• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५०१ - करकाप लुटपिट

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/१६ १००

अ.नं 501/2010

                 नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

                         अपिल नम्बर ३७

मुदा करकाप लुटपिट


अपिलाट- प्रतेवादी राजमान तामाङ पु. १ नं का.प.ई चाकल मध्ये कलांसि

विपक्ष - वादी खड्ग बहादुर खत्रृ क्षत्रृ ऐ साना दुर्लुङ


ईजलास

श्री माननीय प्रदीप्त मान्यवर नेपाल तारा ले ज प्रकाशशम्सेर जङ्गबहादुर राणा

फैसला

     यस्मा तालुकदार नजरमा स्मेत १३ जनाले ०६/06/23 गतेमा म स्मेतलाई वाधि लडाई स्वास्नि छोरा लाई स्मेत मेरो स्मेत १२ थां कागजमा सै छाप गराई लियेको र घरवाट स्मेत निकाला गरी दियेकोले ठाडै वुझीदिनु भन्ने प्रमाङ्गी पाऊ भनि खड्गबहादुरले ठाडो विंति चढाउदा चढाउदा यसमा वेहोरा साचो भया ठाडै वुझी अ सवाल वमोजिं गर्नु भनि इलाका अदालतमा पठाउन सदर अपिलमा पठाईदिनु भन्ने ०६।७।2९।२ को हुकुं प्रमाङ्गि रहेछ ।

      ०६ साल आश्वीं २३ गतेका दिं वेलुका अंदाजि ७ वजे को टायेंमा म घरको वाहीर दलांमा तमाषु खाई वसी रहेको टायंमा प्रतेवादीहरु  आई अंन्याय मध्यको आसीकरांले येसलाई वाध भनी भन्नासाथ निज्को छोरा  २ जनाले पाता फरकाई घरको थांमा लगी वांधी त्यसपछी मेरो स्वास्नी छोरा स्मेतलाई प्रतेवादीहरुले घरवाट निकाली आगंमा लगी वाधी लडाई यसै गरी काट्छु भनी ब्याउने भैसीलाई प्र. राजमांले खुकुरीले काटी मारेको र मलाई पनी काट्छौ मार्छौ भनी  डर देखायकोले ज्यां वचाईदेऊ भन्दा तेसो भए खालि कागजमा सैछाप गर भनी राजमांले भनेको वाचे ऊजुर गरी वदर गराऊला भनी डरले सैछाप गर भनी राजमांले भनेको वाँचे ऊजुर गरीइ वदर गराऊला भनी डरले सै छाप गर्न भनेपछी नजरमांले हात समाति माजल मसि लगाई दियेको र असिकरामले १२ थां खालि कागज झिकी स्व खाली कागजमा राजमांले दाञा वाञा सही गरायेपछी अव तिमिहरु येस घर्मा वस्न पाउदैनौ हामी वस्छौ भनि निज अन्यायवालाहरु धमपिस वमोजिं धंमाल नगद जिंसि घरगोठमा भयेको सवै रोक्का गरी घरभीत्र पसेकाले जिज अंन्यायवाला  लाई झीकी मलाई र स्वास्नि छोराहरुलाई वाधी १२ थां कागजमा सैछाप गरायेमा र व्याउने भैसी काटी देहाये वमोजिंको धंमाल रोक्का गरी घरमा जवरजस्ती  पसेमा निजहरुलाई सजाय गरी देहाय वमोजिंको  नगदी र धंमाल स्मेत अन्याय वालाहरुवाट दिलाई घर जगा मेरो सदर गराई करकापवाट गरायको कागज वदरगराई पाऊ भन्य स्मेत व्यहोराको वादी  खड्गबहादुरको वञ्यान रहेछ ।

       उजुरी वमोजिं कौनै कुरा गरेको होइन मेरो छोरी विस्नु लक्ष्मी विरामि छ भन्ने षवर आयकाले ०६ साल आस्वीं २१ गतेका दिं भतिजो नजरमां र मनोरथ जैसी समेत साथ ली छोरीको घर ल पु. ई.फरपिं सिंपानी गाऊमा गै औसधि गराई २३ गते सम्म वही वसी २४ गते घर आयेकोले स्व दिं म नजरमां स्मेत घरमा नभयकाले ऊजुरी वमोजिं म र मेरो छोरा छोरी स्मेत  भै वादीलाई कुनै कुराको अन्याय गरेको छैन मेरो  छोरी  माइली ९१ साल्मा मरेकीले  निज छोरी  स्मेतले अन्याय गरेको भनी झुटा ऊजुर गरेको हो दावी गरेको जगा विक्री गरी नगदी घर्मा राषन सक्ने औकातको मानिस हैन वादीले वालकिस्नवाट लियेको नागवेली जगामा निज आई वसेको छैन च्यांरी वेसीको राखीकै घर्मा वसेको छ नागवेलीमा मेरो छुट्टै पाखो गोठ जगा छ तापनी वादी दावीको जगामा हाम्रो हक लागने छैन लेषियवमोजिं हामि गै भैसी काटी करकाप  गरी वादीलाई निकाला गरेको पनि हैन वादीको मामाको छोरा गणेश वहादुरको र मेरो भतिजा नजरमांको दपोट मुद्दा परेकोमा भतिजाको म वारेस भै मुद्दा गरेवाट ईवि लिरहेकीले निजले वादीलाई झुट्टा उजुरगर्न लगायको हो वादीको तेस अवस्थामा व्याऊने भैसि थियेन काटेको भया जाच गराऊन सक्नु पर्ने जगा विक्री  गरे नगरेको था छैन विक्री गरेको भये साहु तिरे होला भंन स्मेत प्र. प. पु. वहादुर गुमान सिं भीम लक्ष्मी स्मेतक वा प्र. आसीकरामको र ऊजुरी वमोजिं वादीलाई कौन कुरा गरेको छैन निजलाई चिन्हेको पनि छैन मेरो साहीला वावु आसीकरामको छोरी विरामी छ भन्ये षवर आयेकोले निज साहीला वावु र म स्मेत गाउ गयेको मानिस समेत उपर वादीले झुट्टा उजुर गरेको हो भन्ने प्र. नजरमां र वादीको नागवेले गाऊमा घर दुवारे छैन वादीको घर द्वार खाना दुर्लुङ्ग गाउमा छ । नागवेली पाखा जगा वादीलाई मैले वंधकी दी पास स्मेत भयेको छ ।वालकिस्नको जगा मैले चिनेको पनि छैन अघिदेषिको ईवि वाला झगडिया हुनाले मेरो  जहानैलाई झुट्टापोल गरी दुष दियाको हो स्व आश्वीं २३ गतेका दिं का. प. ई. वर्ष टोलमा आयेको २४ गते मात्र घर आयको श्व टोलको हर्ष वहादुर थापा क्षेत्री वुझीयेमा देखिने घरमा दाजु नजरमांको छोरा वेरामी भयेकोले दाजु स्मेत वेरामी रुगी

