• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५०९ - जगा खीचोला

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/२० ११२

अभिलेख दर्ता नं. ५०९।२०१०

११६/११

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्‍च

ठा.नं.११


 


अपीलाट वादी पुर्व ३ नं. इ जील्लै माझकीरात रावा खाल्स सोतां बस्ने सु.दलबहादुर बस्नेत छेत्री

वीपक्ष प्रत्येवादी पूर्व ३ नं. इ माझकीरात रावा खाल्सा गौडा वस्ने संचमान राइस्मेत  


 

मुद्दा : जगा  खीचोला


इजलास

श्रीमाननीय न्यायाधीश भगवतीप्रसाद सीङ्ह राजपुत बीएसी बीएल.  

फैसला

     येस्मा प्रतेवादी पुर्नेको बाबु आसधनले ६४ सालमा मेरा बाजे कृस्न बहादुरसंग रु १०। कर्जा ली खाउसे गैरी भन्‍ने खेत भोगबन्धक दीयेको वाजे ८३ साल्मा मरेका आसधन पनी मरेकोले पुर्ने मेरा वावु बृष बहादुर छेउ आइ रु ५०। थपी ज्मा मोरु ६०।– को तमसुक गरी ८४ सालमा राजीनामा गरी दीदा तीरो रु ।२५ तीरी भोगेको ९९ साल्मा अंसवंडा हुदा मेरो अंसभागमा परी भोगेको १।७।७ गते मेरा घर आगलागी भै सो राजीनामा स्मेत परेको था पाई पुर्ने वीक्री गर्ने संचे कींने उत्तरकुमार थैली वुझने गरी  के कती रुपैञा लें दें गरी ३।८।१९ गते वाली लुटेकाले रा.का. फौजदारीमा लुटपीटमा नालेस गरेमा थैली रु.१०।– उत्तर कुमारले ८३।११।१ गते वुझी भर्पाई गरी दीयेकोले ९६ सालमा संचमानलाई  मोरु ४०।– मा राजीनामा गरेको भन्‍ने संचे स्मेतले प्रतेवादी दीयेवाट जगाको हक वेहक गरेमा वालीतर्फ इन्साफ हुने भन्‍ने पर्चा गरेकोले नालेस गर्न आयेको छु सो जगाको दर्ता पनी मेरा बाजे कृष्न बहादुरका नाउमा भयेको र १ सालपछीको रसीद भयेको थैली वुझने पर्ने भये मेरा वावुले वुझी भर्पाई गर्नु पर्ने जगा आजतक मैले नै भोगेकोले नीजहरुको दावी खीचोला छुटाइ पाउ भन्‍ने सु. दल वहादुरको बादी।

     आसधनको हकको नीज मरी नीजको छोरा पुर्ने जीमीका हकको रु ।२५ तीराको खाउसे गैरी भन्‍ने खेत ९६।१२।२७ गते पुर्ने जीमीवाट मोरु ४०।– मा मैले राजीनामा गरी ली भोगेको छु सो जगा बादीको हक नलाग्नेमा बाबुघरमा छदै दुखदीन नभयेको आगलागी भो भनी झुट्टा नालेस गरेको हो जगा मेरै हक सदर गरी पाउ भन्‍ने संचमानको प्रतेवादी,

खाउसे गैरी खेत आसधनबाट रु १० मा बादीका वाजे कृस्नबहादुरले भोग बंधक लीयेको रु ५०।– थप ली पुर्नेले राजीनामा गरेको बादीका वंडामा परेको नीजहरु नभयेका मौका तीरो बुजायेको रसीद म संग भयेकोले थैली बुझी भर्पाई गरेको छैन भन्‍ने उत्तरकुमारको प्रतेवादी,

पुर्नेको यस मुदामा प्रतेवादी नपरेपनी लुटपीट ठगी मुद्दामा थैली रु १०।– कृस्न वहादुरका साहीला छोरा उत्तर कुमारले वुझी भर्पाई गरेपछी ९६ सालमा संचमानलाई मोरु ४०।– मा सो खाउसे गैरी जगा राजीनामा गरी दीयेको हुँ बादीका वावुलाई राजीनामा गरी दीयेको छैन भन्‍ने पुर्णेको प्रतेवादी परेको उत्तरकुमार हकदारै हैन भन्‍न नसकेका उत्तरकुमार छुटीयेको वंडापत्र पेस गर्न नसकेको भर्पाईको रेषरुप गराई माग्न नसकी उत्तरकुमारले तारेष गुजारेको राजीनामा आगलागीमा परेको भनेकालाई अैंन वमोजीं अर्को गराई लीन नसकेको ।२५ पैसाको रसीद दाखेल गर्न नसकी रु ।५० पैसाको दाखेल गरेकोले तीराको अंकै फरक परेको दर्ता उत्तारबाट सो जगा बादीका बाबुको र वादीस्मेतका नाउमा दर्ता भयेको नदेखीयेकोले वादीले झुट्टा दावी गरेको ठहर्छ भनी ७।३।१ गते रा.का. देवानी अदालत पैला पाटवाट फैसला गरेको,

सो इन्साफ मनासीव गरी ७।११।२९ गते अपील पैला फांटले फैसला गरेको रहेछ,

सो इन्साफमा चीत्त बुझेन दोहोराइ पाउ भन्‍ने सु. दलबहादुरको वीन्तीपत्रमा राजीनामा पेस गर्छु  भने मीसील जीकी इन्साफ जांची अैंन सवाल बमोजीं गर्नु भन्‍ने आदेस बमोजिं रु ।२५ पैसा तीराको रसीद  र सो खाउसे गैरी खेतको रु ६०।– को राजीनामा आगलागीमा परेकोले अर्को राजीनामा गरी देउ भन्दा गरी दीञा भन्‍ने १।११।२२ गते पुर्ने जीमीले वादीका वाबु बृषबहादुरलाई गरी दीयेको राजीनामा बादीले पेस गरेकोले छलफलमा उत्तर कुमार र संचमानलाई प्रधानन्यायलय तेश्राफाटले झीकायेकोमा हाजीर भै उत्तरकुमार र संचमानले तारेष गुजारेको यो मुदा अपीलाट र सु. दलबहादुरलाई राखी बुझ्दा पछी न्यायालयमा पेस गर्न ल्यायेको राजीनामा रसीद सुरु र अपीलमा नलेखीयेको अ.व १०३ नं अैंनले प्रमाण नलाग्ने हुदा सुरुको सदर गरी छीनेको अपील पैलाको इन्साफ मनासीव छ दोहोरायेमा पुर्व ३ नं. इ जील्लै माझ कीरात रावा खाल्सा सोतां बस्ने सु. दल बहादुर बस्नेत छेत्रीके सुरु कोर्ट फी रु ।२५ को हाकींका नाउमा कराउनेका १० नं. का अैंनले सैकडा १०।– ले मोरु ।२।२ दस पैसा दुई दाम डण्ड हुन्छ रुजु हुंदा असुल गरी तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसील फाटमा बुझाई दीनु

 

भगवतीप्रसाद सिंह

न्यायाधीश

इती सम्वत् २०१० साल आसीण २० गते रोज ३ सुभ्म्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563