निर्णय नं. ५०८ - जगा जालसाजी
अभिलेख दर्ता नं. ५०८।२०१०
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
अ.नं.१६९
मुद्दा : जगा जालसाजी
अपिलाट वादी का.प. इलाका लागंटोल बस्ने पुन्द्रमान श्रेष्ठ
विपक्ष प्रतेवादी का.प. घोगजा टाँस बस्ने हरिदास श्रेष्ट १
ऐ.ऐ लागंटोल बस्ने कुलबहादुर श्रेष्ट१
ऐ.ऐ. बस्ने पूर्णबहादुर श्रेष्ट१
ऐ.ऐ. बस्ने चनकमान श्रेष्ट१
ऐ.ऐ बस्ने तुलसीमान श्रेष्ट१
ऐ.ऐ नालाछापमध्ये पीपलेगाउ बस्ने जीं गगंध्वज खड्का१
इजलास
श्रीमाननीय न्यायाधीश प्रदीप्तमान्यवर नेपालतारा ले.ज. प्रकाशशम्सेर जङ्गबहादुर राणा
फैसला
हरिदासको वावु जुजुमासंग मैले मोरु ६२६।-कर्जालीं डल्लुमुला खेत ।१४।४ रैकर ८८।२।२२ मा भोग बन्धकी ९६ साल्मा साल्को धां ९। गहु। १० बुझाउने कवुलीयत समेत गरीदीयेको म थुनामा परेका टायेंमा छोरा जनकमान तुलसीमानले पूर्ण बहादुर कुलबहादुरबाट कर्जा लीयेको २५०। पुगेको छ भनेकोले थुनाबाट छुटे पनि कपाली तमसुक भयेको पूर्ण बहादुरले धां ९।गहु।१० बुजाउने भया जुजुमानको रुपैञा तीरी दींछु तीरो तीर्ने र दुवै कर्जाको व्याज पुगछ भनेको छ भनी छोराहरुले भन्न आयेको मेरो मन नभयतापनि छोराहरुले जुजुमानबाट लखबन्धकीका तबरले कुल बहादुर पूर्ण बहादुरको थैली पारी दुवै कर्जाको रु ८७६। को व्याज तीरो स्मेतमा कुल बहादुर पूर्ण बहादुरलाई धां ९। बुझाई आयेको ०७ सालको उबजा धां १९।१० मध्ये ९। छुट्याई वुझाउन लागेको थीयो हाल पूर्ण बहादुरको छोरा चनकमानका नाउमा तामेल गरेको म्याद नक्कल ०८।३।२० मा मेरा घरमा छाडेको देषी हेर्दा म वाट मोरु ८७६।– ली ९८।२।१२ मा पास गरी दी हामीले भोग गरेको ९९ साल्मा धां २० गहु ।१० वुझाउने कवुलीयत गरेको ०७।३।२३ मा चोरी भयाको ६।७। साल्को बाली नवुझायेको राजीनामा बाबु कुल बहादुरका नाउको दर्ता कबुलीयत चोरीको दर्खास्त स्मेत कागज प्रमाण दीयाको देषीयेकोले जुजुमानले म छदै अर्कासंग थैली वुझी नीखनाउनै नहुने भोग वन्धकी तमसुक अैलेसंम लगत कट्टै नभयेको र ५६ साल्को जुजुमाको बाबुलाई बाली बुझायेको रसीद मसंग रहेको तेस्तो जगामा म छदै छोराबाट लीखत गराई लीनै नहुने मेरो लीखत मंजुरी वेगर जींमा वालाले आर्काका नाउमा नामसारी दर्ता गर्ने नहुने पूर्ण बहादुरका नाउमा लीयेको भन्नेले कुल वहादुरका नाउमा लगत दर्ता भयाको भंने कुराबाट जींमावालस्मेत मीली जालसाजीसंग आफ्नो चाकडी गर्ने नीरक्षरी मेरा छोरा चनकमान तुलसीमानलाई ....................बाट २ दीं अगाडीदेखि बेपत्ता भैरहेको छोराहरुलाई साबीत गराउन नालेस गरेको हुन सकने हुनाले जुजुमान मरीसकेको छोराले केही पाप गरेको भये नीजलाई र २५०।– को कपाली तमसुक भनी छोराको तममसुकमा मेरो साछी सै गराई लाने पूर्णबहादुरले मेरो हकको जगा राजीनामा गराई लीये दीयेको भये पूर्णबहादुर तुलसीमान चनकमानहरुलाई र वेसरोकारको कुल बहादुरका नाउमा दर्ता गराउने गंगाध्वज कुलबहादुरस्मेतलाई अैं बमोजीं सजाय गरी लीखत दर्ता बदर गराई जुजुमानलाई गरी दीयेको भोग बन्धकी तमसुक कायं गरि पाऊ मेरो लीखत देखाय बयान गर्ने छु भंने स्मेत वादी रहेछ।
