निर्णय नं. ९ - बाली लुटपिट
अभिलेख दर्ता नं.९/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.३/८७२
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अ.नं.८७२
अपीलाट : वासुदेव लामीछाने राज्ये दाङ मौजे ऊम्रीगाऊँ
विपक्ष : सालीकराम अचार्ज दाङ बिर्ता टिक्रालह लौरास्मेत
मुद्दा : बाली लुटपिट
ईजलास
श्री माननीय न्यायाधीस महेन्द्रबहादुर महत छेत्री
फैसला
येस्मा मिसील झिकाऊदा अंदोलनमा परी पत्ता नलागेको भन्ने ज्वाफ र येस मुद्दामा अपिलाटको वा भिं वहादुरले ०८।१०।२५ गतेको तारेख गुजारेकोले अ.वं.२२६ नं.का अैंले यो ऊजुरी दायर रहन नसकने हुदा डीसमीस गरी दीनु ।
अपीलाट वासुदेव लामीछानेके इन्साफ मनासीव ठहरे हाकीं हाकींका नाऊमा कराऊनेका ११ नं ले मीसील पत्ता नलागे तापनी अपीलाटका अपीलमा लेखेको सुरु पाल्पा अपीलले गरेको दण्डको रु२७९।।। को अपील नपरेको पैला अपील हुदा सयेकडा १० ले कं.रु.२७।।।३।।। दण्ड हुनेमा डीसमिस गरायेवापत अ.वं.२२७ नं.ले तेस्को सये कडा ५ ले कं.रु.१।३ दण्ड हुन्छ अैं वमोजिम लगत दी मीसिल मीसील फाटमा वुझाई दीनु ।
महेन्द्रबहादुर महत
न्यायाधीस
ईति सम्वत् २०१० साल वैसख १४ गते रोज १ सुभं ।