• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५०५ - बाध पैं

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/२० ११८

अ द नं ५०५/2010

प्रधान न्ययालय सींगल् बेंञ्च

अ नं 574

मुद्दा बाध पैं


प्रतेवादी –जी. मो. प्र. भख्ना भलेनी मौजे चंडीझोरा बस्ने गोविन्दबाहादुर पाडे छेत्री

विपक्ष- वादी जीमीदार टीकाराम सावकोटा ,

पद्मनाथ उपाध्या ऐ चंडी


ईजलास

             श्री माननीय न्यायाधिश भैरवराज पंन्त उपाध्या

फैसला

      येसमा टेंग्रा नदीमा कची वाध वाँधी मौजे चंडी माल मौजा जगामा पानी लगी पटाई आयको अघी भागीरथ संग मुद्दा पर्दा पनी हामीले जीतेकोमा २४ नं चंडी झोरा माल मौजे मा वाध पै नभएकोले स्व नदीमा वाध पै गर्नालाई पुर्जी पाऊ झुट्टा कुरा लेषी सामाजीक सर्कारको पालामा दरखास्त दी कर्जी ली हाम्रा वाध सीरान ऊत्तर तर्फ प्रतेवादी गोविंद बहादुरले वाध वाँधी दीयकोले हाम्रो वाध पैनिमा पानी आउन वंद गरी दीयेकोले हाम्रो जग सुषा पर्ने सम्भव भएकोले द्रखास्त गर्न आएका छौ हाम्रो यकलौटी वाध पैनीको पानीमा आर्को नयाँ वाध वाधी पानी  लान नपाऊने हुनाले नीजले वाधेको वाध भत्काई पानी षुला गरी षीचोला मेटाई पाऊ भन्ने स्मेत पदमनाथ स्मेतको द्रषास्त बयान रहेछ ।

23/24 नं चीमडी झोरा मौजामा वाध पैंको प्रवन्ध नहुनाले २४ नं को मोठ म हुनाले २४ नं झोरामा बाध पै गर्नालाई सामाजीक सर्कारको पालामा सर्कारबाट ५८०४ कर्जी ली ओभरसीयेर का ईष्टमेट वमोजीं वाध पैं षनी पटाई आइको सो नदी  सीमाना हैन वर्षामा आउने झरान हो  वर्षामा पानी सवै लाई पुग्छ वर्षा कम भयेमा सवै लाई पुग्दैन अनेत्र वाध छैन सर्कारको ईष्टीमेट भन्दा वढी षर्च गरी पैनी  पनी तयार गरेको  छ । स्व वाध पैं वंध हुने छैन भंने स्मेत प्रतेवादी गोविन्द बहादुरको वयान रहेछ ।

झगडा परेको जगाको नक्सा सरजमीं गरी वाध पै तयार भयेको भयापनी बादीहरुको सावीक पै देषीयाको प्र ले हाल ८ सालमा वनायेको पुरानो पैनी वाट पानी नपुग्ने गरी लान हुदैन भन्ने जगा बीराउनेको १ नं अ मा भएको नयाँ पै कायं राषदा बाधीहरुको पानी  नआउने देषीयाकोले स्व नयाँ वाध काटी पै वंध गरीदीने वादीहरुको पुरानो पैनी कायें गर्ने ठहर्छ भनी मोरङ् गोश्वाराले ०८।12।29 गते फैसला गरेको रहेछ ।

नयाँ वाँध पै कायं राषदा अरु मौजा पाट्को रहेनछ की भंनलाई २३ नं चीमडी झोडाको वासुदेव ले मेरा नाउमा मो गो मा ऊजुरी कारवाई चलेको मीसीलवाट र धेरै सरजमिं बाट पनी पानी पुग्छ भनेको र सर्कार तर्फवाट षटी गयेको ले जानी वुझी ईष्टमेट वमोजीं २।३ मैन्हा लागी वाध पै तयार भयेको मर्का पर्ने भए मौकामा ऊजुर गरी रेक्न पर्ने स्व पनी नगरेको तेतीको षर्च लागी तयार भयेको वाँध काटी दीने गरे हर्जी भने मेरो घै घराना वाट लीने गरी फैसला गरेमा चीत्त वुझेन भंन्ये स्मेत प्र. गोवीन्द वाहादुरको अपील जीकीर रहेछ ।

अपिलाटलाई राषी वुझ्दा चीमडी माल् मौजाको वाध देषी १४० जंजीर माथी नया वाध वाधेको देषीनाले स्व नया वाध कायं राषी दीनु पर्छकी भंनालाई सरजमींवाट स्व नदी षहरे बाट सधै पानी नचल्ने देखीयेकोले तेस्तो षहरे नदीमा सावीक वाध माथी  नया वाध वाध्न दीदा चीपडी माल मौजालाई हानी हुने नक्सावाट प्रष्ट देषीयाको र धेरै सरजमींले पनी पानी नपरेमा पानी नपुगी मौजा पाइदैन भनेकोले स्मेत ईन्साफ मोरङ् गोस्वाराको मुनासीव ठहर्छ ।ईन्साफ पारी छीन्ने हाकीं ऊपर अपील गरेमा सुरु डंड कं रु ५ को हा.का. १० नं ले तेस्को सैक्रा ५ ले वी रु ।। अपिलाट् गोविंद बाहादुरलाई डंड हुन्छ रुजुहुदा ली तहसील मा लगत दी मीसील मिसील फाँटमा वुझाईदीनु।

               भैरवराज पंत

न्यायाधीस

ईति संम्वत् २०१० साल आस्वीं २० गते रोज ३ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563