• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५३४ - जगा जालसाज लेंदें

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/१७ ९९

अभिलेख दर्ता नं. ५३४।२०१०

रीट नं. ३६५/३२

नेपाल प्रधान न्यायालय डिबीजन बेंच

दा.नं


अपिलाट् प ४ नं गरौ धान लिङ सुन कर्ने बस्ने नरपति भडारी

विपक्षी ऐ वलां रोहिणीखोला बस्ने दिले मगर

ऐ.ऐ. आमवोट बस्ने अैंवर मश्राङ्गि मगरस्मेत


मुदा जगा जालसाज लेंदें

इजलास

 

श्रीमाननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान एम.ए. बि.एल.

श्रीमाननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय

फैसला

 

     यस्मा मैले ७७ सालमा हर्षबीर बलबीरबाट राजीनामा गरि लीएको मरेडाँडा भन्‍ने पाखुरे विरौटो जगालाई हाल गीदडी खर्क भन्‍ने नाम राखी दिले मगर दिने अैवर मगर लीने कोहि साछी बस्ने गरि दोहोरा लेंदें गरेका र जगामा बाली लगाउन जाँदा हटकस्मेत गरेकोले गरौं चहरिमा नालेस गरेकोमा सो गरौं कचहरिबाट मलाई नराखी नक्सा गरि बेहिसाब गरको र मूदास्मेत हराई दीएकोले झगडीयालाई र गरौं कचहरिका हाकीं नक्सा गर्ने करिंदास्मेतलाई सजाय गरि जगा हक सदर गरिपाऊ भन्‍ने बादि रहेछ।

बादिले ७७ साल्मा राजीनामा गरि लीएको मरेडाडा भन्‍ने जगा र हामीहरुले हाल लेंदें गरेको गिदडी खर्क भन्‍ने जगा बेगला बेगलै भएको र नक्सामा स्मेत बेहिसाब नगरेकोले बादि दाबी झुट्टा हो भन्‍ने गरौं कचहरिका हाकिंस्मेत ६८ जवान प्रतिबादि रहेछन।

यस अडाबाट भएको नक्सा हेर्दा झगडा पाखो भनी जनाएको जगामा केहि खेत र केहि पाखो देखिएको प्रतिवादिको राजीनामा सुध्द पाखो लेखिएको र नक्सामा बादिको भनी प्रतिबादिले देखाएको जगा गरौदी मौजातर्फको र बादीले राजीनामा गरि लीदा वलां मौजाको जगालीई हाल झगडा जनीएको जगा पनी वलां मौजातर्फ देखिएकोस्मेतबाट झगडा परेको जगा बादिको ठहर्छ भनी पाल्पा अदालतले ०५।४।२२।६ मा फैसला गरेको रहेछ।

     गरौं कचहरिबाट गरेको नक्सामा बेहिसाब गरेको सबुद बादिले दिन नसकेकोले गरौं कचहरिबाटै गरेको नक्सा कायें गर्ने जगा तर्फ बादिको मरेडाँडो भनी प्रतिबादिले नक्सामा देखाएको जगालाई मेरो गरांडी मौजाको भुलेडी भन्‍ने जगा हो भनी बादिले भनेकोमा बादीको भुलेडी भन्‍ने जगा नक्सामा अन्तै देखिएकोले झगडा परेको प्रतिबादीको जगालाई  मेरो जगा हो भनी वादिले झुट्टा ऊजुर गरेको ठहर्छ भनी  पाल्पा अपिलले ०५।१२।२२।२ मा फैसला गरेको रहेछ।

     पालपा अपिलको इनसाफ मनासिब ठहराई प्रधान न्यायालय पहिला फाडले ०६।८।७।३ मा फैसला गरेको रहेछ।

इनसाफमा चीत्त बुझेन  मूदा दोहोराई पाऊं भंने बादि नरपतिको विंतिपत्रमा ब्यहोरा साँचो भए यो मूदाको मिसील झिकी हेरि जाहेर गर्नु भन्‍ने ०७।२।१८ मा हुकुंको प्रमांगी भएको रहेछ।

