• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८ - कुलो पानी

साल: २०१० महिना: बैशाख फैसला मिति :२०१०/०१/१२ ११६

अभिलेख दर्ता नं.8/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.7/650 नि.नं.....

 

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

अ.नं650

मुदा कुलो पानी

 


अपिलाट वादी : ज्योदार मुनीलाल महतो थारु जी. पर्सा प्र.नौरंगीयातर्फ जगनपुर मौजे मनीहर्वा १


विपक्ष प्रतेवादी : लालवीहारी चौधरी थारु जी. पर्सा म. नौरंगीयातर्फ जगतपुर मौ. नी चुटा १


 

इजलास

श्री माननीय न्यायाधीस प्रदीप्तमान्यवर नेपालतारा ले.ज. प्रकाससम्सेर जङ्गबहादुर राणा

 

फैसला

यस्मा जीलै पर्सा मौजे संढी मनीहर्वा सहपुर औराहा स्मेत ४ मौजालाई अघी सनातं देखी गं मीरी नदीको पानी सोरै आना र भलुवाही नदीको ।।। आना पानी ली पठाई आयेकोमा सो पानी लाल वीहारीले लान नदी खीचोला गर्दा हामी ४ मौजाको रैती यहुलाल चौधरी स्मेतले यै मुनीलाललाई वारेस गरी उजुर्गरेकोमा भलुवाही नदीको पानी सोरै आना र गं मोरी नदीको पानी वाट ।।। वारा नाली हाम्रो निचुठा स्मेत पठाई आयेको हं भंने लाल वीहारीको वयां भै मुदा चलेकोमा पानी जाची वीग छुटीको हो सा वगरी वोग छुटी वमोजीं दामासाहीले वादी प्रतेवादीले कती भाग पानी पाउने हो नदी नै छुटयाई वंडा गर्न हुने भये नदी नै छुटयाई वंडा गरीदीनु नदी वंडा गर्न भाग नमीलने भये वादी प्रतेवादील दामासाहीले कुं कुं नदीवाट कती पानी पाउने हुं छुटयाई दी सो वेहोरा नतीजा जाहेर गर्नु भंने २००२।१०।२९ गते प्रधां न्यायालयवाट तोक फैसला भै वीरगञ्च गोश्वारमा गै वाहाँवाट पानीको भाग छुटयाउनलाई इन्जीनीयेर खटोस र जमीनमा गै जाची गं मोरी भलुवाई नदीका मीलान भयेका ठाउबाट दुवै नदीको ज्मा पानीबाट हामी मनीहुर्वा स्मेत ४ मौजाका रैतीका जगा विगााह ११०४ लाई ।।। आना र निचुठा स्मेत ४ मौजाको लालवीहारी तर्फका जगा वीगाहा ६४१ लाई ।।/ पानी लाने गरी इन्जीनीयरले दीयेका रीपोट बमोजीं वीरगन्ज गोश्वारवाट २००४।३।२२ मा पर्चा समेत भयेकोमा सो पर्चा समेत मीची जवरजस्तीले भलुवाही गं मीरीका मीलान ठाउमा वाध कुलो १ र तेस्को सीरा भलुवाहीमा वाध कुलो १ स्मेत २ ठाउमा नीज लालविहारीले वाध कुलो लगाई भलुवाही गं भीरी दुवैको पानी लाने गरेकोबाट हाम्रो मनीहर्वा सुहपुर औराही संठी स्मेत ४ मौजाको जगा सुखा जर्ता हुन गयेको र नीज लालवीहारी चौधरी जवरजस्ती हुदा जाहेर गरेका छौ अघीको मीसील फैसला पर्चा हेरी तुरुन्तै सरजमींमा गै २ ठाउमा वाध कुलो कायं गरी राखेको रहे रहनछ जाची २ ठाउबाट वाध कुलो चलाई पानी लैजाने गरेको देखीन आयो भने अदल मीची जवरजस्ती गरेमा सजाय गरी सीर पटीको १ वाध कुलो जोडी पर्चा वमोजीं वाध कुलो कार्य रखाई भाग सान्ती दुवै थरले पानी पाउने गरी पानी दीलाई पाउ भन्ने नीवदं पत्र रहेछ, गोश्वाराका पर्चा वमोजीं भलुवाई गं भीरी स्मेत २ नदीको मीलान भएको ठाउमा वाध वाधी पानी लैजाने गर्नु पर्नेमा सो ठाउमा पनी वाध भै कार्य राखी फेरी नञा अर्को भलुवाही नदीको सीरा अंदाजी ७०।८० जंजीर पुरकमा नञा वाध वाधी पैनी वनाई पानी पठाउने गरेको छ गोश्वाराका पर्चामा भलुवाही गं मीरी स्मेत २ नदी मीलान भयेको ठाउमा वाध वाधी पानी ।/ भाग लागी पठाउन पाउनेमा यो नञा वाध भै गर्नै नपाउने गरेकोले हाम्रो हक भयेको ४ मौजा स्मेतको पानी गयेवाट हामीलाई पानी नपुगी सुखा जर्ता परेको हुनाले जाची फैसला भंदा वढी कां गरेको वाध पैं पुरी हटाई पाउ भंने मुनोलालको वयां रहेछ,