मलाई केहि थाहा नभयकोले मैले लेखत गरेको छैन भंने स्मेत हरीदासको प्रतेवादी रहेछ।
बाबु थुनामा परेको वखत पूर्ण बहादुर कुल बहादुरले हामीहरुलाई फकाई कां लगाई सरसापट स्मेत लीयेको बावु छुटि आयेपछि हीसाववाट ठहरेको २५०।– रुपैञाको कपाली तमसुकमा मंजुर गरेको जुजुमानलाई वंधकी दीयेको पूर्ण वहादुरलाई मार्ने कुरा गर्दा बाबुले नमानेको बावु छदै हामीहरुले केही गर्न नहुने भै तेसै रहेकोमा जुजुमानको रुपैञा बुजाई तमसुक मैले ल्यायेको छु यो कपाली स्मेत ज्मा मोरु ८७६ को कागज र जगाको तीरो तीर्ने स्मेत वापत जुजुमानलाई तीरे बमोजीं धां ९। गहु ।१० बुझाउने भै कवुलीयत पास गर्ने भनी अडामा गै गरायेको हो तापनि जगा राजीनामा वंधकी भंने कुरा बताउदै नबतायेको जुजुमानको आसामीले नै थैली तीरी लगत कटायापछि मात्र मुख्य मालीक बाबुले गरे लेखत पास हुने बंधकी लगत कट्टा नभयेको र बाबु छदै हाम्रो लीखत गरउनै नहुने गरायेकै भयेपनि सदर नहुने हामीले राजीनामा भनि जानीबुझी सै गर्दै नगरेको जगा कमाउने कवुलीयत गरी जगा कमाई बाली वुझाई आयेको के कसुरमा हाम्रा नाउमा नालेस गरे भंने स्मेत तुलसीमा चनकमाको प्रतेवादी रहेछ।
वादीले मोरु ६२६।– मा जुजुमानलाई डल्लु मुल्ला षेत ।१४।४ साल ८८।२।२२ मा भोग वन्धक दीयेको सो मोरु ६२६ बुझाई बाँकी मोरु २५०।– वादीको छोरा चनकमान तुलसीमानले ली दरपीट भयेको फट्टा स्मेतलीयेपछि साहु जनाउन पर्दैन ८७६ को मुचा राजीनामा गरी दीन्छु भनी वादी स्मेत भन्न आयेकोले तीम्रो मंजुर र साछी नभै हुदैन भन्दा चोरीको बात लागेको मानिस हुदा साछी वसन र रीणी भै पास गर्न समेत अडामा जान नहुने चोरी मुद्दामा पक्राउ भै थुनामा वस्नु पर्ने हुदा म रीणी र अन्तर साछीस्मेत हुनुपर्दैन छोरा २ ले गरी दीयाको बेबहारमा म उजुर गर्ने छैन रैकर जगा ३ वर्ष भीत्र मैले उजुर नगरेपछि लीये दीयेको पक्का ठहर्छ भनी आफ्नो छोरा कुनै रीणी कुनै साछी स्मेत गरी गराई लीखत गरी दी ९८।१।१२ मा रजष्टरी पास गरी दी सकेपछि म पूर्ण बहादुरको बाबु कुल बहादुरका नाउमा साल मसाल तीरो र सो राजीनामा वमोजीं ९८ सालमा नाम्सारी दर्ता समेत गरायेको बादी सो वखत मुगलान गयाको समेत नभै घरमा भै दर्ता समेतमा मंजुर गरी दानेको का.