• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४९७ - चोरी

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/१५ १०५

अभिलेख दर्ता नं.४९७/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.६७/५८५ नि.नं...............

 

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

अपिल नम्बर ५८५

 

मुदा चोरी

 


अपिलाट वादी धर्म बहादुर रानामगर प. ४ नं. भीरकोट क्याकसीस्वारा थर


विपक्ष प्रतेवादी ऐ भीरकोट मौजे वास्तरापार्थे ढुंगा वस्ने विरबाहादुर राना मगर-१

क्याकसिस्वाराथर जंगेथान वस्ने टहल सिं थापा मगर

ऐ ऐ वस्ने रनवहादुर थापा मगर -१


ईजलास

श्री माननिय न्यायाधिश भगवति प्रसाद सिं वि.एस.सि.बि.एल

 

फैसला

येस्मा बावु सुवेदार पहल सिं र दाजु नरवहादुर स्मेत मरेको घरमा जानिफकार कोहि नभयाका निज वावुले गरी आएका तालुकी वारेमा विंतिपत्र दिनु भनि ४ साल कार्तिक मैनामा सदरमा गै विंति चढाई वुझनु भंने प्रमांगी भै ०४ साल माघ २ गते म घर आउदा मेरा घरको त्पसिलमा लेषिया वमोजिंको रु ४२३४ को धनमाल चोरी भयेको रहेछ वुझ्दा चोरी भये मध्ये गाग्री षडकुलो बं बहादुरको घरमा फेला पारी श्वध्दा विर वहादुरले राषन दियेको भनि कागज स्मेत गरी दियेको र आश्वीं ७ गते निज बिर वहादुरलाई पक्राउ गरी खारखेर गर्दा टहसिं रन वहादुर म स्मेत भै चोरी गरेका हुं भनी सावित भयेकोले थुनी राषेमा भागी गयेकोले नालेस गर्न आयाको छु निज अंन्यावालाहरूलाई अैं वमोजिम सजाय गरी निजहरूले चोरी लिया मध्ये पितल धार्नि ४ को गाग्री २ ताँमो धार्नि ३ को षडकुलो के रु ३३ स्मेत ज्मा ९२ को माल बं वहादुरको घरवाट मैले वुझी लियाको वीगो मोल रु ४२३४ नीज प्रतेवादीवाट भराई पाऊ भन्ने स्मेत व्यहोराको वादीको फिर्‌याद रहेछ

वादीको वावु ९५ साल्मा र आमा ९६ साल्मा मरेपछी वादीका घरमा दिदी वैनि थीये निजहरू माउले खाएर च्यालिएको नरवहादुरको स्वास्नी टिका मगर्नी आई वादीको घर्मा वसेदेखीं अवला वादीको धन संपती हिनामिना पारेको र बाबु छदै ८७x८८ साल के मा हो बादीको घर्मा आगलागी भयेको स्मेत हुंदा तेती धनमाल हुने औकातको बादी हैन हामीहरूले यो बादीको धनमाल चोरी गरेको र पक्राउ भै सावित भयेको स्मेत हैन साचो भये म टहल सिं स्मेतलाई प्रकाउ गरेको भनेको दिं आश्वीं ९ गते जगा मुद्दामा यो बादी र म बीर वहादुर स्मेत भै घरदेखि ८x९ कोस टाढा तारिख लिन स्याङजा अदालतमा गयेको हुंदा हामीहरूले चोरी गरी लियेको र सावित भयेको स्मेत छैन बादी मुदा परेको र इविवाला हुंदा झुट्टै ऊजुर गरेको हो झुट्टा ऊजुर गरेमा निजैलाई सजाय गरी पाऊ भन्ने स्मेत व्यहोराको प्र. विर वहादुर स्मेत ३ जनाको यौटै प्रतेउत्तर रहेछ

वुझीयेसम्मका प्रमाण परीवंदवाट प्रतेवादी ऊपर बादीले झुट्टै उजुर गरेको ठहर्छ भनी २००६ साल पौष ९ गते ६ मा सुरू स्यांजा अदालतवाट फैसला गरेको रहेछ

स्व ईंसाफमा चीत्त वुझेन भंने बादी धर्म वहादुर रानामगरको पाल्पा अपिलमा अपिल परेको रहेछ

सोही सुरूको ईन्साफ सदर गरी ०९ साल आखाढ १२ गते ४ मा पाल्पा अपिलले फैसला गरेको रहेछ

स्व पाल्पा अपिलले गरेको ईंसाफमा चीत्त वुझेन भनी बादी धर्म वहादुरले तारेखमा बस्नु नपर्ने गरी लागने डंड धरौट राखि पाल्पा अपिल मार्फत प्रधान न्यायालयमा अपिल गरेको रहेछ

पेश हुन आयाको यो मुदा वुझदा चोरी भये मध्येको दसी भनेको माल बंबहादुरकाहा फेला परेको बं वहादुरले भरपाई गरी दीये भनेको स्व भरपाई करकाप भनीबं वहादुरले वयां गरेको र करकाप गर्‍यो भनी ऊजुर गरेको मुदा आजैका मितिमा सुरू र अपिल्को ईंसाफ सदर भै छीनियेको र येस तर्फ पनी स्व भरपाई दसी भनी लेखिदियेको भनेको वुझीयेका सवुद प्रमाणवाट चोरी गरेको भंने देखिन नआयेकोले र अरु सुरु र अपिल्का फैसलामा लेखियाका बुदा प्रमाणबाट स्मेत सुरुको सदर गरी छीनेको ईंसाफ पाल्पा अपिल्को मुनासिव छ ईंसाफ पारी छींने हाकिं ऊपर अपिलाट धर्म बहादुर रानामगर के सुरु दण्ड मोरु ५०८।४० को दोश्रा अपिल हुंदा हा.का. १० नं ले सैक्रा ५ ले मोरु २५।४५ थप डंड हुंछ स्व डंड तारेखमा बस्नु नपर्ने गरी ०९।५।२।६ मा पाल्पा अपिलमा धरौट रहेको देषियेकोले स्व धरौटी सदर स्याहा गर्नु भनी तहसिलमा लगत दी मुदा कीनारा भयेको जनाऊ अपिलाटलाई दी मिसिल मिसिल फांटमा वुझाई दिनु ।

 

                भगवतीप्रसाद सिंह

न्यायाधिश

ईति सम्वत २०१० साल आश्वीं १५ गते रोज ५ शुभं ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563