• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५१० - जालसाजी

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/२१ १२५

अभिलेख दर्ता नं. ५१०।२०१०

१४१/५६३

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

मुदा जालसाजी

अ.नं.


अपिलाट जी. बुटौल तप्पे धनौरा मौं तौलीहवाबजार बस्ने महमद तकी  मुसलमान

 

विपक्ष जी. बुटौल तप्पे धनौरा मौ. महिना टोल देवानगढी वस्ने जगमोहन पासी१

ऐ.ऐ वस्ने हुसेनी पासी१

ऐ.ऐ वस्ने झीनकी पासानी१


इजलास

श्री माननीय न्यायाधीश प्रदिप्त मान्यवर नेपालतारा ले.ज. प्रकाश शम्शेर जङ्ग बहादुर राणा   

फैसला

     झींकीको लोगने दु:खीले ९५।१।१३ गते कंरु १४१।– कर्जा ली तेसपछि ९८।१।१ कं रु १२५। ली गाभी ९८।१।१ गते कंरु २६६ को तमसुक गरी दीयेको सावा व्याज गरेमा ०६ साल फागुणसम्ममा बुझाउला भनेको नवुझाउदै ०२ सालमा दु:खी मर्‍यो नीजको स्वास्नी रज पासी झीकनी स्मेतलाई लेनामा तारताकेता गरेमा ०६ साल फागुणसम्ममा बुझाउंला भनेको नवुझाई पचाई खाने नीयत गरी दु:खीका नाउमा दर्ता भयाको नम्वरी जगा रजपासीका नाउमा दर्ता दाखिल गराई जगा वीगाहा २९३।२ र घरवारी सेमत कंरु २६०१ मा झीकनी साछी बसी रजपासीको भाई हुमेनीको छोरो जगमोहनका नाउमा ०६।१।३१ गते जाल्साजी पास गरेछन ०६ सालमा रजपासी मरी सावा व्याज भराई पाउँ भनी ०७।१२।३ मा नालेस दीयेको छ तेती रुपैया हाली जगा लीन सक्ने मानीस होइन हरुवाई गरी खाने चोरी मुद्दामा सजायको मानीस हो झीकनी समेतले घर जग्गा भोगेकै छ सो राजीनामा वदर गरी घरजगा झीकनीको कायं गरी पाउ भंने स्मेत वादी रहेछ।

     जालसाजी गरेको छैन म झींकी र सौता रजपासीलाई तीर्थयात्रा गर्न कंरु २६०१ ।- मा अडाका साम्ने गनी गनाउ गरी ली आफ्नो घर जगा जगमोहनलाई राजीनामा गरी दीयेको तीर्थ गरी आई रण बहादुरका घरमा डेरा गरी बसेको रजपासी मरी म ताही छु जगमोहनसंग सराकतमा बसेकी छैन गनी गनाउ गरी लीयेकोले  हैसीयत नभयेको भंन नहुने इलं रोगार गरेकोमा हरुवाई गरेको भन्‍न नहुने चोरी मुद्दामा अपील्वाट सफाई पाइसकेको छु ०६।१।३१ मा राजीनामा गराई सोही साल्मै जगा दाषेल खारेज गराई भोग चलन गरी आयेको था पाइन भन्‍ने वादी झुट्टा हो, वादीले म झीकनीको लोगनेलाई कर्जा दीयेको था छैन वादीले नालेस नगरेकोले जाल गर्न आवस्यकै नभयेको हामीले राजीनामा गरी लीयेदीयेको कुरामा वेसरोकारको वादीको हकदैया नलागने र म्याद नाघी सकेपछीको उजुर हुदा खारेज हुनुपर्ने भंने स्मेत प्रतेवादी रहेछ।

कपाली तमसुकले जगामा हातहाली लीन नपाउने हक नपुगने कुरामा अ.वं १०६ले बादीको नालेसै नलाग्ने हुदा खारेज हुन्छ भंने तौलीहवा अमीनीको फैसला गरेछ।

मेरो रुपैञा पचाउन जालसाज गरेको था पाई नालेस गरेको कुरामा साछी प्रमाण नवुझी खारेज गरे इन्साफ गरी पाउ भंनेस्मेत महमद तकीको अपील रहेछ।

लीखतबाट जगा लेखियेको नदेखिदा अैं बमोजिं कपाली सरह दावा गरी लीनु पर्ने कुरा भै जगामा हक पुगी नसकेको हुनाले हक नपुग्ने कुरामा दावी नलाग्ने हुनाले इनसाफ सुरुको मुनासीव भंने स्मेत वुटौल अपील्को फैसला रहेछ।

मेरो रुपैञा भुस्याउन जाल गरेको अरु बादी दीयेमा जाली नभयेको कुराको वीचारै नगरी सुरु र अपील्ले फैसला गरे इन्साफ गरी पाउ भंने महमदको अपील,

यस्मा भोग दृष्टि लेखाई लीयेको जगा अरुलाई लेखत गरी दीयेको छ भंने बादी नभै कपाली साहुको रुपैया भुस्याउन जाल गरेको भंने वादी भयेको वादीको दावीको घर जगामा वादीको हकदैयै पुगी नसकेकोले सुरुले खारेज गर्ने गरेको मुनासीव ठहराई अपीलले छीनेको मुनासीव छ, इनसाफ पारी छींने हाकीं उपर अपील गरेमा अपीलाट महमद तकीके सुरुले केही डंड नगरेको भनि अपीलवाट कंरु १।– डण्ड गरेकोले तेसको हा.का. १० नं.ले सयेकडा १० ले कंरु /।।। डंड हुनेमा ०९।४।३ गते धरौटि अपील गर्दा कंरु ।२। छ आना येक पैसा अपीलाटलाई फीर्ता दीनु भनि र अपील कीनारा भयेको जनाउ स्मेत अपीलाटलाई दीनु भनी मीसील वुटौल अपीलमा पठाई दीनु  

प्रकाशशम्सेर

न्यायाधीश

इति सम्वत् २०१० साल आश्वीं २१ गते रोज ४ शुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..