• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५०६ - रोक्का वाली

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/२० १५२

अ .नं  506/2010

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

अनं ९९+310


अपिलाट्- वादी जील्लै महुतरी प्रगन्नाको राडी मौजे महुवा खजुरी वस्ने चीन बहादुर गीरी सन्यासी

विपक्ष- अपीलाट प्रतेवादी जिल्लै महुतरी प्रगन्ना कोराडी मौजे महुलीया रमनगरा वस्ने गणेश बहादुर कार्की छेत्री


मुद्दा रोक्का वाली

इजलास

श्रीमाननीय न्यायाधीस भगवतीप्रसाद सीङ्ह राजपुत वी.एसी वी एल––––––––––––

  येसमा  वीक्रं गीरी स्मेत संगको लीखत बदर गराइ पाउ भन्ने मुदामा गौवारवोटी परसाहीको जगा वीगहा २५ ।।।२।२ को ४ साल देखी वाली रोक्का लाई जलेश्वर अमीनीवाट पुर्जी भै गै ठाकुरप्रसाद ले रोका जींमा लीयेको नीजको जींमा हुदा चीत्त वुझ्दैन गणेश बहादुर जींमा गराइ पाए भन्ने वींती पत्र दी अमीनीवाट ठाडै रोका तोडी गणेश बहादुरका नाउमा पुर्जी भै गयेको पछी अपील वाट दुवै जनाका नाउमा रोका राखनु भन्‍ने पुजीं भयेको सो मुद्दाँ यस अडावाट मैले जीती सो वाली कस्का जींम्मा रहेछ भनी वुझ्दा सो वाली ठाकुर प्रसादले लीयको छ मेरा जींमा छैन भनी 4/11/29 गते गणेश बहादुरले र गणेश बहादुरले काटी लगेका छन र मेरो जींमा छैन भनी 4/11/29 गते ठाकुर प्रसादले अमीनीमा  दर्खास्त दीयेकोले वादी हीनामीना पनि लगेका सरसोती देवीको लीषत वदर गराई पाउ भन्ने मुदा तर्फको जगा वीगाहा १२।।२।।।४ को मली अमीनी वाट र .......नाउमा पुर्जी भयेको गणेश बहादुर स्मेत दुवैका नाउमा जींमा राखी दीनु भन्‍ने पछी पुर्जी भएकोले ठाकुर प्रसाद गणेश बहादुर जस्ले बेहिसाव गरेको ठहर्छ जसले निजहरु वाट र दुवैवाट उपर नभय अमीनीकाले ढुडीराजवाट मुदाको टुङ्गो लागे वमोजीं लीन पाउने गरी अडाको जीम्मा  रखाइपाउ यो साल यती उव्जनी विक्री भन्‍ने थाहा छैन  सधियार वुझीपाउ  भन्ने चीन वहादुरको उजुरी वयां।

     विक्रं गीरी संगको जालसाजी मुदा चल्दै रहेकोले जौरवारवोर परसाहीको जगा वीगाहा 25।।।2।2 को वाली रोका राषनु भन्ने ......अपिलको लेषोट बमोजीं जीं ठाकुर प्रसाद जींमा रोक्का राषने पुर्जी भै गयेकोमा ठाकुर प्रसाद जींमा रोका रहेमा हिनामीना हुन्छ ।गणेश बहादुर जींमा रोका गरी पाउ भन्ने वीक्रं गीरी को वा नवराजको दर्खास्त पनि आयेकोले ठाकुर प्रसाद वाट रोका तोडी जीं गणेश बहादुरका नाउमा रोका पुर्जी गरी दियेकोमा  तोड्न नहुने रोका तोडे भन्ने चीन बहादुरको उजुरी परी रोका तोडेमा रु ५ जरीवाना भै ठाकुर प्रसाद गणेश वहादुरले वीगहा १२।।२।।।४ तर्फ सेषर मज्यां गणेश वहादुरले रोका गर्न पुर्जी गरी दीनु भन्ने कटरवं अपिल का पुर्जी वमोजीम येस अडावाट पुर्जी  भै गयको सेषर भज्यां ले उव्जनी फाँट दाखिल गरेको वाली कटायको छैन भन्ने ठाकुर प्रसाद गणेश बहादुरले हानथाप गरेको दुवै माथवर हुदा जसवाट ठहर्ला तेसवाट उपर हुन सकेन सो उपर गर्ने कारवाई अमीनीवाट भै रहेकोले म स्मेतवाट पाउ भन्ने वादी  झुटा हो भन्ने ले. ढुडीराजको रीपोट् ।

