ने ठाउमा ४७ साल अगी देखी गोठ खर्क राखी आयेको ६९ सालका जाचमा सो खर्कहरुको किल्ला कायेम भै तेस भीत्र रमीते चोक र वढ हुन आएको तेर्सो बाटो चोक सीउरे थान चोक मालींगेनी चोक समेत ४ चोक दर्ता भै भोगेको ८२ सालमा दखीं किल्ला रमीते जाने नेर लेखीयेको तेतीले हांरो भोगको सबै जगाको कील्ला ठीक नआयेबाट हांरा भोगको सबै जगा भीत्र पारी तारेभीरको भनी पुछार रमीते ढुंगाको फेद तेर्सो वारपार देखी उत्तर भनी कील्ला सचयाई लेखी पट्टा गरी दीये बमोजीम ८७ सालमा नरवीर गुरुङले वंधक लीयेको सो तारेभीरका फेदी रमीते ढुंगा वारपार देखी उतर पछीं पट्टी हांरो र पुर्व दखीं पट्टी वादी र नीजका भैयादको हुनाले बादीका मालींगेनी चोकमा दावी गरेको रुख काटेको हैन भन्ने स्मेत नरधोज स्मेतको प्रतेवादी रहेछ,

प्रतेवादीको कील्ला रमीते जाने भीर उत्तर भन्ने मोठमा र ८२ सालका पट्टामा रमीते ढुंगा भन्ने साध लेखीयेको नकसावाट रमीते ढुंगा र रमीते भीर येकै ठाउमा जनीयेकोवाट येकै ठाउ रहेछ भन्नुपर्ने तल्लो रमीते भीर ढुंगा भनी प्रतेवादीले र माथील्लो हो भनी वादीले देखायेकोमा वादीका पट्टामा तारेभीरको तेर्सो उधो सुव्वा चन्द्रपालको खर्क वाहेक भन्ने लेखीयेको तारेभीर देखी पछीं पट्टीको जगामा झगडा जनीयेको वादीका दर्तामा तारेभीर दखीं भन्ने लेखीएको तारेभीर दखीं हाल झगडा परेको जगा पर्न नआउने पछीं तर्फ पर्ने हुदा तारेभीर रमीते ढुंगा भन्ने साध प्रतेवादीले नकसामा देखायेको सीध हुने प्रतेवादीले वादीको मालींगेनी भन्ने छुट्टै देखायेकोमा हैन भन्ने सम्म लेखी यस्तो पारी वंधको जगा भनी खुलाउन प्रतेवादीले नसकेकोले झगडा परेका जगा प्रतेवादीको रमीते चोक रहेछ भन्ने देखीयेको तारेभीरको फेद रमीते ढुंगा तेर्सो वारपार भन्ने ४० सालको र ८२ सालका पट्टामा र ८७ सालमा नरवीरलाई वंधक दीदा चीत्रवीर साछी वसेको ६३ सालका जाचमा ८२ सालको पट्टा कायम गरी नापी डोरको छाप लागेको प्रतेवादीका साछीले प्रतेवादीकै जगा हो भनी वकेका समेतवाट रमीतेभीर ढुंग देखी उतरको प्रतेवादीका हक भोगको र सो देखी दखीं तर्फको जगा वादीको ठहर्छ भनी इलाम अमीनीका हाकीं ता सुव्वा वीर्ख वहादुर स्मेतले ६ साल माघ १६ गते फैसला गरेको रहेछ,

बाढीले ३४ सालको पट्टामा तारेभीरको तेर्सो उधो सुव्वा चन्द्र पालको खर्क वाहेक भन्ने लेखीयेको झगडा परे वाहेक प्रतेवादीको वाटो चोक स्मेत माबु थान सम्म प्रतेवादीको भन्ने लेखीयेको सो जगा वाहेक भनी लेखेको देखीन आउने हुदा हाल झगडा परेका जगास्मेत पट्टा गरी लीयेको देखीन आउने प्रतेवादीको दाता र प्रतेवादीको ४० सालको र ८२ सालको पट्टामा तारेभीर भनी पुछार रमीते ढुंगाको  फेद तेर्सो उभो भन्ने लेखीयेको भये पनी वादीका ३४ साल कील्ला भीत्र परेकोले तारेभीर भनी पुछार रमीते ढुंगाको फेद तेर्सो उभो भन्ने कील्ला कायेम मान्न नहुने पट्टा वमोजीम कील्ला ९३ सालका जाचमा दर्ता गर्न नसकेकोले झगडा परेका जगा वादीकै मालींगेनी देखीने हुदा र वादीका साछीले वादीकै मालींगेनी चोक हो भनी वकेका स्मेतबाट ठाडो वाटो पूर्व नरधोजको खर्क र तेर्सो वाटो चोक देखी दखींको मालींगेनी चोकलाई प्रतेवादीले खीचोला गरेको ठहर्छ भनी इलाम अमीनीका ख.गोपाल प्रसाद वी. केदार दासले राय पर्चा गरेको रहेछ,