प. मालको ३ महले मोठ भीडाई हेरेमा वादी झुट्टा देखीने राजीनामा गरी नदीयेको भये नांसारी गराउन सक्नुपर्ने सनाखत रोपकार पास भयेकोलाई कवुलीयत भनी गरायेको भन्न नहुने बादी र वादीका छोराको कुरा फरक परेको छ पास भयेको १२ वर्ष पछि बाली नदी पचाई खाने नीयत गरेवाट नालेस गरेपछि बादीका येकाघरका छोराहरुसंग मीली परीपंच मीलाई बावु छदै छोराले गरेको बेवहार सदर हुदैन मेरो नालेस परेपछि विगो तीर्नु पर्दैन मुरादले झुट्टा नालेस गरेको ९६ साल्को रसिद जुजुमानका बाबुको र लगत काट्ने काम असामीले नै गर्नु पर्नेमा लगत काटेन भन्दैमा मलाई गरीदीयाको राजीनामा पक्का हुदैन भन्ये अैं नभयको चोरीमा सजाय पायेको वादी हुदा उस बखत लगत कट्टा नगरेकाले दर्ता बदर नहुने छोराले पास गरी मौकैमा जगा हटक दावी गर्न सकनु पर्ने साहु आसामीका ८।९ नं का म्यादमा उजुर गरी बदर गराउन सक्नु पर्ने विगो बुजाउनु पर्ला खेत पजनी गर्ला भनि झुट्टा उजुर गरेको हो का.प. मालको दर्ता राजीनामा रसीद बुझी इन्साफ गरी पाउँ भंने स्मेत कुलबहादुर पूर्ण बहादुरको वा महेश्वरको प्रतेवादी रहेछ।
रजीष्टेसन भयेका लीखत बमोजीं नांसारी गरी दीयेको हुं तेस्तोमा अैंले वादी नलागने माल रैकर जगाको मोहीहरुले आफ्नो हक गराई लीयेको नीस्सा देखाई नाउसारी गर्न आये सो हेरी नाउसारी गरी दीनु भने इस्तीहार जारी भै जीम्मा बाली सवालमा समेत लेखियाको कुल बहादुरले हेडिक तीरी पास भयेको राजीनामा ली नाउसारी गरी पाऊ भन्न आयेको हुदा नाउसारी गरेको रजीष्ट्रेसन पास भयेको राजीनामाले नाउसारी गर्न नहुने भये सवाल इस्तीहार जारी हुनु किन भैसी चोरी वात लागेको र घर जगा लुटाई पाटिमा बस्ने नाठो हुंदा धर्मको ख्यालै नराखि जगाको मोल हेरफेर भयेको देखि झुट्टा उजुर गरेको हो भंने स्मेत जीं गगंध्वजको प्रतेवादी रहेछ।
रजीष्टेसन पास भयेको राजीनामा नजाची सै गरी दीयेको भंने चनकमान तुलसीमानको लेखाई गल्ती जानी बुझी सै गरेको ठहर्ने बाबुको मंजुरी वेगर छोराले राजीनाम गर्न नसक्ने मंजुर नभयेको भये थुनाबाट छुटेपछि उजुर गरी बदर गराउन सक्नु पर्ने धनी जुजुमानलाई धीतो लेखि दीयेको र तेस्माथी २५०।– कपाली गाभी साहु पूर्ण बहादुरलाई लखबन्धकीका तवरलेसंम छोराहरुले दीयेको भंने बादी लेखाईबाट बादी मंजुर भयेको देखिने नांसारी दर्ता समेत बादीले गराउन पर्ने नसकी ९८ साल देखि राजीनामा दर्ता भोग तीरो स्मेत प्र. पूर्णबहादुरले गरी आयेको कुरा येतिका वर्षसम्म बादीले थाहा पायेन होला भन्ने कुरा पत्यार नपर्ने वादीले थापाई चीत्त बुझाई बसेको देखिने राजीनामा दर्ता बाटसमेत पूर्ण बहादुरको पक्का भै सकेको २ वर्ष भीत्र उजुर गर्न नसकेपछी बादीको दावी नपुग्ने राजीनामावाट हक छोडेको देखियेपछी जींमावालले नांसारी गरी दीनै पर्ने बादीले हक नपुग्ने जगामा दावी गरेको र जगा म सगै भयेकोले छोराहरुले दीयेको सदर नहुने भनी चलाखि उजुर गरेको देखिने हुँदा हक नपुगने जगामा झुट्टा ऊजुर गरेको ठहर्छ भनी सुरु का.प. अदालतबाट फैसला गरेको रहेछ-
