निर्णय नं. ५१२ - जाल्साजी
अभिलेख दर्ता नं. ५१२।२०१०
रीट नं. २५६/११९५
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
अपिल नम्बर ११९४
मुद्दा : जाल्साजी
वादी अपिलाट पु ६ नं दसमझीया मादी सीबाई बिर्ता बस्ने पं. लक्ष्मीप्रसाद पाध्या१
ऐ. बस्ने रघुनाथ पाध्या १
ऐ बस्ने अनीरुद्र पाध्या १
लक्ष्मीनारान पाध्या १
देवपृया ऊपाध्यानी १
विस्नुमाया ऊपाध्यानी१
रामनाथ पाध्या१
चेवनप्रसाद पाध्या१
बालाकृष्ण पाध्याये स्मेत जना९
विपक्ष प्रतेवादी
ऐ बस्ने होमनाथ पाध्या१
श्रीवीलास पाध्या १
मधुकेसर पाध्या१
पुसपलाल पाध्या१
धनपती पाध्या १
भानुभक्त पाध्या१
जीवप्रसाद पाध्या१ समेत जना ७
ईजलास
श्रीमाननीय न्यायाधिस भगवतीप्रसाद सीं राजपुत बिएससी बि.एल.
फैसला
१९२७ सालमा श्री नारानलाई मोरु. १५००। मा हाम्रा पुर्षा छविलाल श्री हर्क नंदाराम ३ जनाले उंलीं बीर्ता बंधकी दीयेकोले श्री नारानका संतांले २००२ साल संम षायेको र होमनाथ स्मेत ६ जना र हामी स्मेतले प्र. जीवप्रसादको घरमा रुपैञा बुजाउन जांदा थैलीको मुष नमीलेकोले मुष मिलेका वषतमा थैली धरौट राषने छौ भनी ऊजुर गरेकोमा श्री नारानका संतां श्रीप्रसादसंग होमनाथ स्मेत ६ जनाले लीनु खानु गरी मीली यै आषाढ १८ गते मुद्दा कायेलनाम गर्न पाऊ भंने बेहोराको विंतीपत्र दीयेछं जालसाजी गरी हामी स्मेतका जगामा बाधा पार्ने गरी वीतीपत्र दीयेकोले नालेस गर्न आयेका छौं जालसाजी गरी मीली झुट्टा कुराको बिंतीपत्र दीयेमा सजाय गरी विंतीपत्र बदर गरी पाउ भंने स्मेत वेहोराको पं लक्ष्मीप्रसादस्मेत ९ जवांको यौटै फीराद पत्र रहेछ,
हाम्रा पुर्षा स्मेतले श्री नारानलाई उंलींबीर्ता फाछर्या पत्र दीयाकोमा सो जगाको दोहरी छ ऊजुर गरौ भनी पं लक्ष्मीप्रसादले भनेकोले ऊजुर गरेकोमा आषीरमा फाछर्या भयेकै बुझीयाकाले आफू षुसीले बिन्तीपत्र लेषाई कायेतनामा गरी रेषरुप छाडेका हौ जाल्साजी गरेको होइन भंने स्मेत वेहोराको भानुभक्त पुस्पलाल २ जनाको प्रतीउत्रर पत्र रहेछ,
उंलीं वीर्ता छवीलाल स्मेतले श्रीनारानलाई वंधकी दीयेकोमा थैली वुझी नदीदा नालेस दीन भनी अनीरुद्रलाई वारेस गरी दीयेका थीयौं म होमनाथलाई कंरु ३९२७ को झुक्याई वंधकी तमसुक गरायेकोमा जीवप्रसादका नाउँमा नालेस गर्न जांदा जीवप्रसादले तलाई गरायेको कागज मैले भनेको २ थां विंती पत्रमा र सो विंतीपत्र सुने भंने १ ईन्द्र बाहादुर लाई मुद्दाको तारेष बोकने बारेको कागजमा सैछाप गर्छस भने तेरो वास थामी ३९२७ को तंमसुक फीर्ता दिन्छु नत्र तेरो वास ऊठाऊछु भनी डर धाक गरेकाले त्रासबाट तेस्तो कागजमा सैछाप गरी दीयेको हुं लीनु षानु गरी जाल्साजी गरेको होइन भंने स्मेत वेहोराको होमनाथ स्मेत ४ जनाको प्रतीउत्तर पत्र रहेछ,
उंलीं विर्ता बादीको पुर्खाको मात्र येकलौटी हक नभै थैली बुझाई पाउँ भंने मुद्दामा जीकिर गरे बमोजीं सवै भाईको गोश्वारा जगा हुंदा गोश्वारावाट वाजे श्रीनारानलाई फाछर्ये गरी दीयेको हो होमनाथ स्मेतलाई मीलाई जाल्साजी विंती पत्र हलायेको होइन लीनु षानु गरेको भये येस दीं यो येती लीनुषानु गरे भनी लेषन सकनु पर्ने नसकेबाट बादी झुट्टा देषीने भंनेस्मेत वेहोराको जीव प्रसादको प्रतीउत्तर पत्र रहेछ।
