निर्णय नं. ४९९ - बाली लुट्पीट्
अभिलेख दर्ता नं.४९9/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.172/१63 नि.नं...............
प्रधान न्यायालय सींगल वेञ्च
अ.नं.१63
अपीलाट प. १ नं धादीं तारूका गैरी गांउ बस्ने गजाधर जैसी -१
विरूद्ध ऐ ऐ आपचौर बस्ने महेश्वर अधीकारी जैसी -१ मनीनाथ -१ वीस्नुमाया समेत
बाली लुट्पीट्
ईजलास
श्री माननीये न्यायाधीश भगवती प्रसाद सींह बीएसी बी.एल.
फैसला
मुसुरे दमैको खेत पछीं गैरी भंने खेत ।४।१२ सो षेतको ९१ साल जाचवड ।१२।५।४ को ठेक रु ३।९२ को येकै कीत्ता मुरी ।१६।१७।४ को २०००।२००१ सालको धां ठेक सावीक मोही नंदलालले नवुझाऊँदा तालुकदारले म्याद टासदा गुजारेकाले मैले कबोल गरी २ बर्षको मोरु ३८।८८ मैले वुझाइ र रसीद चलानी ली भोग गरेको ४ सालको मेरो १० कर्मको धां ऐ मार्ग २४ गते लुट्पीट् गरी खाये वीगो मोरु १४१।६७ भराई पाऊ भंने गजाधरको बादी रहेछ
दाजु नंदलाल ९० सालमा भींन भयेको यो जगा ९१ सालमा म मनीनाथ दर्ता प्र. महेश्वरका अंस वादीले बाली कुत्मा पाउने हैन दाजु नंदलाल भाउजु वीस्नु मायाको धंमाल मुदामा यै बादी झीकी वुझेमा वीस्नुमाया मरेपछी भानीजहरूको मुदा परी वाझीन गयेको खेत पाखा तीरो धेरै पर्ने हुंछ पछी जस्को होला उसैलाई छोडुला तीरो तीरी कमाउछु भंदा मामा हुंदा कमाउन दीयेको ७ सालमा छोडनु पर्ने नछाडी झुट्टा उजुर गरेको भंने स्मेत मनीनाथ महेश्वरको प्रतेवादी रहेछ
यो जगाको वाली लुट्पीट् मुदा वझांगी राजाले हेरी छीनेमा छींन नपाउने हुंदा अदालतमा नालेस गर्न भनी अपील तेश्राले ५।९।५ मा फैसला भयेको भनी प्र. ले नकल हुलाकद्वारा पठायेको सावीक मोही नंदलालको जगा नीजले २०००।२००१ सालको तीरो बाकी राखेमा जीम्मावालबाट बाली कुत तीरो लीयेको भंने बादी लेखाई र ०२।३।३० गते जी विश्वनाथको चलन पुर्जी र तीरोको रसीद स्मेत बादीवाट पेस हुन आयेपनी नंदलाल ८० सालमै छुटीयेको यो जगा म मनीनाथका नाऊमा ९१ सालमा दर्ता भै छुटीदा महेश्वरका भागमा परेको तीरो तीरी कमाऊनस्म मामालाई दीयेकाले बादीले वाली कुत्मा लीन पाउने हैन नंदलालको हक नपुग्ने तालुकले म्याद टासेको था छैन भंने प्र. मनीनाथ महेश्वर दर्ता वुझेमा बादी वमोजींको गैरीखेत मनीनाथ ९१ सालमा दर्ता भयेको देखियेको वीश्नु माया नंदलाल छीनुवा मीसीलवाट नंदलाल ८१ सालमा छुटीयेको देखियेकोले यो जगा नंदलालको हक नदेखि मनीनाथ महेश्वर देवर्जीत वेहकको मानीसले तीरो वुझायेन भंने लगाउ ली ........ जीम्मावालले पजनी गरेकै सदर मांन नहुने हुँदा बादीको उजुर पुगन नसकदा सो जगा महेश्वरकै हकको ठहर्छ बालीका हकमा नीजको जगै नहुंदा लुटपीट् गरेको ठहर्दैन ऊजुर झुट्टा उजुर गरेको ठहर्छ भनी ७।७।१६।४ मा धादीं अदालतको फैसला रहेछ
सो जग्गा वाली बाकी राख्नेका नाउमा म्याद टाँसी पजनी गरी २।३ वर्ष बाली असुल गरेको सदर नहुने वाली लुटपीट ठहर्दैन भनी आमाको अंस बकस र अैं ले नंदलालकै हक हुने भोग तीरो चलायेको प्रमाण तारेख गुज्रकाले लींन भनी फैसला गरे २।३ वर्ष भोग जस्ले गरे तेस्को हक हुने अैं भयेमा तेस्को हक कायं गर्न नहुने गरे भंने भंने गजाधरको अपील रहेछ ।
मनीनाथ दर्ता भयेको नंदलालका भागमा परेको भंने सवुद नआयेकाले ईन्साफ सुरूको मुनासीव ठहर्छ भनी ७।१०।१६।२ मा अपील दोश्रा फांटले फैसला गरेको रहेछ ।
अैं कानूनले अपील वीना अघीको फैसला बदर हुने गरी फैसला गरे भंने स्मेत गजाधरको नीवेदन रहेछ ।
येस्मा गजाधरको वारेस यदु कुमार स्मेतलाई पेस गर्न ल्यायेको यो मुदा वुझ्दा झगडा परेको जगा नंदलालका नाउमा दर्ता भयेको नदेखि मनीनाथ दर्ता भयेको देखियेको भनी सुरू फैसलामा लेखियेकोमा सो कुरा होइन भंने पक्का प्रमाण अपीलाटले दीन गुजार्न नसकेकोले ईन्साफ सुरूको सदर गरेको अपील दोश्रा फांटको मुनासीव गजाधरके सुरू डंड १६।१५ को दसौंद १।६१ हुंछ वा. हुदा असुल गर्न ल. दीने ।
भगवती प्रसाद सिंह
न्यायाधीस
सं २०१० साल आश्वीण १५ गते रोज ५ शुभ्म् ।