• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४९६ - कागज दीलाइ पाउ

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/१४ १०२

अभिलेख दर्ता नं.4९६/20१०

संबत् २०१० को दे/फौ.पु./रीट नं.१७८/८४ नि.नं.....

 

नेपाल प्रधान न्यायालय सिंगल बेञ्च

अ नं.८४

 

मुद्दा कागज दीलाइ पाउ

 


अपिलाट् – भपु भोलाछे बस्ने पूर्णभक्त कछेपति


विपक्ष – भपु लालाछे बस्ने आमा मदु जाकीं

प्र- भपु भोलाछे बस्ने कृष्ण बहादुर फैज ---

भपु गोलानछी बस्ने बिन्दुलाल कछेपति ---

भपु भोलाछे बस्ने इश्वरभक्त कछेपति ----


इजलास

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षेत्रि

 

फैसला

कृस्नबहादुर तिर्न मसंग मोरु ९९। कर्जा ली ०४।२।१ गते ।३।।। जगा भोग बन्धक लेखिदियेको नीज तीरेको मोरु २०१। को कागज नदीयेकोले दीलाई मोहीको साछीमा सै गराई पाउ भंन्नेस्मेत बादी रहेछ

कृष्ण बहादुर तिरेको मोरु २०१। को तमसुक बादीलाई नै दी सकेको छ दीञा भंन्ने अक्षर सच्यायेमा (देखला) हुने हुदा सक्कल देखन पाये यथार्थ भन्ने थीये मोही सो ठाउमा महजुत नभयेकोले सहि नभयेको भंनेसमेत पूर्णभक्तको प्रतेबादी रहेछ

पूर्ण भक्तले मसंग ०३।९।११ गते मोरु २०१। कर्जा लगेको सावाव्याज दीयेको छैन तमसुक मसंग छ भंन्ने कृष्णबहादुर रहेछ

बादीसंग सजीया वेपार गर्न गयेको थीञे ब्यापारको रूपैञाबाट मेरो रूपैञाले भनि कृस्न बहादुरले भनेकोले बादीसमेत ली गै षो रूपैञा तीरी हरहीसाबबाट बादीको दीनुपर्ने ठहरेको मोरु ९९। को तमसुक लेखि कृस्नबहादुरको तमसुक स्मेत सोपी दीयेको छु सुबर्णकेसरी संगको नुवारान मुद्दामा इबि ली पुवाइन् ............. पुर्‍याउन यो मुद्दा गरेको हो वादी कृस्नबहादुर नाता संबन्धी हुदा मीती दरपीट नभयेको तमसुकबाट झुट्टा उजुर गरेको हो ०४।२।१ गतेको कागजमा दीञा भंने अक्षर सच्याई दीउला भन्ने गरेको हो सच्यायेको ठाउमा मेरो संछाप नपरेको तमसुक फट्टा गर भन्दा माहीको सैछाप राखेपछि फट्टा गरी दीऊला भनेको भंन्नेस्मेत कृतेतर्फ पूर्णभक्तको बयान रहेछ

रूपैञा बुझायेको भये दरपीट हुनुपर्ने वुझायेको छैन आसाम पूर्णभक्तका भनाइले मेरो रूपैञा लीसको भन्न नहुने, ९९। बाहेक अरू रूपैया कैले तीरेको दरपीट भरपाइ कीन भयेन मेरो तमसुक मै संगै भयेपछि मैले मगाउन नपर्ने म साछी नभयेको सुबर्ण केसरीको नुवारान गरि देउ भनी हुल दंगा गर्न आयेको सो इबिबाट मेरो रूपैञा खान झुट्टा उजुर गरेको असामहु पूर्ण भक्तको भाउजुको भाइ हुदा र सजीया वेपारी हुदा मीली जाल गरेकोले मेरो रूपैञा हराउन पाउने हाइन भन्नेस्मेत कृस्नबहादुरको बयान रहेछ

तमसुक पूर्णभक्तले लेखेकोले सच्यायेको भये नीजैले मौकैमा सच्यायेको हो आफुले सच्यायेकोले दखनै नपाई सच्यायेको भनेको हो भंन्ने स्मेत आसामहुको बयान रहेछ

मैले सै गर्दा हेरे मौकैमा सच्यायेको थीयो कृस्नबहादुरको तमसुक दीयेको देखिन भंन्नेस्मेत विन्दुलालको बयान रहेछ