 

 हुनाले र लेखियाको ठाउमा वादीको धेरै नभएकाले दावी वमोजीं  वादीलाई करकाप गरी कसरी घरवाट  निकाला गर्दा हौ निज तेतीको धंमाल हुने औकात हुने मानिस हैन ऊजुरी वमोजिं गरेका छैनौ भन्ने स्मेत व्यहोराको प्र नजरमां तामाङ  राजमांको भाऊजु सेति लमेनी -1 निज्को स्वास्नि थची लमेनी नीज राजमांको भाइ लाल वहादुर तामाङ हितमां सिं तामाङ  हितमांको स्वास्नि काली लक्ष्मी तमांनी स्मेत  ६ जनाको वा प्र. राजमां तमां स्मेतको वञयान रहेछ ।

        प्र. नजरमांले आफ्ना हकमा विगो लिनु दिनु गरी  २००७ साल भाद्र २० गते मा मिलापत्र गरेको रहेछ ।

   येस मुद्दामा वुझिये सम्मका प्रमाण परीवंदवाट भैसिकाटे धनमाल रोक्का गरे विगो दिलाई  भैसी काटेमा सजय गरीपाऊ भन्ने तर्फमा वक्स भयाका प्रमाङ्गीमा ऊजुरवालाको विंति पत्र चढाईमा श्व कुरा नपरेको हुनाले विति नपरेको  इन्साफ तै वाट गर्न नमिल्ने हुदा लेषियका कुरामा नालेस परे ठहरे वमोजीं हुने यसैवाट  विगो भरी भराउ हुन सक्दैन भनि सुनाइदिने तेस वाहेक प्रमाङ्गीमा परेको घर वाट निकाला गरे करकाप संग कागज गराये भन्ने तर्फ दावि वमोजू प्रतर्वादीहरुले वादीको घर जग्गामा  दावि गरी घरवाट जिकाली नाजरमां आसिकरां राजमानले करकाप संग १२ थां कागजमा सैछाप गराई लियेको स्मेत ठहर्छ । श्व करकाप वाट गरेको कागज वदर हुन्छ । भनी सुनाई दिने घर जगाको हकमा चलं चलाई दिने ठहराई 2007/8/15/5 मा सुरु काभ्रे पलाञ्चोक अदालतवाट फैसला गरेको रहेछ ।

   श्व इन्साफमा चित्त वुझेन भन्ने प्रतेवादी राजमान तामाङको अपिल तेस्रा फाटमा अपिल परेको रहेछ ।

श्वहि ईन्साफ सदर गरी २००८ साल पौख ९ गतेमा अपिल तेस्रा वाट फैसला  गरेको रहेछ ।

     अपिल तेस्रा फाटले गरेको इन्साफमा चीत्त वुझेन भन्ने प्रतेवादी राजमान तामाङको प्रधान न्यायालयमा अपिल परेको रहेछ ।

तारेखमा रहेको अपिलाट राजमांलाई स्मेत राखि पेश हुन आयाको यो मुद्दा वुझ्दा मेरो जगा वादीको वावुलाई द्रृष्टि बंधकि दियेको वादिकै वावुले वाल किष्नलाई लख दियेको कसवाट वालकृष्नको हक भै वादीलाई विक्री गरेको भन्ने स्मेत जगा तर्फ अपिलाट्को अपिल जिकिरलाई वंधकि दियेकै जगा विक्री गरेको हो भन्ने सवुद दि ऊजुर गरेका वखत  ठहरेवमोजिंहुने हुदा अरु सुरु र अपिलका फैसालामा लेखियाका वुदा प्रमाणवाट सुरुको सदर गरी  छीनेको ईसाफ अपिल तेश्रा फाटको मुनासिव छ इन्साफ पारी छींने हाकिं ऊपर अपिल गरे वापत अपिलाट् राजमां तमां के सुरु डंड मोरु ४।२५ को  दोश्रा अपिल हुदा हा का १० नं ले सैक्रा ५ ले मो रु ।२२ वाइस पैसा थप दण्ड हुंछ रुजु हुदा  असुल गर्नु भनि तहसिलमा लगत दि मिसिल इलाका अदालतमा पठाउन मिसिल फाटमा वुझाईदिनु ।

प्रकाश शम्सेर

न्यायाधिश

ईति संवत २०१० साल आश्वीं १६ गते ६ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563