यो मुदामा भयेका नकसामा पाहाखोला खहरेखोला स्मेत नखुलेको वन मुदाको नकसामा प्रष्ट षुलेकोले यो मुदाको नकसा वदर गरी इ वादी प्रतेवादीको स्मेत स्हीछाप परेको वन मुदाको मीसील सामेल रहेको नकसा कायेम गर्ने तारेभीर उतर मावु थान दखीनको १ टुक्रा जगा प्रतेवादीको हुदा तेसका निमीत पकुखोला पसीं भन्ने कील्ला लेखेको रहेछ भन्नु पर्ने वन मुदाका नकसावाट तारेभीर झगडा परेका जगा देखी उतर पर्न आयेको तारेभीर देखी दखीनको मालींगेनी भनी वादीले लेखेको मीलन् आयेको रमीते चोक भनी वादीले दखायेकोमा रमीते चोकवाट फड्के गरी खायेको प्रतेवादीले जनायेको त्यो मुदाको नकसामा भंज्याङ डाडो भन्ने लेखेवाट कुरा वाझीयेको १ दर्ताले २ जगा खान नपाउने तारेभीर दखीं झगडा परेका जगा देखीयेको कील्लावाट वादीकै मालींगेनी भन्ने देखीयेकोले स्मेत इन्साफ तरव गोपाल प्रसाद स्मेतको रायपर्चा मनासीव हाकीम स्मेतको फैसलाको इन्साफ गल्ती ठहर्छ भनी ७।६।१८ गते धनकुटा अपीलले फैसला गरेको रहेछ,

सो ठहरायेको इन्साफमा चीत्त वुझेन भन्ने नरधोजको अपील परेको यो मुदा अपीलटको वा. नरवहादुर गुरुं र छलफलमा झीकीयेको वादी भैरव गुरुंको वा.अैं वहादुर गुरूंलाई राषी नीर्णय गर्दा चन्द्रपालको खर्क वाहेक भनी पट्टामा लेखीयेको कुन रहेछ भनी वीचार गर्दा मावु थुंकाको तारेभीरको तेर्सो उधो सुव्वा चन्द्रपालको खर्क वाहेक भन्ने लेखीयेको र नकसा भीडाइ हेर्दा तरेभीरको तेर्सो भन्नाले तारेभीर पश्चीं सीधा पश्चीं तर्फको वादीले रमीते ढुंगो भनी देखायेको ठाउ ठाडो वाटो सम्म सीधा हुने भै तेस देखी उधोको झगडा परेको जगा चन्द्र पालको पट्टाले वाहेक गरेको जगा रहेछ भन्ने प्रष्ट देखीयेकोले आफ्ना पट्टाले वाहेक गरेको जगालाई हांरो मालींगेनी भनी झुट्टै दावा गरेको देखीयेको तेरसो वाटो चोक भन्ने प्रतेवादीले भनेको नकसामा प्रतेवादीको खर्क भनी जनीयेको जगालाइ पट्टाले वाहेक गरेको भन्ने अमीनीको खरीदार वीचारीको र अपीलको फैसलाको बुदा पनी नक्सा पट्टामा नमील्ने फजुल वुदा लगायेको देखीयेको दर्ता र नकसा भीडाइ हेर्दा पनी वादीको दर्तामा दार्जलीङ जाने वाटो उतर तारेभीर दखीन ठाडो वाटो पुर्व पकु खोला पसीं भन्ने लेखीयेको येदी झगडा परेको पट्टाले वाहेक गरेको जगा वादीका दर्ताको कील्ला भीत्र पर्ने गरी दर्ता गरेको भये पसीं ठाडो बाटो साध लेखीये पछी उतर तेर्सो वाटो साध लेखीनु पर्ने वा प्रतेवादीहरूका खर्कलाई साध गरी लेखीनु पर्ने सो नलेखी पसीं ठाडो वाटो भनी लेखी वायेवे कोण तर्फको झगडा परेको जगा अलग हुने गरी छड्के पारी येकदम इसान कोण तर्फको तारेभीर साध वादीका दर्तामा लेखीयेको वाट झगडा परेको जगा दर्तावाट पनी वादीका दर्ता भीत्र परेको नभै दर्ता वाहेककै पर्ने गरी दर्ता भयेको देखीन आयेको प्रतेवादीका दर्तामा रमीते जाने भीरको उत्तर भन्ने लेखीयेको वादीले देखायेको रमीते ढुंगो माथी देखीयेकोले सो रमीते जाने भीर तेस देखी तलकै रहेछ भन्नु पर्ने हुनाले प्रतेवादीका दर्तावाट झगडा परेको जगा प्रतेवादीकै कील्ला भीत्र परेको र अरु इलाम अमीनीका हाकीमका फैसलाका वुदाबाट हाल झगडा परेको जगा प्र.नरधोजको रमीते चोक ठहर्ने हुदा वादी भैरव गुरूंको मालींगेनी चोक ठहराई इलाम अमीनीका तहरीरको राय पर्चा मनासीव गरी छीन्ने धनकुटा अपीलको इन्साफ गल्ती ठहर्छ तपसील वमोजीमको लगत तहसीलमा दिनु ।