अघावै वादी संग मुदा परी ईन्जीनीयेरका रीपोट वमोजीं येस गोश्वारावाट २००४।३।२२ मा भयेका पर्चा वमोजीं गं मीरी नदीको वाधवाट ।।/ आना पानी वादीलाई ऐ ।/ आना हाम्रो नीचठालाई लीने गरेको छु नञा वाध मै गरेको वा भाग नदीले गरेको छैन सो वाध मै हाम्रो सनातं देखीको भै सो वाध पानीवाट मानपुर स्मेतका जगा जेनतेन गरी पठाउने गरी आयेको र ईनै वादीसंग अघी वाध मै मुदा पर्दा सो वाध भै कायमै रही येस गोश्वारा देखी न्यायालय लगायेतवाट फैसला भै टुंगो लागी सकेको कुरामा फेरी दोहरा उजुर गरेका हुं, अैले यो मुदा चलनै नसकने खारेज हुनु पर्ने भंने स्मेत लाल वीहारी चौधरी थारुको वयां रहेछ,

भलुवाहीमा नञा वाध वाधेको हो की भंनालाई अघी यै वादी प्रतेवादीको मुदा परी छीनेको वाध भै मुदाको मीसील सामेल रहेको ईन्जीनीयर कर्ता र सींगले चाले गरी ल्यांयेको नक्सा हेर्दा भलुवाहीको नीचुठा वाध देखी माथी मानपुरको वाध भलुवाही नदीमा वाधेको देखीन आयेको, सोही मानपुर्को वाधलाई नै नञा हो भनी छलफलमा रहेको वादीको वारेस नन्दलालले देखायेको यदी वाध नञा भया अघी ४ सालमा भयाका नक्सा स्मेतमा हुनु नपर्नेमा भयाको हुनाले सो वाधलाई नञा भन्न नहुने भै अघी देखीकै रहेछ भंने सीद्ध हुन आयेको पानीको हकमा पनी ईन्जीनीयरले पानी जाची जगाका दामासाहीले वादी प्रतेवादीले पाउने भयेको पानी यस परीवंद संग लानु भंने इत्यादी कुराको बीबण खोली रीपोट दीयेकाले सो रीपोट मुतावीक यस गोश्वारावाट २००४।३।२२ मा पर्चा भै तेस उपर म्याद भीत्र कसैको उजुरै नपरेकाले येक पटक उजुर परी कीनारा लागी सकेको कुरामा फेरी तेसै कुराको उजुरी अव ११० नं. ले हेर्न नहुने हुनाले वादीको उजुरै लागन नसकी खारेज हुने ठहराई वीरगं गोश्वाराले फैसला गरेको रहेछ,

वीरगंज गोश्वाराले गरेको इन्साफमा चित्त वुझेन भंने मुनिलालको अपील परी आयेवाट नीर्णयलाई पेस हुन आयेको यस मुदामा तल लेखीये बमोजीं ठहर भयो,

येस्मा अघी इञ्जीनीयर कजीर सीं का नक्सामा लेखीयाको मानपरको वाधलाई नै नञा वाध भनी छलफलमा वादीको वारेस नन्दलालले देखायेको भंने गोश्वाराको फैसलामा लेखीयेको र अघीलमा पनी सो नकसामा लेखीये वाहेक नञा वाध वाध्यो भनी जीकीर गर्न नसकेकाले पटक पटक कीनारा लागी सकेको कुरामा परेको दोहरा उजुर खारेज गर्ने गरेको गोश्वाराको ईन्साफ मुनासीव छ अघी गोश्वाराका २००४।३।२२ का पर्चामा लेखीये बमोजीं पानी वाडने ठाउमा बीगदरी उठाई साईकेट बनाई पानी वाडी दीनु पर्ने कां तामेल भै नसकेको भये सो कां चाडै गराई दीनु इन्साफ पारी छींने हाकीं उपर अपील गरेवापत अपीलाटके सुरु दण्ड कं रु १ को हा का १० नं. ले सैक्रा १० ले कं रु ।।। दण्ड हुन्छ वारेस हुदा अैं वमोजीं असुल गर्नु भनी लगत दीनु ।

न्यायाधीश

इति सम्वत २०१० साल वैसाक १२ गते रोज ६ सुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563