तमसुक पछि सच्येको हो कसले सच्यायेको हो था छैन पट्टा मोहीको भै सकेपछि गर्छु भंन्ने भंन्ने समेत इश्वभक्तको बयान रहेछ

आसामहु कृस्नबहादुर मीली दीञ्यू भंन्ने अक्षरको ठाउमा दीउला भंन्ने अक्षर सच्याई नालेस गरेको ठहर्छ भंन्नेस्मेत भ.पु.अदालतको फैसला रहेछ

सुबर्ण केसरिको नुवारानका कुरामा हुलदंगा गरेको बयां गरी तमसुक प्रमाण दीयेका ४ दीं पछि सो मिलेमतोको इवीबाट रूपैञा मुस्काउन मिलेमतोको स्काउन आसामदुबाट मेरो रूपैया तीर्न ९९। रूपैञा लीयेको तमसुक दीयेन भंन्ने भान देखाई जालसाजी नालेस गरेको हो मेरो तमसुक खडा छ आफुसंग तमसुक भयेकोले बादी संग मीली जालसाज गर्न नपर्ने फट्टालीन सकनु पर्ने पूर्णभक्तले हुलदंगा गर्न आयेको भनि प्रमाण दीयेकोमा बेसरोकार भन्न र अरू तमसुक प्रमाण नदीयेमा भन्न नहुने ९९। को भोग बन्धकीमा २०१। को तमसुक सोपीदीयो होला भन्न नहुने नीजहरूका लेख बमोजीं भोग बन्धकी तमसुक पैले भयेको देखिने प्रतेवादी र थपु ............ फरक छ डि. गणेशमानको .................... ............................................................................................................................पूर्ण भक्त नाता भनि वींतीपत्र दीयेको इवीले अंन्याय संग फैसला गरे भंन्ने स्मेत कृस्नबहादुरको अपील रहेछ

साहु आसामीका ४ नं बमोजीं पूर्णभक्तले कृस्न बहादुरलाइ गरी दीयेको मोरु २०१। को लीखत दरपीठस्मेत भयेको नदेखियेको लीखतमा २०१ को तीर्न बाकी भन्ने लेखियेको अघी तीरेको नीस्सास्मेत नदेखि बुझायेको भंन्ने पूर्णभक्तको उजुर जीकीर अैंले सदर नहुने हुदा तीरीसकेको रूपैञाको कागज दीलाई पाउ भनि झुट्टै उजुर गरेको ठहर्छ भनि अपील्बाट फैसला गरेको रहेछ

तमसुक सोपुवा गरिदीने भन्ने लीखत अक्षर कृते गरी बनाये पछि  सो लीखत कृते हो होइन ठहर गरी मात्र फैसला गर्नुपर्ने वादीले इवि साधने हेतुले मुद्दा गरेकोमा अपिलले तीरी सकेको रूपैञा तीर्नु पर्ने ठहराई फैसला गरे भंन्नेस्मेत पूर्णभक्तका अपिल रहेछ

यस्मा पूर्ण भक्तले कृस्नबहादुरलाई गरीदीयेको मोरु २०१। को लीखत हेर्दा दरपीठ नभै खडा भयेको देखियेको र रूपैञा बुझायेको भरपाई गरायेको छु भनी अपिलाटले जीकीरस्मेत लीन नसकेकोले लीखत बमोजींको सावा ब्याज तीर्नुपर्ने ठहरी आजैका मीतीमा कृस्नबहादुरसंगको लेंदें मुद्दा तर्फको प्र.याको अ.नं.८३ को अपिल कीनारा भयेको र मुख्य लीखत खडै राखि बिचबिचका मानीसले खडागरेको लीखतको रूपबाट मोरु २०१ को तमसुकी लेना बुझाइसकेको रहेछ सो तमसुक दीलाइ दीनु पर्ने भंन नहुने हुनाले समेत इन्साफ अपिल्को मुनासीब छ इन्साफ पारी छींने हाकीं उपर अपिल गरेमा अपिलाट पूर्ण भक्तलाई केहि सजाय गर्नु पर्छ की भन्नालाई कोर्टफी राखि दायर भयेको अपिल हुदा अरू केही गर्नु पर्दैन ।

 

महेन्द्रबहादुर महत

न्यायाधिश

इति सम्वत २०१० साल आश्वीं १४ गते रोज ४ शुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563