• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५११ - जग्गा

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/२१ ९४

अभिलेख दर्ता नं. ५११।२०१०

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.नं. ३२


 


अपीलाट अपिलाट् भ.पु. ई क्वाटंडौटोल बस्ने जगहतमान बुधाचार्ये  

 

विपक्ष भ.पु ई.क्वाटंडौटोल बस्ने जुजुमान बुधाचार्य    


इजलास

श्रीमाननीय न्यायाधिस प्रदिप्तमान्‍नेवर नेपालतारा ले.ज. प्रकाशशम्सेर जङ्गबाहादुर राणा   

फैसला

     यस्मा श्रीयकान्त कुमारीको सुसारे नाइके खाल्को जगाको बाली मोही मैत्रयमुनी र सन्तुवनले बुजाएन पक्राउ गर्दा मोही रुद्रप्रसादले जमानी भै कागज समेत गरी दीएको छ बाली भराई जगा खुस गर्न पाउ भंने जुजुमानको बादी रहेछ।

जमानी भै कागज गरी दिएको होइन झुक्याई गरायको कागज हो भंने रुद्रप्रसाद र स्व. खान्की जगतमान जुजुमानको आधा आधा हकको सेवा वीर्ता जगा हुदा रुद्र प्रसादले नं. १७२ र १७३ को २ कितामा जम्मा जगा ९।।।/।।। मा आधा नीज रुद्र प्रसादले कमाई जुजुमानलाई र आधा हामी २ जनाले कमाई बाली जगतमानलाई बुझाई आएका छौ बाली बाँकी छैन भंने संतुवनको र मैयमुनीको प्रत्येवादी  रहेछ।

स्व सेवा वीर्ता आधा मेरो हक हुदा बाली वुझेको हुं भने पेटबोलीवाट बुझिएको जगतमानको वयान रहेछ।

जगतमान समेतको हक पुग्ने जगामा हक पुग्ने हकदारले उठाई लिएको बाली पाउ भनी बादीले झुट्टा उजुर गरेको ठहराई भक्तपुर अदालतले फैसला गरेकोमा बादीको यकलौटी जगा ठहरछ प्र जगतमानले उठाएको बाली बादी जुजुमानले पाउंछ भनी अपील दोश्राले फैसला गरेको रहेछ।

मेरो समेत आधा हक लाग्ने सेवा वीर्ता भंने जगतमानको अपिल रहेछ।

छलफलमा झिकाई आएको जुजुमानलाई र अपिलाटको वा जगतमानलाई राखी यो मुद्दामा विचार गर्दा श्री ५ सर्कार गुठी लगतबाट दियको लगत उतारमा दुवै जनासंग लगत ली सेवा वीर्तामा दर्ता भयको देखीयको वादीले अपिलमा दिएको अपिलपत्रमा यकै जनाले काम् नभ्याई अरु समेत लगाई काम गरी आएको छु भंने लेखेको देखीएबाट समेत दुवै जनाले आधा आधा पाए झन राम्रोसंग काम चल्ने देखीयको र बादीले यकलौटी हो भंने सवुद पनी दिन नसकेकोले अपिल दोश्राले गल्ती ईन्साफ गरेको र भक्तपुर अदालतले दुवै जनाको ठहरायको मनासीव ठहर्छ तपसिलका कुरामा तपसिल बमोजीं गरी मिसिल फांटमा बुझाई दिनु,

तपसिल

प्र. जगतमानले जुजुमानबाट भरी पाउने ठहरेको कोर्टफी मोरु १६।२५ सोर रुपैञा पचिस पैसा भराई पाउ भनी वादीको जाएजात देखाई डंड सजाएका ३६ नं का म्याद ५ वर्ष भित्र दर्खास्त दिए अैं बमोजींको रीत पुर्याई दस्तुर केही नली भराई दिनु भन्‍ने अदालत तहसिल विगो फाटमा लगत दिनु।

अपिल दोश्रा फाटके ०८।२।२७।३ का फैसला बमोजीं ०९।३।१३।५ मा अदालत तहसिल विगो फांटमा देहाय बमोजीं दिएको लगत काटी दिनु-------------------------

जगतमानले प्रत्येवादी मैत्रैयमुनीसंग असुल गरेको वादीको दावी भनी भराउने गरेको जम्मा मोरु २५८।५७ र कोर्ट फी मोरु १२।९३ समेतको कलम ----------------------१

संतुवनवाट वादी जुजुमानले भरी पाउने ठहरेको वालीको विगो रु १९६।१४ समेतको कलम् यक -----------------------------------------------------------------------१

माथि लेखीय बमोजीं गल्ती इन्साफ गर्ने अपिल दोश्राका देहायका मानीसके हा.का. १५ नं. का अैंले देहाय बमोजीं जरीवाना हुन्छ असुल गर्न लगत दिनु

का.ई बाफल वस्ने हाकीं सु. दामोदर प्रसाद उपाध्या ।५०

का ई ढोकाटोल स्ने अ.ख. निल बहादुर के रु ------ ।२५

ल.पु. पाटन याल्छेटोल बस्ने बी. बद्री नारायण प्रधानके -----।२५

भक्तपपुर अदालतका देहायका ज्वांके अपील दोश्राका फांटका ०८ साल चैत्र २७ गतेका फैसलाले देहाय बमोजीं गर्ने गरेको जरीवाना असुल भए फिर्ता दिनु र नभए लगतकाटी दिनु भनी लगत दिनु ---------------------------------------------------------------------

ना.सु. नारां दासके ------------------------------------------------------।६०

अ.डी. गणेशमान के रु --------------------------------------------------।३०

वि. मुकुंदराज के. रु------------------------------------------------------।१०

 

प्रकाशशम्सेर

न्यायाधीश

 सम्वत् २०१० साल आश्वीं २१ गते रोज ४ सुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563