    सर्लाहीको रन कुमारी तर्फ जगा वीगाहा २५।।।२।२ को वाली रोका राखनु भन्ने जलेसोर अमीनीवाट 4/7/14 गते पश्ची वुझायकोले वुझ्दा सो जगामा मकै वाली हुदैन  धान काट्ने टायंमा खवर गरुलां भन्ने कागज गराई आयकोमा तीमीवाट रोका तोडी गणेश बहादुर जींमा लगाई दीयेकोले तीमीले केही गर्न पर्दैन भन्ने पौख १४ गते जलेसोर अमीनीवाट पुर्जी भै आयेकोले चुपलागी वसेको फेरी तीमी स्मेत थप राखी दुवैका जींमा लगाई दीयेको छ रोका जींमा लीने काम गर भन्ने पुर्जी फागुण ६ गते वुझायकोले जगामा गै हेर्दा गणेस वहादुर विक्रं गीरी ....वाली लगी सके भनी वटैयाले भनेको खेतमा हेर्दा वाली काटी लगी सकेको देखी सो वेहोराको मुचुल्का ४/11/29 गते अमीनीमा पठायेको छु मैले हीनमीना गरेको छैन भन्ने जीं ठाकुर प्रसादको वयान ।

    जगा वीगाहा १२।।४।।।४ को झगडा नछीनींजेल वाली रोका राखनु भन्‍ने मेरा नाउमा पुजीं भै गयेवाट रोका गरी वाली विक्रीको फाँट जलेसोर अमीनीमा वुझाई सकेको छु भन्ने र म ज्यानको वयां ।

    जगा वीगाहा ३८।.।१ को ४ सालको वाली देखी रोका गर्नु  भन्‍ने जलेसोर अमिनीवाट  म गणेस वहादुरका नाउमा ४ साल मार्गमा पुर्जि आयवाट र वटैदार देखाइदेउ भनी सावीक रोक्का वाला ठाकुर प्रसादलाई भन्दा हामीहरुलाई पुर्जी भयेको छैन वटैयाको कवुलीयेत स्मेत दीन सक्दैन भनी रोका गर्न नदी वाली चीन वहादुर  चीन बहादुर ठाकुर प्रसाद स्मेतले कराई लादा को वींती पत्र चढायको छु विक्री गरी जनकपुर वैङ्कमा जागीरे हुदा कती वाली भो था छैन भन्ने गणेस वहादुर वीक्रं गीरीको वयान ।

  जगा विगाहा 12।।।४।।।४ तर्फ र म ज्यानले आफना जींमा राषेको सकार गरेकोले वीचार गर्नुपर्ने ठाकुरप्रसादको रोका तोडेमा अपीलवाट जरीवाना भै सकेको र गणेस वहादुर ठाकुर प्रसाद दुवै माथवर मानीस जींमा लगायको हुदा हाकींले ढुडीराजले वुझाउनु पर्छ भन्न नहुने जगा वीगाहा २५।।।२।२ तर्फ जलेसोर अमीनीका पुर्जी वमोजीम सुरुमा ठाकुर प्रसादले जींमा ली मोही वटैयार स्मेत वन्दोवस्त गरेकोमा पछी जीजवाट रोका जींमा तोडी गणेश वहादुर जींमा लगाउने गरी सो अमीनीवाट पुर्जी भयेपनी उव्जनी सहित पुरै वाली  गणेस वहादुर लाई ठाकुर प्रसादले जीं मा लगायकै लेखत दाखेल हुन आयेको चीन वहादुरको वा. वीसोनाथको फोंमा  सावीकले आधी वाली काटीसकेको पछी ठाकुर प्रसादवाट रोका तोडी गणेस बहादुरलाई पुर्जीमा लगाउने गरी भन्ने लेखीयेकोले पनि आधा वाली ठाकुर प्रसाद तर्फवाट सकेको देखिदा बाकी  आधीवालीमा गणेस बहादुरले हात हालन जादा उजुर परेको भन्ने सीध हुने हुदा यकलौटी गणेश वहादुरलाई वुझायको भरपाई वटैयारले पेस गर्न नसकेको ले आधा वाली गणेस बहादुर आधा वाली ठाकुर प्रसादले लगेको ठहर्छ । वाली वीगोका हकमा ५ सालमा रोका  रहेको विक्री मुचुल्का वमोजिं कंरु ८९०।।P।३ ठाकुर प्रसाद गणेस बहादुर २ जनावाट आधी  आधी गरी हक पुग्ने धनीले भरी पाउने ठहर्छ भनी ६।१०।१७ गते महुतरी अपील्ले फैसला गरेको रहेछ ।

