• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५१३ - थैली तिरी जगा नीषनाई पाउ

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/२१ १०६

अभिलेख दर्ता नं. ५१३।२०१०

अ. नं. २५७/११९१

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

अ.न. ११९१


 


वादी अपिलाट

पु ६ नं मादी सीमाइ बिर्ता बस्ने रामनाथ पाध्या १

ऐ. बस्ने लक्ष्मीनारां पाध्या१

ऐ. बस्ने रघुनाथ पाध्या१

ऐ. बस्ने लक्ष्मीप्रसाद पाध्या-१

ऐ बस्ने बालाकृष्ण पाध्या१

ऐ बस्ने रुद्रप्रसाद पाध्या१

ऐ बस्ने धनपति पाध्या१

ऐ बस्ने अनीरुद्र पाध्या१

ऐ बस्ने देवपृया पाध्या१

ऐ बस्ने विष्णुमाया पाध्या१

ऐ बस्ने चेवनप्रसाद पाध्या१

ऐ बस्ने भानुभक्त पाध्या१

ऐ बस्ने बीलास पाध्या१

ऐ बस्ने होमनाथ पाध्या१

ऐ बस्ने पुण्यलाल पाध्या१

ऐ बस्ने मधुकेसर  पाध्या -१ समेत ज्वां१६

प्रत्यवादी विपक्ष

पु.६ नं दसमझीया मादी सीमाइ बिर्ता बस्ने रुद्रप्रसाद पाध्या१

ऐ. बस्ने मु.श्रीप्रसाद पाध्या१

ऐ बस्ने भद्रसेषर पाध्या१

ऐ. बस्ने जीवप्रसाद पाध्या१ समेत ज्वां ४

 

 

 

 

 

 

 

 

 

 

 

 

    

 

 

 

 

 

 


मुद्दा थैली तिरी जगा नीषनाई पाउ

इजलास

श्रीमाननीय न्यायाधीस भगवतीप्रसाद सिंह बीएस्सी बी.एल.   

फैश्र्ला

यस्मा अघी हाम्रा पुर्खा कुलानंद पाध्याले सर्कारमा कर कोसेली चढाई भेटघाट ली बक्सेको उम्लीङ विर्ता कुलानंदका संतांको मात्र यकलौटी विर्तामा अघी झगडा प्रदा श्रीनारांलाई वारेस गरी षर्च पठाउने गरेकोमा नपुगमा श्री नारांले १५००। साहु स्मेत गरी १९१४ देखि २७ सालतक राइहरुसंग लडंत गरी जीतापत्र ली घर आयपछी कुलानंदका संतां छवीलाल श्रीहर्क नंदरामहरुले नीज श्री नारांवाट सोही उम्लीङ विर्ता सो साहु काट गरेका रु १५००।– मा भोगबंधकी ली समयका चलं बमोजीं श्रीनारांका छोरा श्रीबिलासका हस्ता अक्षेरले सारी नक्कल भंने कीनारामा लेखीदीयेको  तिर्न नसक्दा १९२८ देखी २००२ सालसम्म श्री नारां र नीजका छोरा नातीले भोग गरेको हाल यही माघ ६ गते अंयायवालाहरु काहा गै हामि छवीलाल श्रीहर्क नंदरामका संतांले थैली वुझी देउ भंदा थैली बढी छ भंने र तमसुक देषाउ भंदा लाखेलाषे गरी आयका छं थैलीमा मुष नमीलेकोले नीजहरुवाट तमसुक दाखेल भयपछी ठहरे बमोजींको रुपया दाखेल गर्ने छौं वंधकी थैली बुझाउन लगाई पाउ भंने स्मेत वेहोराको रामनाथ स्मेत १६ ज्वांको बादी।

मोरु १५००। मा भोग वंधकी दीयको हैन फाछर्या बमोजीं भोग गरेका हुंन कायेलनामाको सट्टा विंती पत्र दीयेका छौं हामी वंधकीको सवुद केही दीन सक्तैनौ आज उप्रान्त वारेस अनीरुद्रले गरेको कुनै काम हाम्रो म्जुर छैन उम्लीङ विर्ता श्रीनारांको मात्र यकलौटी हो भंने स्मेत वेहोराको पुण्यलाल श्री वीलास भानुभक्त, धनपती, होमनाथ, मधुकेसरस्मेत ६ ज्वांको विंतीपत्र र सो विंती पत्र हामीहरुले दीयेको ठीक हो भंने मधुकेसर स्मेतको कागज।