तपसील

इलाम माइपार माव वस्ने वादी भैरव गुरुङ्‌के इलाम अमीनीको हाकींका फैसलाले प्रतेवादीले देखायेको रमीते भीर ढुंगा देखी उतरको झगडा परेको जगामा हक नपुग्ने जगा दावी गरेवापत जगा मीचनेका २७ नं ले कं रु १ दंड गर्ने गरेको धनकुटा अपीलका फैसलाले नलाग्ने भनी फीर्ता दीने गरेकोमा इन्साफ धनकुटा अपीलको उल्टी र इलाम अमीनका हाकीमको मनासीव ठहरेकोले अपीलको लगत काटी सुरुका हाकींकै फैसला वमोजीं असुल गर्ने भनी तहसीलमा लगत दीने

निज वादी भैरव गुरुङके सुरु उपर अपील गरेमा हाकीमका नाउमा कराउनेका १० नं अैंनले सुरु दंड कं रु १ को सैकडा १० ले कं रु -।।। दंड हुन्छ सो डण्ड तारेखमा वस्न नपर्ने गरी ७।१।८ मा इलाम अमीनीमा धरौट राषेको फीर्ता दीने भनी अपीलका फैसलामा लेखीयेको लाग्ने नै हुदा अपीलको लगत काटी सो दंड सदर स्याहा गर्नु भनी इलाम अमीनीलाई लेखी पठाउनु ऐं

इलाम अमीनीका देहायका मानीसके धनकुटा अपीलका ७।६।१८ का फैसलाले गर्ने गरेको देहायेको जरीवाना नलाग्ने हुदा असुल भये फीर्ता नभये लगत काटी दीनु भनी धनकुटा अपीललाई लेखी पठाउनु ऐं

हाकीम सुव्वा वृख वहादुरके कं रु १।। को कलं १

वी. हरीदत्त रीजालके ऐं ।। को ऐं १

धनकुटा अपीलका देहायका मानीसके इन्साफ उल्टीमा हाकीमका नाउमा कराउनेका १५ नं का अैंनले देहाय बमोजिम जरीवाना हुन्छ असुल गर्न ऐं १

हाकीम सुव्वा हरेराम अमात्येके ल.पु.सुन्धाराके रु ---------।।४

अनासुव्वा संसेर राज वन्त श्रेष्ठ प २ नं गोर्खा खानचोकके रु ।

वी. दुर्गा वहादुर कार्की छेत्री ऐं ४

इलाम अमीनीका देहायेका मानीसके हाकींका नाउमा कराउनेका १५ नं अैंनले इन्साफ उल्टीमा कं रु १ राये वुझायेमा कं रु १ स्मेत जम्मा कं रु २ दुई जरीवाना हुन्छ असुल गर्न ऐं

ख.गोपाल प्रसाद उपाध्याके का.ई.वानेश्वर १।।

वी. केदार दास श्रेष्ठके ऐं

प्र माइ पार मावु वस्ने नरधोज गुरुंके धनकुटा अपीलका ७।६।१ फैसलाले गर्ने गरेको दण्ड सा नलाग्ने हुँदा असुल भये फीर्ता नभये लगत काटी दीनु भनी धनकुटा अपीललाई पुर्जी गर्ने ऐं

न्यायाधीश

इती सम्वत २०१० साल वैसाष १२ गते रोज ६ सुभ्म् ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563