निर्णय नं. ५३५ - अंस दपोट
अभिलेख दर्ता नं. ५३५।२०१०
रीट नं. ३४४/८९६
नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च
ठा. ८९६
ऊजुरवाला वादी जीलै बारा प्रगना तोकती मौजे वीरगंज रेसमकोढी बस्ने मंगली माडवारनी
विपक्ष ऐ.ऐ. बस्ने वीश्वनाथ माडवारी
मुदा अंस दपोट
इजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए. बी.एल
श्रीमाननीय न्यायाधीस महेन्द्रबाहादुर महत क्षत्री
फैसला
यस्मा भतिजा वीश्वनाथसंग अंस मुद्दा परि मैले अंस पाऊने फैसला भयेको निजका छोरी केसरिका नाऊमा सगोलको जगा वीगाहा १२।३।१ दर्ता भयको मध्ये जगा बीगहा १।।४।१ तायदीमा नदेखाई षायेको २००३।५।५ मा था पायेकाले नालेस गर्न आयको छु । दवायेको सो जगा यकलौटी दर्ता चलं चलाई पाउ भन्नेस्मेत बादी रहेछ।
अमृत रायले मसंग कं रु २९९५ कर्जा ली लेखिदिएको जगा कंसल हुदा तेस्को सत्ता नीजको सगोलको भतिजा रायनन्दबाट सो थैलीको ब्याजस्मेत रु ३३०१ मा जगतपुरको जगा वीगाहा १०।।३।।। सगोलको धंबाट छोरी केसरिका नाउबाट ली दर्ता गरायेकोले तायदाती दी वंडा गरी दीयको छ बादीले दावी गरेका जगा वीगाहा १।।४।३ मानो छुटियपछी छोरी केसरीले पायको पर्व पर्वको दक्षीणास्मेतका पेवाबाट ९७।४।२ मा खारिद गरी लीयेकोले बंडा दीनु नपर्ने हुदा तायादातीमा नचडायेको हो मानो छुटेपछी छोरीले आर्जेको हुदा झुठा दावीबाट फुर्सद गराई पाऊ भन्नेस्मेत प्रतेबादी रहेछ।
सगोलको धंबाट खरिद भयको जगतपुरको जगा वीगा १०।।३।।। अंस भयको छ ९०
सालमा माना छुटियपछी मेरा पेवाबाट ९७।४।२ मा खरिद गरेका जगा वीगाहा १।।४।१ हुदा अंसमा पर्ने हैन भंनेस्मेत केसरी माडवारीनीको वयां रहेछ।
छोरी केसरीका नाउको जगा वीगाहा १०।।४।तायादाती दीयकाले १।।४।१ जगा प्रतेवादीले दबाई षाने मुराद गरेको नदेषीने रजीष्टेसं पास गरी दर्ता तीरो भयको जगा दवायको भंन नभयकाले प्रतेवादी लेखाई बमोजिं छोरीको पेवा रुपैञाले खरिद गरेको ठहर्छ भनी बीरगंज अमिनीले ०४।२।१७ मा फैसला गरेको रहेछ।
बिबाह नभयको छोरीको दाइजो पेवा हुनैनसक्ने दक्षीणाबाट लीयको भनी लीखतमा जनीयको र तेसकुराको सबुद दीन नसकेको कीसोरीका नाऊका जगा बीगाहा १२।३।१। मध्ये मंगलीका नाऊमा आधी जगा बीगाहा ६।४ दर्ता गर्दा चित्त बुझाई बसेकोले सबुद बेगर दक्षीणाबाट लीयेको भंन नहुने हुदा दपोट गरेकै ठहर्छ भनी कडरबना अपिलबाट ०४।८।२९ मा फैसला गरेको रहेछ।
यकै मीतीमा खरिद गरेको जगा १ कलं तायदाती दी यक कलं नदेखायेकाले दपोट गरेको ठहरायेको कडरबना अपिलको ईन्साफ मनासीव भनी २००५।१०।२५ मा प्रधान न्यायालय दोश्रा पाटले फैसला गरेको रहेछ।
दबाऊन खोजेको भये धेरै जगा वीगाहा १०।।३।।। बंडा देखाई जगा वीगाहा १।।४।१ वंडा नगरी बीश्र्वनाथले षान नपर्ने नीजको भनाईबाट दाईजो पेवा देखिने हुदा ईन्साफ वीरगंज अमीनीको मनासीव गरी ०७।१।३।३ मा खड्ग नीसाना फैसला भयको रहेछ।
बादी मंगली माडवारनीले दीयका बीन्ती पत्रमा भयका आदेस बमोजिं दायर भयको यो मुदा ऊजुरवालाको वारेस नारानप्रसाद र झीकाई आयको वीश्र्वनाथको वारेस लोकबाहादुर लाई राषी बुझदा।
कंरु २९९५ अमृत रायलाई दी भोग बंधकी लीयको जगा कंसल हुदा ब्याज स्मेत रु ३०१ मा जगा वीगाहा १०।।३।।। राजीनामा गराई लीयको भंने प्रतेबादी वीश्र्वनाथको जीकीर भयकोमा सो बमोजिं सावा ब्याज हुने नभै सावा ब्याज गरी जम्मा यस प्रमाणबाट यति रुपैञा हुने हुदा केसरीका नाऊको सो जगा वीगाहा १।।४।१ पनी सगोलको धंबाट लीयको भंन र सो वाहेकको भये यो यस्तो सगोलको धंबाट लीयको भंन्न सबुद प्रमाण दिन गुजार्न सकनु पर्ने नसकेकोले मानो छुटि सकेपछी यौटा आसामीसंगको वाकीमा र बेपार मीलाई हीसाब छीनी लीनु दीनु गरेको दींमा लीयको सबै जगा जमीं सगोलकै धंबाट लीयको सबुद बेगर सगोलकै भंन मनासीब नपर्नाले खड्गनीसा भै छीनीयको मनासीबै छ दोहरायमा ऊजुरवाला मंगली मडवानीके सुरु डंड कंरु १३ को हाकींका नाऊमा कराऊनेका ११ नंर ले सैक्रा १० ले कंरु १।६।।।१ यक रुपैञा चार आना तीं पैसा यक दां डंड हुन्छ वारेस हुदा असुल गर्न अदालत तहसीलमा लगत दीने।
महेन्द्र बहादुर हरिप्रसाद
न्यायाधीश प्रधान न्यायाधीस
ईती सम्वत् २०१० साल कार्तीक १८ गते रोज ३ शुभम्