निर्णय नं. ५०२ - हाडनाता कर्नि
अ.नं 502/2010
नेपाल प्रधान न्यायालय डिभिजन बेञ्च
फौ.न. २१३
मुद्दा हाडनाता कर्नि
अपिलाट- प्रतेवादी जयप्रसाद धमला जैसि प १ नं नुई दारेगौडा
विपक्ष - वादी जयबाहादुर हमाल ठकुरी ऐ ऐ प्रतेवादी टलककुमारी ठकुर्नी ऐ----
इजलास
श्री माननीय न्यायाधीश प्रदिप्त मान्येवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्गबाहादुर राणा ---
श्री माननीय न्यायाधीश महेन्द्रबहादुर महत क्षेत्रृ
फैसला
येसमा मेरो स्वास्नी टलक कुमारी मील्न नसकेकीले १ छोरा जंमे पछी ९३ साल देखी बेगल राखेको २००३ साल फागुण १० गते राती भागेकोले खोज तलास गर्दा माइती दाजु धनबहादुर का घरमा छोरी पाई वसेकी ऐ २१ गते फेला परेकोले खार खेर गर्दा जय प्रसादको कर्नि विर्यवाट छोरी स्मेत पायकी हुं भनी सावीत भयकीले सौपुवा गर्न ल्यायाको छु ५ पुस्ता भीत्रको वुहारी नाताको कर्नि गरेमा जय प्रसाद लाई र सत्य डगायमा टलक कुमारीलाई समेत सजाए गरी पाउ भन्ये स्मेत जय बहादुरको फेराद रहेछ ।
२००३ साल ज्येष्ठ ३ गते र ९ गते राती जय प्रसाद संग कर्नि दिनु भै गर्भ रहेको हो लोग्ने संग वोलचाल थीएन भंने समेत टलक कुमारी को वयान रहेछ ।
कर्नि गरेको भनेको दिन रात म घरमा नभै भैसी खोज्न ५/६ कोस फरक कल्लेरी पीपल्टारमा गयेको छु कुट्पीट स्मेतका रीसइवी वाट पोल्नु र पोलाऊनु गरेको हो भन्ने स्मेत जयप्रसाद धमला जैसीको वयान रहेछ ।
वुझीए संमका प्रमाणले हाडनाता कर्नि गरेकै ठहर्छ भनी २००४ साल चैत्र ३१ गते नुवाकोट् अदालतले फैसला गरेको छ ।
साधक द्वारा २००५।4।28 गते अपिल पेल्हा फाटले र २००५ फाल्गुण १२ गते प्रधान न्यायलय पैल्हा फाट्ले ईन्साफ मनासीव गरेको रहेछ ।
05 साल्मा हराई छीनी दिए अपील्दीने म्याद थामी पाऊ भन्ये जयप्रसादको हकमा विष्नु मायाले ठाडो विंती चढाउदा रु १ जरीवाना गरी म्याद थामी दिनु भन्ये २००६ साल माघ ७ को हुकुम प्रमांगी रहेछ ।
छीनीएको मीती फरक परेकोले वेहोरा झुट्टा देखीएको र प्रमाण मीसीलवाट ९।१० पुस्ता भंन्य देखीन्छ भन्ये समेत अपील जीकीर भयकोले जाहेर गरेको हु भनी अपील पैल्हा फाँटले जाहेर गरेको मा प्रमाण मीसील झीकी अपील जीकीर वमोजिं देखीन आय जाहेर गर्नु भन्य २००७ /10/25 मा हुकुंको तोक रहेछ ।
प्रमाण मीसील झीकाउदा सो मीसील वाट ९।१० पुस्ताको भन्ये देखीन नआयेको र ४ साल्मा फैसला भयेको लाई ५ सालमा फैसला भयको भनि विंती चढायकोले खारेज हुने ठहर्छ भनी २००८ साल श्रावण १४ गते अपील तेश्रा फाटले फैसला गरेको रहेछ ।
सो फैसला उपर जय प्रसादको अपिल परी २०१०।३।३० का आदेश वमोजिं डीभीजं वेञ्चमा पेस्भै थुनुवा जये प्रसाद सदर जेल्मा झीकाई बादी जयबहादुर र प्रतेवादी टलक कुमारी लाई जातक स्मेत ली आउनु भनी र कर्नी गरेको अवस्ता १५ वर्षको छोरो भनेको कृष्ण बहादुरलाई स्मेत लाई १५ दिने म्याद दी झीकाई पेस्गर्नु भन्य आदेश वमोजिं झीकाई आयेको वादी जय बहादुर र प्रतेवादी जय प्रसाद लाई सदर जेल बाट झीकाई नीज स्मेत राखी वुझ्दा टलक कुमारी घर गाऊमा छैन भंने र कृष्ण बहादुर र जातक स्मेत मरी सकेको भंने सरजमीं मुचुल्का भै टलक कुमारी का नाउको म्याद सवैले देख्ने ठाउमा तामेल भै आयेको कर्नि गरेको होइन भंन्य जय प्रसादो जीकीर भयेकोमा टलक कुमारीले पोल गरेको र सरजमींहरुले पनी संखा देखायको सेर बहादुर वाल कुमारीको हाडनाता कर्नि मुद्दामा ९/१० पुस्ता ठहरेको छ भनेकोमा ४ पुस्ता भीत्रको ठहरी ८५ सालमा फैसला भयको र सेर बहादुर भंन्ये यसै मुदाका वादी जय बहादुर को दाजु र बाल कुमारी प्रतेवादीको साईला वाजेको नातीनी भंने देखीयकोले समेत ईन्साफ प्रधान न्यायालय पैला फाटको मनासीव प्रमांगी वमोजिंको काम अपील तेश्राले गरेकै देखीनाले खारेज गरेमा केही गर्न पर्दैन । मुडी धपाउने तर्फ २०१० साल ज्येष्ठ २५ गतेका फुल वेञ्चका नीर्णय वमोजिं गर्नु भनी मीसील जिल्लामा पठाई दिनु ।
महेन्द्र बहादुर महत प्रकाश शम्सेर
न्यायाधीश न्यायाधीश
इति संम्वत २०१० साल आश्वीं १९ गते रोज २ सुभं..