     सो इन्साफमा चीत्त वुझेन भन्ने वादी चीन वहादुर प्रतेवादी जीं गणेसबहादुर जीं ठाकुर प्रसाद सस्मेतको अपील परेकोमा ठाकुर प्रसादको अपील प्रधान न्यायालय चौथा फाटवाट ७ साल पौख २७ गते डीसमीस फैसला भयेकोले वादी चीन बहादुर र जीं गणेस वहादुर का अपीलका हकमा जीं गणेस वहादुरको वा कृष्न प्रसाद पाध्या लाई राषी वुझ्दा चीन वहादुर को वा विसोनाथले दीयेको ४/१०/९ को फों मा आधी वाली सावीक रोकावालाले काटी सकेपछी सावीक ठाकुर प्र्साद वाट रोका तोडी गणेस वहादुरलाई जींमा लगाउने गरे भन्‍ने लेखीयेको र हाल वुझीयेको सरजमीन १९ जवांले वाली गणेस वहादुरले करायेको भन्ने र१९ जवानले ठाकुर प्रसादले कराये को भनी दुवै थरका सरजमीं वरावर भै लेखेको ठाकुर प्रसाद लाई तोडी गणेश वहादुर जींमा अडाले दीयेपछी आफु जींमाको वाली हीनामीना भयमा आफू जवाफ देही हुनुपर्ने वाली कराउन ठाकुर प्रसादले नदीयेको भये वाली खडा रहेको अवस्तमै उजुर गरी अडावाट मदत समेत ली कटाउनुपर्ने सो वमोजीं नगरी ठाकुर प्रसादलाई कटाउनु पर्ने सो वमोजीं नगरी ठाकुर प्रसादलाई कटाउन दीयो होला भन्न नहुने गणेस बहादुरले वाली नकाटेको भय वटैयाले र सरजमीं १९ जनाले गणेस वहादुरले कटायको भनी लेखेका ती वटैया र सरजमीं उपर उजुर गर्न नसकेकोले गणेस वहादुरले वालीमा हात हालेको रहेनछ भन्न मनासीव नपर्ने हुदा विश्वनाथको वयां लेखाइ वमोजीम आधी वाली सावीक जींमा लीने ठाकुर प्रसादले कटाइसकेपछि वाकी  आधा वालि जीं गणेश वहादुरले कटाइ जींम लियेको सिध्ध हुन आयको ले ठाकुर प्रसादले तारेष छाडी अपील डीसमीस गरायेकोले स्मेत आधीवाली ठाकुर प्रसादले र आधी गणेस वहादुर जींमा रहेको ठहरायको ईन्साफ महुतरी अपिलको मनासीव छ । वाली विगीको हकमा ५ सालको रोका वाली वीक्रीको मुचुल्का वमोजीम धान मन १० ८९६ को मै १ को रु ११ दरले पोत स्मेत कटाई वाकी कंरु ८९०।।P।३ गणेश वहादुर ठाकुर प्रसाद जींमा वाट हक पुग्नेले भरीपाऊने ठहरायकोमा  ५ सालमा जती उव्जा भो ४ सालमा तेतीनै भयो होला भनी ईन्तीजाम गरी उव्जा कायम मान्न नहुने अैनले पनी संधीयार सरजमीन वुझी उव्जनी विगो कायेम गर्न पर्ने भै सरजमीन वुझेको मुचुल्का हेर्दा वीगहा १ मा ११x30 मन दरले उव्जा हुने भन्ने १ x १ जवांले लेखेपनी १५ x २५ मनका दरले उव्जा हुने भनी 18+18 जवांका दरले मुचुल्का लेखेको २५ मन दरले कायेम गर्नु पर्छकी भन्नलाई ५ सालका मुचुल्का वाट २५ वीगाहा .....चु जगामा बटैया कटाई 108 96 मन भै तेस भन्दा धेरै वढाई लेखी दीयेको हुदा सो दर कायेम गर्न मुनासिव नपर्ने हुदा १५ मनकै दरले कायेम हुने बीक्री दरमा १० १२ रुपैयामा दर सरजमीनले लेखेको भै ५ सालमा ११ रुपिञा कायम भयेको धेरै फरक नपर्ने भयेकोले सो ११ रुपैञा दर नै कायम हुने हुदा विगाहा २५।।।२।२ को फी वीगाहा  १५ मनका दरले हुने ३८७ मन ४ पसेरी ५ सेर कट्टाँ गर्दा वाकी मन १९३ मन ४ पसेरी ५ सरेको फी मं को कं रु ११ का दरले हुने कं रु २१३।।।P। यकाइस सये वतीस रुपैया तेर आना १ पैसामा मालपोत स्मेत कंरु 2999।।।3 कट्टाँ गर्दा वाकी कं रु १८३३।।।.।। को आधा कं रु ९१६।।।P।१  का दरले गणेश वहादुर जीं ठाकुर प्रसाद का जीम्मा बाट हक पुग्नेले पाउने ठहर्छ तपसील वमोजिंको गलत तहसीलमा दी मुदा छीनेको जनाउ अपीलाट चीन वहादुर लांई पठाई मीसील प्रधान न्यायालय मीसील फाँटमा वुझाइ दीनु ।

