• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५०० - ज्यान

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/१५ ९७

अभिलेख दर्ता नं.५००/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.१७३/३२६ नि.नं...............

 

नेपाल प्रधान न्यायालये सींगल वेञ्च

फौ.सा.नं.४३

 

मुद्दा ज्यान

 


वादी पुर्व १ नं का.प.ई मंगलटार लेख डाडा खर्क बस्ने वसु तमांनी ----


वीपक्ष ऐ ऐ वस्ने गगंसीं तामां ----१


ईजलास

श्री माननीये प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम ए वीएल

 

फैसला

येस्मा मेरा छोरा गगंसीं हावा वीग्रेको थीयो ९।५।११ गते राती म चोटामा छोरा गगंसीं नीजका वर्ष ४ को छोरा वहादुर सीं छेडीमा सुतेको रातको २।३ वजे छेडीमा ढाढां धुंधुं गरेकाले हेर्दा कोदालोले खंन लागेको रहेछ कीन खनेको भंदा मलाई समाइ थीची मार्न लाग्यो नारीमा टोकदा छाडी दीयेकोले बाहीर गै लुकी उज्यालो भयेपछी घर आउंदा वाहादुर सीं लाई मारी लास ढोका अगाडी बलेसीमा राखि नीज चोटामा गै वसेकाले तालुकदार स्मेत डाकी छोरा कीन मारीस भनी सोधनी गर्दा छोरालाई बीरालोले निलेकाले विराला समाइ दाउराले र दावीलाले घोची थीची आगो लगाई पोली मारे मेरा छोरा तेस्को पेट्मा छ भनी लास देखायेकाले सोपुवा गर्न ल्यायाकोछु भंने स्मेत वादी रहेछ ।

बीरालो आई मसंग सुतेका छोरालाई धमाधम चपाई नीलन लागे बीरालोलाई गरदनमा येक हातले समाती काठका दावीलालले पीट्दा लागेन

फलामको डारूले आंगमा घोची सास्ती गरी सलाइले छ्वाली बाली आंगेनामा घुसारे पछी चलन छाडेकाले नामलाको डोरीले पाता कसी वाहीर आगनमा मीलकाई दीयेको हुँ भन्ने स्मेत वेहोराको गगं सींको वयां रहेछ

नीज गगंसीं हावा बीग्रेको सोध्दा वीरालोले छोरा खाये बीरालो मार्दा छोरा मरे भनेको हुंदा नीजैले मारेको भंने सरज्मीन मुचुल्का रहेछ ।

वुझीयेस्मका प्रमाणवाट गगंसींले कर्तबे गरी मारेको ठहर्छ नीजको अंस सर्वस्व रोका गरी दामल गर्ने ठहराई नीज हावा वीग्रेको हुंदा दामल गर्न चर्को हुंदा ३।४ वर्ष कैद गर्ने भनी राये स्मेत लेखि का.प. अदालतले ०९।१०।४।४ मा गरेको जाहेरी फैसला रहेछ

सुरूले जाहेर गरेको मुनासीव नीकासा बमोजीं गर्ने र हराई अपील पैलाले ०९।१२।१२।४ मा जाहेर गरेको फैसला रहेछ ।

नीज गगंसीं वीछीप्त भयेको हो होइन् आदेश वमोजीं डाक्टर जचाई पठाई दीनु भनी लेखि पठायेमा ०९।११।१५ मा लगतीले मरी सके भंने सदर जेलको ज्वाफ रहेछ ।

साधकद्वारा पेस हुन आयेको यो मुदा वुझदा नीज गगंसीं ०९।११।१५ मा आफ्ना कालगती मरी सकेको भंने सदर जंगी जेल अफीसका ज्वाफ देखियेकाले सजायको निकासा दीन परेन नीजलाई सजायको नीकासा नै नभयेकाले दामल हुंदा सर्वस्व लीनु पर्ने भनी रोका भयेको अंस रोकी राखनु पर्दैन नीजका हकवालालाई फुकुवा दीनु भनी मीसील सुरू काभ्रेपलांचोक अदालतमा पठाउन अपील तेश्रा फाटमा पठाई दीनु ।

 

           हरिप्रसाद

प्रधान न्यायाधीस

सं २०१० साल आश्वीण १५ गते रोज ५ शुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563