मुष्ये सो जगा जीव प्रसादको मात्र नभै गोश्वारा गरी खाने श्रीनारानका संतां धेरै देषीयेका र अरु स्मेतले लीनु दीनु गरी जाल्साजी गरे भंने वादीहरुको ऊजुरी नभयेको अरु स्मेतको हक लाग्ने कुरामा प्र. जीवप्रसादले मात्र प्रतेवादीहरुलाई दी जाल्साजी गरायेको रहेछ भंन नहुने हुदा वादीहरुले झुट्टै ऊजुर गरेको ठहर्छ भनी २००४।१२।१२।४ मा सुरु पुर्व ६ नम्बर अदालतवाट फैसला गरेको रहेछ,
सुरु पुर्व ६ नम्बर अदालतले छीनेकोमा चीत्त वुझेन भंने वादी लक्ष्मी प्रसाद स्मेत ९ जनाको प्रधान न्यायालयमा अपिल परेकोमा इंसाफ सुरुको मनासीब भनी धंकुटा अपिलबाट २००६।३।८।३ मा फैसला गरेको रहेछ
सो धंकुटा अपिलले छीनेकोमा चीत्त बुझेन भंने वादी लक्ष्मीप्रसादस्मेत ९ जनाको प्रधान न्यायालयमा अपिल परेको रहेछ,
पं लक्ष्मीप्रसादको धरौटी अपिल र रघुनाथ रामनाथ बालकृष्ण देवपृया चेवंप्रसाद अनीरुद्र बाहेक अरु अपिलाटको अपिल अघि नै डिसमिस भै सकेको र चेवन प्रसादले २००९।१०।८ को पाचौ पटक पारी र अनीरुद्रले ८।१२।२५।१ को चौथो पटकको जनाउको म्याद गुजारी तारेष छाडी बसेको हुंदा निजहरुको अपिलको हकमा अ.वं. २२६ नं. ले डिसमिस गरी दीने र अरु रघुनाथ रामनाथ बालाकृष्ण देवपृया स्मेत ४ जनाको वारेस र लक्ष्मीप्रसादको धरौटी अपिल हुंदा निजहरुको हकमा ईंसाफ गर्न परी निजहरुको वारेस त्रैलोक्यनाथ प्रमाणको सकल कागज ली आउनु भनी झीकायेको प्रतेवादी जीवप्रसादको वा भक्तलाल स्मेतलाई छलफलमा राखी यो मुद्दा निर्णय गर्दा जाल्साजी गरेको पका सबुद वादीहरुले केही गुजार्न नसकेकोले ईसाफ सुरुको सदर गरी छीनेको धनकुटा अपीलको इंसाफ मुनासीव छ अपील गरे वापत देहायेका मानीसलाई देहाये बमोजीं गरी मीसील मीसील फाटमा बुझाई दीनु,
पुर्व ६ नं. दस मझीया मादी सीवाई वीर्ता बस्ने पं लक्ष्मी प्रसाद पाध्याके सुरु डंड मोरु २।२२ के दोश्रा अपिल हुदा हा.का. १० नं ले सैक्रा ५ ले मोरु ।१२ बारह पैसा थप डंड हुन्छ निजले तारेषमा बस्न नपर्ने गरी २००६।७।१०।६ मा धरौट मोरु ।१२ पैसा धंकुटा अदालतमा दाषेल गरेको देषीदा सो धरौटी सदर स्याहा गर्नु भनी धंकुटा अदालतलाई पुर्जी गर्नु लगत दीने --------------------------------------१
देहायेका मानीसहरुके सुरु डंड देहाये बमोजीं भयकोमा दोश्रा अपिल हुंदा हा.का. १० नं ले सैक्रा ५ ले देहाये बमोजीं थप डंड हुन्छ वारेस भै वेरुजु हुंदा असुल गर्न लगत दीने -------------------------------------------------------------------------२
पुर्व ६ नं. दस मझीया मादी सीवाई वीर्ता वस्ने रघुनाथ पाध्याके सुरु डंड मोरु २।२२ को सैक्रा ५ ले मोरु -------------------------------------------------------।१२
ऐ.ऐ वस्ने रामनाथ पाध्याके सुरु डंड मोरु २।२२ को सैक्रा ५ ले मोरु -----।१२
ऐ.ऐ वस्ने बालाकृष्ण पाध्याके सरु डंड मोरु २।२३ को सैक्रा ५ ले मोरु-----।१२
ऐ.ऐ. वस्ने देवपृया पाध्यानीके सुरु डंड मोरु १।११को सैक्रा ५ ले मोरु ------।६
देहायेका मानीसहरुके अपिल गरी तारेष छाडी मुद्दा डीसमीस गराये वापत ईसाफ सदर भयेमा जनही २।२२ का दर्ले सुरु डंड भयेकाले हा.का. १० नं. ले सैक्रा ५ ले मोरु ।१२ का दर्ले थप डंड हुनेमा डिसमीस हुदा अ.वं २२८ नं. ले सैक्रा ५ ले मोरु ।१ एक पैसाका दर्ले डंड हुन्छ बेरुजु हुंदा असुल गर्ने ------------------------------३
पुर्व ६ नं दस मझीया वादी सीवाई वस्ने अनीरुद्र पाध्याके मोरु ---------------।१
ऐ.ऐ वस्ने चेवं प्रसाद पाध्याके मोरु.------------------------------------------।१
भगवतीप्रसाद सिंह
न्यायाधीश
ईति सम्वत् २०१० साल आश्वीं २१ गते रोज ४ सुभं।