तपसील

जीलै महुतरी प्रगन्ना को राडी मौदे महुरिया रमनगरा वस्ने गणेश बहादुर कार्की छेत्री के इन्साफ पारी छीन्ने हाकीं अपील गरेमा सुरुले दण्ड नगरी छीनेको हाकींका नाउमा कराउनेका १० नं अैनले कं रु १ येक दण्ड हुन्छ वा हुदा असुल गर्न तहसीलमा लगत दीनु–––––––––

जील्लै महुतरी प्रगन्‍ना कोराडी मौजे महुवा खजुरी वस्ने चीन बहादुर गीरी  संन्यासी के सुरु उपर अपील गरेमा सुरु डण्ड कं रु २० को हाकींका नाउमा कराउनेका १० नं अइन ले सै कडा १० ले तारेखमा वस्न नपर्ने गरी ७।२।५ गते महुतरी अपीलमा धरौट राखेको मीसीलवाट देखीदा सदर स्याहा गर्न सो अपीललाई लेखी पठाउन ऐ––––––––––––

वालीको वीगोका हकदार धनीले देहायका मानीसवाट जनही कं रु ९१६।।।P।का दरले भरी पाउने ठहरेकोले महुतरी अपीलका ६।१०।१७ का फैसलाले कं रु ४४५।.।।।का दरले भराउनेका 6।10।17 का फैसलाले कं रु 445।.।।।.का दरले भराउने गरेको हुदा सो कट्टा गरी वाकी नपुग कं रु 471।।P।। का दरले ज्मा कंरु ९४३।३ नौसय त्रिचालीस रुपैया तीनानाभराइ दीलाई पाउ भनी अैनका म्याद ५ वर्ष भीत्र हक पुग्नेको दर्षास्त परे अइन सवालको रीत पुर्र्याइ देहायका प्रतेवादीहरुवाट भराइ रोका थाती वाली हुदा दसौद वीसौद नली भराई दीनु भनी जलेस्वर अमीनी तहसीललाई लेखी पठाउन अत वीगो फाटमा लगत दीनु ––

     जिल्लै  महुतरी प्रगन्ना  कोराडी मौजे महुडीया रमनागरा बस्ने गणेश बहादुर कार्की छेत्रीके कं रु चारसये येकहत्तर रुपैया नौआना दुई पैसा ––––––––––––––471।।P।।ऐ मौजे धनुसा चन्द्र वकस  गीवीनपुर वीर्ता वस्ने ठाकुर प्रसाद उपाध्या के ऐ ऐ कं रु ––––––––––––––––––––––––––––47१।।P।।

 

 

 

भगवती प्रसाद सिंह

न्यायाधीस

इती सम्वत २०१० साल आसीणा २० गते रोज ३ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..