सो उम्लीङ विर्ता वादीहरुको पुर्खा हाम्रो पुर्खा स्मेतको सगोलको मुष्ये पुर्खा महीपतीले आर्जेको खला हो पछी १९१४ साल्मा मुद्दा प्रदा झगडामा षर्च लागेको रु १५०१ मा सवै भाईले मेरा जीजु श्रीनारांलाई २७ साल्माघ बदी १ रोज ७ मा फार्छ्या गरी दी सो २७ सालदेखी फाछर्या जानी श्रीनारांका छोरा नाती पनातीहरुले आयस्ता वंडा गरी षायका छौ बादी लेषाई बमोजीं वंधकी हैन २७ सालको फाछर्या बाहाल राखी जगा सदर गरी पाउ भंनेस्मेत वेहोराको रुद्र प्रसाद पाध्याको प्रत्यउत्तर।

सो उम्लीङ विर्ता वंधकी छैन अघी साजा भै शुभाका राजीनामाबाट हामी श्री नारांका संतांहरुको माझ यकलौटी हक भयको विर्ता हो भंने स्मेत वेहोराको मु. श्री प्रसादको प्रत्यवादी,

सो वादी दावीको उम्लीङ विर्ता २७ साल्का फाछर्यावाट हामिस्मेत श्रीनारांका संतांको मात्र यकलौटी हक भयको जगाबाट वंधकी भनी झुट्टा उजुर गरेको हो भंने स्मेत वेहोराको जीवप्रसाद चन्द्र शेषरको प्रत्यवादी।

सो वादी दावीको उम्लीङ विर्ता  अघी साजा भै पछी झगडा परी जीती झगडामा लागेको खर्चमा हाम्रो पुर्खा श्री नांराले फाछर्या गरी ली हामी श्री नारांका संतांको मात्र एकलौटी हुन आयको हामीहरुको यकलौटी विर्ता हो वादी लेख बमोजीं बादीहरुको विर्ता वंधकीमा षायेको लिषत दीनु पर्नेल स्मेत कौनै कुरा हैन भंने समेत वेहोराको प्रत्यवादीका पेटवोलीवाट बुझीयको श्रीनारांका संतां भनेका टीकादत्त नारांप्रसाद, दीनानाथ, रामप्रसाद, गायेत्री प्रसाद, चुडामणी स्मेतको पृथक पृथक वयां

बादी पुण्यलाल श्री वीलास भानुभक्त धनपती होमनाथ मधुकेषर स्मेत ६ ज्वांनको प्रत्येवादी नपर्दै प्रत्यवादीहरुलाई सावीत गराउन सक्दीन भनी कागज गरी दीयेकाले नीजहरु ६ ज्वानका हकमा इन्साफको केही वीचार गरी रहन नपर्ने अरु तारेखमा रहनेका हकमा १९१९ साल्मा श्री नारां कै नाउमा सनद भयको झारा छलही रकं तीरी उम्लीङको विर्तावाल श्रीनारांवाट वुझेको भंने १९।२२।२३।२६।२९।२७ को रसीदबाट देखीयको १४ सालदेखी झगडा परी २७ साल्मा जीतापत्र हुदा पनी सनद लालमोहर श्रीनारांकै नाउ भयको वादीहरुले यकलौटी पायेको सनद लालमोहर दाषेल गर्न नसकेकोस्मेतवाट सो उम्लीङ विर्ता वादी प्रत्यवादीहरुको गोश्र्वारा विर्ता रहेछ भंने सीद्द भयको प्रत्यवादी लेख बमोजीं फाछर्या वंधकी के रहेछ भनी विचार गर्न परी गरेमा  वादीहरुले यकलौटी भनेमा यकलौटी नठहरी गोश्वारा ठहरेको ३१ साल्मा तेरीज हुंदा श्री नारांको स्मेत भाग उम्लीङ विर्ता भंने ४५ सालको गादी मुमारक वुझी लीयाको बक्यौता तहसीलवाट दीयको रसीदवाट देखीयको बादीहरुको बाबुहरु व्रह्मलालको अंस भयको फैश्‍लावाट पनी फाछर्या भयकै देखीयको होमनाथ स्मेत ६ जनाले फाछर्या हो भनी विंततीपत्र दी कागज स्मेत गरी दीयेको स्मेतबाट फाछर्या सदर गराई दर्ता भोग कायं गरी श्रीनारांका संतां प्रत्येवादीहरुले यकलौटी चलं गरी आयेको उम्लीङ विर्ता जगालाई वंधकी दीयको थैली बुझेन भनी वादीहरुले झुट्टा उजुर गरेको ठहर्छ भनी सुरु धकुटा अपिलबाट २००४।११।११।३ मा फैसला भयको रहेछ।