यस्मा झिकाई आएको प्र. अैवरको वारेस गंगाबहादुरले प्रधान न्यायालयबाट लीएको १० साल जेष्ठ २३ गतेको तारेख गुजारेकोले तारेखमा रहेको बादिको वारेस नारायण प्रसादलाई राखी बुझदा ६ हजार गरौं कचहरिबाट भएको नक्सा ऐन सवालको रित नपुगेको र तेस उपर झगडियाको उजुर स्मेत परेबाट पालपा अदालतले गरेको नक्सामा दुबैथर झगडियाले मञ्जुर भै सहिछाप गरेकाले सोही नक्सा कायें मान्‍नु पर्ने। हेरीएमा नक्सामा झगडा जनाएको जगा बादिकै हो भनी धेरै सरजमिंले लेखि दीएका र लिखत पनि बादिकै पहिलेको हुनालेस्मेत हाल झगडा परेको जगा बादिले राजीनामा गरि लीएको मरेडाडो ठहराई पाल्पा अदालतले छिनेको इनसाफ मनासिब छ। गल्ति इनसाफ गरेमा देहाएका अडाका देहाएका मानिसलाई जरिवाना गर्नू पर्दैन । अरु तपसील बमोजिं गरि मिसिल अ.त. मिसिल फाड्मा बुजाई दिनू।

तपसिल

बादि नरपति भँडारिके देहायका अडाले गरेको देहाय बमोजिंको दण्ड देहाएका अडाको इनसाफ उलटि भै नलागने भएको हुनाले असुल भएको भए फिर्ता र नभएको भए व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी अ.त.दे. मा लगत दिनु।

पालपा अपिलका ०५।१२।२२।२का फैस्ला गर्ने गरेको मोरु ।३।१ को कलं-१

प्रधान न्यायालय पहिला फाडका ०६।८।७।३ का फैसलाले गर्ने गरेको मोरु ।१एक पैसाको कलं ------------------------------------------------------------------१

 

देहाएका प्रतिवादीहरुलाई पालपा अदालतका ०५।४।२२ गतेका फैस्लाले देहाए बमोजिं दण्ड गर्ने गरेकोमा पालपा अपिलका ०५।१२।२२।२ का फैस्लाले लिनु नपर्ने भै लगत कट्टा गर्ने गरेकोमा हाल पालपा अदालतको इनसाफ सदर भएकोले देहाए बमोजिंको दण्ड असूल गर्नू भनी अ.त. देवानीमा लगत दिनू-------------------------

गरौं बलां रोहिणी खोला बस्ने दिले मगरके मोरु -----------------------------२५०।

ऐ बस्ने हर्खबीर भंने हर्षराम मगरके मोरु ---------------------------------२५०।

ऐ.इलुंगा बस्ने बालनन्द मगरके मोरु ------------------------------------३१।२५

ऐ बालां भंज्याङ बस्ने गंगाबहादुर नेवारके मोरु -------------------------३१।२५

ऐ मोतिचौर वस्ने नरबहादुर मगरके मोरु --------------------------------३१।२५

ऐ. बलां आमबोट बस्ने अैवर म श्रांगरी मगरके मोरु -------------------३१।२५

 

प्रतिबादिको साछि ऐ वलां बस्ने पूर्णप्रसाद पाध्याके रु --------------------१।

ऐ.ऐ. ऐ गुठि भंज्याङ बस्ने रुपबहादुर नेवारके रु -----------------------१।

बादि नरपति भँडारीके पालपा अदालतका सोहि मितिका फैस्लाले जिताउरि मोरु १। लागेकोमा पालपा अपिलका सोहि मितिका फैस्लाले नलाग्ने भै लगत काटेकोमा हाल लागने भएकाले असुल गर्न ऐ.ऐ-------------------------------------------------

 

पालपा अदालतका देहाएका मानिसके पालपा अपिलका सोहि मितिका फैस्लाले देहाए बमोजिं जरिवाना गर्ने गरेकोमा हाल पाल्पा अदालतको इनसाफ सदर भै नलाग्ने भएकोले लगत कट्टा गर्न ऐ.ऐ--------------------------------------------------------------

डि. सिवप्रसाद पाध्याके मोरु ----------------१।६०

वि. मित्रलाल श्रेष्ठके मोरु--------------------।४०

गल्ति इनसाफ गर्ने देहाएका अडाका देहाएका मानिसके जरिबाना गर्नु पर्दैन ---------

प्रधान न्यायालय पहिला फाड्का देहाएका मानिस हाकिं मे.क बल्लभ शम्शेर जङ्गबहादुर राणा---------------------------------------------------------------------------१

अ. सुव्वा सौन्दर्य केशरी उपाध्या -----------------------------------------------१

बिचारी विश्र्वनाथ उपाध्या ------------------------------------------------------१

 

पाल्पा अपिलका देहाएका मानिस का.मु हाकिं अ.ना.सु.हरिबहादुर श्रेष्ठ ---------१

वि. सिध्दिनाथ लामिछाने ---------------------------------------------------१

 

 

 

भैरवराज पंत                                            हरिप्रसाद

न्यायाधीश                                           प्रधान न्यायाधीश

इती सम्वत् २०१० साल कार्तिक १७ गते रोज २ सुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563