निर्णय नं. ४९५ - लेन्देन
अभिलेख दर्ता नं.४९५/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.१७७/७३ नि.नं...............
नेपाल प्रधान न्यायालय सिंगल वेञ्च
अ.नं.८३
मुद्दा लेन्देन
अपिलाट – भपुभोलाछे बस्ने पूर्णभक्त कछेपति -१
विपसी – भपुभोलाछे वस्ने कृष्णबहादुर फैजु -१
इजलास
श्री माननीय न्यायाधीश महेन्द्र वहादुर महत क्षेत्रि
फैसला
०३।९।११ गते अंन्यायवालाले मसंग मो रु २०१। कर्जा लीयेको सावा व्याज वुझायेको थीयेन सोही साल फागुणमा अंन्यायकी बैनी सुपर्णाकेशरीका जातकबारे अंन्यायवाला स्मेत भै हुलदंगा गर्न आयेमा मेरो नहुंदा नुवारान गर्न जरूरत छैन भनि ज्वाफ दीयेपछि सो मेरो रूपैञा तीर्न भनि कर्जा ली जगा भोगवन्धक लेखिदियेको सो साहु तीरेको फट्टा ल्याइ दीयेन दीलाइ पाउ भन्ने आसा मदुको नालेस परेमा मलाई झीकायवाट लेना बाकीनै हुंदा सोही वेहोरा लेखि दियेकोमा सो सक्कलै तमसुक येस अड्डावाट ली मीसीलमा राषेको हुंदा आज संम तैकात नभयेकोले मेरो लेना तमसुकी सावा २०१।- व्याज ४४।९९ समेत मोरु २४५।९९ र फैसला भयेतकको व्याज स्मेत दीलाई भराई पाउ भन्ये स्मेत वादी रहेछ
आसामदुसंग नाता केही भयेका जरियावाट मलाई दोहरा थैलीमा पार्न जालसाजी कृते गर्न यो बादी समेत सरिक भये उपर मेरो आसामदुसंग लेंदें कृते मुदा दायर भयेकोबाट लेंदें फछ्र्यौट भयेको देखिने आसामरु र वादी येकै छीमेकको मेलीमानिस भयेको भरपत्यारमा गरी आयाको लेंदेंमा बादीले जे भनि सीकीस्त गर्दा आसामदुसंग सजीया वेपार गरी आयेवाट भर्ना भैरहेकोमा नपुग मोरु ९९। आसामदुद्वारा भर्ना मीलाइ दीयेको फट्टा नीज आसामदुलाई सो सोपुवा गरी लेखि दीयेका कागजमा मोही वुधवीरको साछीमा स्ही गराउन वाकी भयेको अडानवाट कृस्न वहादुर तिरी ल्याइ दिउंला भनि लेखि दियेका फट्टा समेत दीलाइ पाउ भनि आसामदुको नालेस परेवाट खास आफूले सोपुवा गरी दी सकेका फट्टा हो तापनि फट्टा नगरी सजीवै रहेका नातावाट जाल गरि नालेस गरेको भन्ने देखियेको र वादीको नालेस लेखने र आसामदुको नालेस लेखने येकै घरको काका लाल वहादुर होकी भनि ................ स्याम वहादुर हो येकै घरबाट नीस्केको जाल हो कर्जी नफर्छेको भये उसै वखत नालेस गर्नु पर्ने आसामदुको लीखतमा बादी समेत मीली अक्षर सच्याई कृते गरी पैले आसामदु अघि सरी प्रष्ट्याई ली सकेपछि यो बादी अग्रसर हुन आयेको हो भंने स्मेत पूर्णभक्तको प्रतेवादी रहेछ
सुपर्णाकेशरीको जातकबारे हुलदंगा गर्न आयेको भन्ये भयेपछि उसै वखत देखि इवि परेको देखिने सो मुद्दा विना कारणै बादीको लीखत प्रमाण लेखेको लीन बाँकी भये येस्तो परेको भनि खुलाई लेखन र डीग्री गराउन सकनु पर्ने आसामदुवाट नालेस गर्दा नुवारान मुद्दामा पनि पति लेषेको रहेछ भनि प्रमाण पुर्याउन लेखेकोले कृष्णवहादुर चुप लागी बसेको देखिने कागज दीलाई पाउ भन्ने मुद्दामा वादी र आसामदु समेत मीली दीञा भन्ने अक्षरलाई उला भनि भोग वन्धकी तमसुक सच्याई जालसाजी गरेकै ठहरी आजै फैसला भयेकोले वादीले झुट्टा उजुर गरेको ठहर्छ भंन्ये समेत भक्तपुर अदालतको फैसला रहेछ
प्रतेवादी र आसामदु मीली दीञा वा दीउला भन्ये सच्याई मुद्दा नालेस गरेको हो पूर्णभक्तले रूपैञा तीरेको भये फट्टामा सै गराउनू पर्ने ९९। को भोगवन्धकीमा २०१। को तमसुक फट्टा गरी दिदै नदीने आसामदुको तमसुकमा फट्टा नभनी कागज भनेकोले पनि रूपैञा तीर्न बाकी भै दरपीट नभयेको भन्ये देखीने अैंले १० वर्ष भीत्र नालेस गरे हुने अड्डाले नालेस नलीयेबाट अड्डा जांचमा उजुर गरेको भन्ये मीसीलबाट देखिये पछि तुरूंत नालेस नगरेको भन्न नहुने भन्ने समेत कृष्ण वहादुरको अपील रहेछ
रूपैया तीरेको भये अैं वमोजीं दरपीट फट्टा गराउन सकनु पर्ने नसकेकोले सावा सुद मोरु २७६।२३ वादीले प्रतेवादीवाट भरी पाउने ठहर्छ भंने स्मेत अपिल तेश्राको फैसला रहेछ
आसामदु संग मीली नालेस गरेको भये सो मुद्दा पर्ना साथ यो नालेस पनी पर्ने कारं नपर्ने मीलेमतो भै नालेस गरेकोले मीसील प्रमाणवाट मैले आसामदुलाई लीखत सोपुवा गरे पछि मीली झुट्टा उजुर गरेको देखिन्छ भन्ने स्मेत पूर्ण भक्तको अपील रहेछ
यस्मा वादीलाई प्रतेवादीले गरी दीयेको मोरु २०१।– को लीखत हेर्दा दरपीट फट्टा भयेको नदेखियेको रूपैया वुझायेको भरपाई छ भनि अपिलाटले जीकीर लिन नसकेको आसामदु पुर्ण भक्तको कागज दीलाई पाउ भन्ये मुद्दाको अ नं ८४ को अपील आजैका मीतीमा तमसुक दीनु नपर्ने ठहरी कीनारा भयेको हुनाले समेत अपील जीकीर वमोजीं रूपैया तीरी वुझाई सकेको भन्न नहुने हुनाले इन्साफ सुरूको उल्टाई अपीलवाट गरेको मुनासिव छ, इन्साफ पारी छीन्ने हाकीं उपर अपिल गरेमा सजाय गर्नुपर्छकी भन्नालाई कोर्ट फी राखि दायर भएको अपील हुंदा अरू सजाय केहि गर्नु पर्दैन ।
महेन्द्र बहादुर महत
न्यायाधीश
इति सम्वत् २०१० साल आश्वीं १४ गते रोज ४ शुभम् ।