धनकुटा अपिलको इन्साफमा चित्त वुझेन भंने स्मेत वेहोराको लछ्मी नारां वीश्नुमाया देवपृया रुद्र प्रसाद रामनाथ वालाकृष्ण, लक्ष्मीप्रसाद अनीरुद्र रघुनाथस्मेतको र चेवनप्रसाद स्मेतको यौटै अपिल रहेछ।

रघुनाथ बाहेक अपिलाटले धरौटी अपिल गरेकाले रघुनाथको वारेस त्रैलोक्येनाथ र सकल कागजहरु ली आउनु भनी झीकायको प्र.मु. श्रीप्रसाद चन्द्रसेषर छोरा तुल्सीप्रसाद र जीवप्रसादको वा. भक्तीलाल र रुद्र प्रसादको वा वासुदेवस्मेत राखी छलफल गरी इन्साफतर्फ विचार गर्दा वादीहरुको वाबुहरु र व्रहमलालको अं मुद्दामा भयका फैसलावाट पनी फाछर्या भयको देखीयको र ६२˟६६ साल्को नापी मुचुल्का स्मेत जीकाई हेर्दा प्रत्यवादीहरुको वावु बाजे श्रीनारांको विर्ता भंने मुचुल्काबाट स्मेत देखीयकोवाट स्मेत र अरु धकुटा अपिल्का फैश्‍लामा लेखीयका वुंदा प्रमाण परीवंधवाट इन्साफ धनकुटा अपिलको मुनासीव ठहर्छ इन्साफ पारी छींने हाकिं उपर अपील गरेमा तपसीलमा लेखीयका अपिलाटलाई तपसील बमोजीं डंड तोकी लगत तहसीलमा दी धरौटी राखी अपील गर्ने अपिलाटलाई मुद्दा छीनीयको जनाउ दी मीसील मीसील फाटमा बुजाई दीनु।

तपसील

अपिलाट देहायका मानिसहरुके सुरु डंड मोरु ३७।५० को पैलो अपिल हुंदा हा.का. १० नं. ले सैक्रा १० ले मोरु ३।७५ डंड हुन्छ रघुनाथ वाहेक अरु लछमी प्रसाद स्मेत ९ ज्वांले तारेषमा नबस्ने गरी धनकुटा अपिल्मा ०५।२।१०।१ मा ३।३८ धरौट राषेको देखीदा सो धरौट सदर स्याहा गर्नु भनी धकुटा अपीललाई पुर्जी गर्न र रघुनाथको हकमा वारेस हुंदा असुल गर्नु भनी तहसीलमा लगत दीने।

पु.६ नं मझीया मादी सीमाई  विर्ता बस्ने लछ्मी नारां पाध्याके -------।३७।२

ऐ. बस्ने विष्नुमाया उपाध्यानीके सैतीस पैसा दुई दाम ---।३७।२

ऐ. बस्ने देवपृया उपाध्यानीके ऐ.----------।३७।२

ऐ. बस्ने रुद्र प्रसाद पाध्याके ऐ.----------।३७।२

ऐ. बस्ने रामनाथ पाध्याके ऐ.------------।३७।२

ऐ. बस्ने बालाकृष्ण पाध्याके ऐ.----------।३७।२

ऐ. बस्ने पं लछमी प्रसाद पाध्याके ऐ.------।३७।२

ऐ. बस्ने अनीरुद्र पाध्याके ऐ--।३७।२

ऐ. बस्ने च्यवंप्रसाद पाध्याके.------------।३७।२

ऐ. बस्ने रघुनाथ पाध्याके ---।३७।२

 

 

भगवतीप्रसाद सिंह

न्यायाधीश

इती संवत २०१० साल आश्र्वीं २१ गते रोज ४ सुभं।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563