निर्णय नं. ५०३ - चोरी
अ.नं ५०३/2010
नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च
फौ.अ नं ५६७
मुद्दा चोरी
अपीलाट्- वादी प. ३ नं ई कास्की मौजे सारांकोट मध्य पोखरा गैरा पार्ट बस्ने भेदकुमारी पौडेलनी
वीपक्ष -प्रतेवादी ऐ ऐ बस्ने जगुनाथ वास्तोला जैसी ऐ वस्ने ऐ की स्वास्नी ईन्द्रकली ऐ
ईजलास
श्री माननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय
डीस्मीस फैसला
येसमा अपीलाट् वादी भेद कुमारीको वारेस मनोहर त्रिपाठीले तारेषमा नवस्ने गरी मो रु १/88 धरौटी राखी अपील गरेमा अवदेखी तारेषमा रही पुर्पक्ष गर्ने ईच्छा भएकोले वीधाधर कोराइलालाई वारेस गरी दीञा भनी 2010/2/2/6 मा नीज अपिलाट् भेद कुमारीले वारेस गरी पठायकी र नीज वारेस विद्याधर कैरालाले 2010/4/2 गतेको अर्जीको तारेष पैलापटक पारी गुजारेको अ वमोजी थांने म्याद नाघी सकेको हुनाले नीजको अपील अ.नं 226 नं वमोजीं डीसमीस गरी दीनु स्व डीसमीस गराये वापत अपीलाट् भेदकुमारी लाई सुरु डंड मोरु 37/50 भएको त्यस्को यो दोश्रा अपील हुँदा इन्साफ अपील्कै सदर भएमा का वखतमा हा.का. १० नं वमोजीं सयकडा ५ ले मो रु 1/88 डंड हुने अपील डीस्मीस गरायेको हुनाले अ वं 228 नं वमोजीं त्यस्को सयेकडा ५ ले मो रु ।१० दश पैसा डंड हुन्छ नीज भेद कुमारीको वारेस मनोहर त्रीपाठीले तारेखमा नवस्ने गरी मो रु १।८८ धरौटी दाखील गरेको अ.त. फौ फाँटको २००९।5/14/6 को भर्पाइ वाट देखीएको हुनाले त्यस्मध्ये हाल लाग्ने ठहरेको डंड मोरु।१० दस पैसा कट्टी गरी वाँकी मोरु १।७८ एक रुपैया अठहत्तर पैसा अइ वमोजींको रीत पुर्र्याइ नीज भेद कुमारी लाई फीर्ता खर्च लेखी दीनु भनी फौ अ.त. मा लगत दी मीसील मीसील फाँटमा वुझाईदिनु ।
भैरवराज पंत
न्यायाधीश
ईति सम्वत २०१० साल आस्वीं १९ गते रोज २ शुभम्