निर्णय नं. ४९४ - स्हीछाप बिगारी दीयो
अभिलेख दर्ता नं.४९४/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.३६४/७२३ नि.नं...............
नेपाल प्रधान न्यायालय डीभीजं बेञ्च
अ.नं.७२३
निवेदक – वादी सागरनाथ पुडासैनी
का ई देऊपाटं व्याङ्डोल
विपक्षी – प्रतेवादी वी. इक्ष्या हर्ष गुभाजु का ई जुद्ध सडक -१
ना.रा. रामजी उपाध्याय बटु –१
का.प. डम्बर बहादुर खत्री का ई देऊपाटं -१
मुद्दा स्हीछाप बिगारी दीयो
ईजलास
श्री माननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधान एम ए बी.एल
श्री माननीय न्यायाधीश भगवती प्रसाद सिं राजपुत वि.एस.सी.बी.एल
फैसला
येस्मा आमाले वन्धक दीयेको जगा मैले वाली बुझाउने गरी कमायेको सो जगाको वुझायेको बाली भराई पाऊ भनी क.प.डम्वरबहादुरले नालेस दीदा नीजले दावी गरेको ०३।०४।०५ सालको बाली धां मुरी १३।१० वुझाई नीज क.प.डम्वर वहादुरले ल्याप्चे स्हीछाप गरी दीयेको मैले सो मुद्दामा पेस गरेको सकल भरपाईको स्हीछाप झगडीया र फांटवाला बी. ईक्ष्याहर्ष ना.रा.रामजी मीली खैरो ल्याप्ते स्हीछाप माथी कालो छाप मसि थीची स्हीछाप बीगारी दीयेकोले सो भरपाई नथी भयेको तलमाथीको कागजमा कालो दागस्मेत लागेको छ, सो कैफियेत गरेमा सजाये गरी पाऊ भन्ये समेत सागरनाथको ०७।१।१३।३ को दरखास्त र ०७।३।१।५ को बादी वयां रहेछ ।
सो भरपाई दाखीला गर्दैमा उजुरवाला सागरनाथले मंजुरीसाथ भरपाईको स्हीछाप ल्याप्चे प्रष्ट नबुझीने भनी कैफीयेतमा स्हीछाप गरेको हुंदा तेस्तो नबुझीने स्हीछाप माथी सही थीचनु पर्ने आवस्यक नहुनाले वीगारेको स्मेत कौनै कुरा होइन झुट्टा ऊजुर गरेको हो भन्ने स्मेत ना.रा. रामजीको ०७।३।१९।२ को र सोही सालको बी. ईक्ष्याहर्षको ०७।३।२६ को प्रतेवादी वयां रहेछ ।
बाली वुझी मैले भरपाई गरी दीयेको फांटवालाहरूसंग मीली स्हीछाप वीगारेको स्मेत होइन बादीले कसलाई लेखाई कालो भरपाई दाषीला गरेको हो नीजै जान्ला बाली बुझाउन पर्ला भनी झुट्टा ऊजुर गरेको हो भन्ने स्मेत क.प.डम्बर वहादुरको ०७।४।२६ को प्रतेवादी बयां रहेछ ।
स्हीछाप माथी स्हीछाप थीची वीगारी दीयो भनी बादीले झुट्टा ऊजुर गरेको ठहर्छ सो भरपाई नथी भयेको तलमाथीको कागजमा मसी छरेकोलाई आफ्ना जीम्माको मीसील दृष्टी नपुर्यायेकोले बी. ईक्ष्याहर्ष ना.रा. रामजीलाई रु ५।– जरीवाना हुने ठहर्छ भनी ०७।१२।२०।२ मा अपील दोश्रा फांटले सुरू फैसला गरेको रहेछ ।
ईन्साफ सदर बी. ईक्ष्याहर्ष ना.रा.रामजीलाई जरीवाना गरेको वेमनासीब गरी ०८।३।१६ मा प्रधां न्यायालय दोश्रा फांटले फैसला गरेको रहेछ ।
बादी सागरनाथका नीवेदन पत्रमा इन्साफ जाची अैं सवाल वमोजिं गर्नु भन्ने ०७।४।२२ को आदेस रहेछ ।
तारेखमा रहेको ऊजुरवालाल सागरनाथ स्मेत राखी पेस हुन आयेको यो मुद्दा वुझ्दा सो कैफीयेत गरे भनी ऊजुर गरेको भरपाईको स्हीछाप प्रष्ट नवुझीने भन्ने कंफीयेत लेखी सो कैफियेतमा ईनै ऊजुरवालाले स्हीछाप गरी सीरमा हाकींको छाप स्मेत लागेको देखीनाले तेस्तो अघी वाटै नवुझीने स्हीछाप माथी कालो मसी थीची स्ही बीगारनाको आवस्येक फांटवालाहरूले परी बीगारेको सवुद केही गुजार्न नसकेको र पैले खैरो रंगको स्हीछाप भयेको भन्ने बादीको ऊजुर भै सो स्हीछापको ल्याप्चे हेर्दा खैरो आकार कही देषीन नआयेको स्मेतवाट बादीको ऊजुर झुट्टा ठहरायेको इन्साफ प्रधां न्यायालय दोश्राको मनासीव
दोहर्यायेमा बादी सागरनाथ पुडासैनी का.ई.देऊपाटं व्याङ्गडोलके सुरु दण्ड मोरु २।५० को हाकींका नाऊमा कराउनेका ११ नं का अैं वमोजिं दसौद मोरु ।२५ पचीस पैसा दण्ड हुन्छ रूझु हुंदा अैं वमोजिं तहसीलमा लगत दी मीसील मीसील फांटमा वुझाई दीनु ।
भगवती प्रसाद सिंह हरिप्रसाद
न्यायाधीस प्रधान न्यायाधीस
ईति सम्वत २०१० साल आश्वीं १४ गते रोज ४ सुभम् ।