भोग बन्धकी भयाका जगाको तीरो मैले गर्ने नभै साहु जुजुमानका तर्फवाटै चलेको जुजुमानका छोरा उपर नालेस परेको जुजुमानलाई गगंध्वजले रसीद गरी दीयेको छदै थैली बुझाई लगत कटाउने कां नभै अरुलाई दीन लीन पास गराउन नहुने म छदै अरुले नीखंन नपाउने जुजुमानलाई गरी दीयेका कवुलीयत बमोजीं मोहीयामा आफैले जगा कमाई रहेको मैले नकरा व्यवहार गरेको थाहा जानकारी भयाको सबुद बेगर २ वर्ष भीत्र उजुर नगरेको भन्न नहुने जुजुमानको मंजुर ली मैले थैली तीरेको नीस्सा नभै अरुका नाउमा रसीद गर्न र ३ महलेमा नाउसारी गर्न नहुने बंधकी लगत खडाराषी म छदै छोराबाट पूर्णबहादुरका नाउमा राजीनामा गरायेको कुलबहादुरका नाउमा ३ महले दर्ता भयाको भंने बील कुलै जबरजस्ती ९० सालमा थुनाबाट छुटेको फैसला छदै ८७ सालमा भयाको व्यवहार म थुनामा छंदा गरेको भंने फजुल बुदा लगाई हराये हक ईनसाफ गरी पाउ भंने बादीकको अपील रहेछ।
९३।९४ साल्मा थुनाबाट छुटेको भंने बादी तेस अवस्थादेखि था नपाई पूर्णबहादुरले तुलसीदासस्मेतका नाउमा नालेस गर्दा था पायेको भंने बादीको भनाई मनासीव नपर्ने मौकैमा उजुर गरी बदर गराउन सकनु पर्ने यो नालेसमा छोराले गरेको बेमंजुरी देखाये पनि छोराले लायेको रीण २५०।– सकार गरेको नीज्को लेखाई बाट देखियेकोले स्मेत ९८।२।१२ मा पास भै भोग गरेको कुरामा हालमात्र बंधकी कायं गरी पाउ भंने वादी दाबी मनासीव नदेखिने सुरु ईन्साफ मुनासीब भंने समेत अपील पैलाको फैसला रहेछ
बंधकी मैले नीखखन्न पाउने घरको मुख्य म छदै छोराबाट लें दें हुनै नसक्ने ९० साल्मा म घरमै भयेपछी मेरो मंजुरी वेगर लेंदें गर्न नहुने सोझो व्यवहार भये बंधकी थैली तीरेको लगत कट्टा गर्ने सो वेहोरा पारी लीखत हुनुपर्ने जुजुमानको लीखत खडै राखी दोहरी पारी बाबु छदै छोराको राजीनामा गराई लीयाकोमा कपाली २५०।– सकार गरेको भंने वुंदा लगाई जासाजी राजीनामा सदर गरी पैसला गरेको भंनेस्मेत अपील उपर चन्द्रमानको अपील रहेछ।
यस्मा लखवंधकीका तवरले प्रतेवादीले भोगेज्याल हामी छोराले ९ मुरी धां बुझाउन लगेको थीयो भंने कुरामा बादी सावीत भयेको का.प मालबाट आयेको ९८ सालको ३ महले मोठको उत्तार हेर्दा स्मेत कुलबहादुरका नाउमा नांसारी दर्ता भयेको देखियेकोले भोग तीरो दर्ता स्मेत प्रतेवादीको देखियेको र ९८।२।१२ मा राजीनामा भयेकोमा १२ वर्ष पछिको उजुर हुदा स्मेत ईन्साफ अपीलको मुनासीव छ, इन्साफ पारी छींने हाकीं उपर अपील गरेमा अपीलाट चन्द्रमानके हा.का. १० नं. ले सुरु दंड मोरु १।-को सयेकडा १० ले मोरु ।१० दश पैसा थप डंड हुन्छ रुजु हुंदा असुल गर्न लगत दीनु।
प्रकाशशमसेर
न्यायाधीश
इती सम्वत २०१० साल आश्वीं २० गते रोज ३ शुभम्