निर्णय नं. ५३६ - लीषत पास
अभिलेख दर्ता नं. ५३६।२०१०
रीट नं.२२२/८०८
नेपाल प्रधान न्यायालय डीभीजन बेञ्च
मुद्दा नं. ८०८
बादी भ.पु. ई ठीमी चपाचोटोल गुजचीमा बस्ने गणेशमाया मानन्धरनीको वा आसामरु मानंधर
प्रतेवादी ल.पु.ई सातदोपाट बस्ने ईन्द्रमाया मानंधर्नी
मुद्दा लीषत पास
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए. बी.एल
श्रीमाननीय न्यायाधीश महेन्द्रबाहादुर महत
फैसला
येसमा बाबु वुध्दीमानको बीधवा बुहारी अन्याये बाली छता पनी अंस वंडा भै भीन्न बस्न गयेकी तीनस्मेत कसैले बावुलाई हेर बीचार नगरेकाले मेरा लोग्नेको घर छाडी बावुकहाँ आई बसी रहल चाकरी गरेकोमा सो रीझ बापत नीज बावुको ४।७।२९।६ मा शेष पछीको बकसपत्र गरी दी सो बक्सपत्र पास हुन नपाउदै ४।११।२१ गते नीज बावु परलोक भयेकोले अन्यायेवाली लाई पास गरीदेए भन्दा गरी नदीयेकीले पास गरी पाउ भंने गणेशमायाको बादी रहेछ
लोग्ने बुध्दीबहादुर अंस वंडा भै भीन्न बसेका होईनन साँचो कुरा के भने लोग्ने बुध्दीबहादुर वेपार नीमीत्त बाबु बुध्दीमान सँग अंसवंडा केही नगरी ल.पु. सात दोपाटमा आई भट्टी पसल थापी बेपार गरी बसेतापनी बराबर घरमा आउने जाने र परी आयेको कामस्मेत गरी बाबुलाई हेरवीचार गरी आयेकोमा नीज लोग्ने मरेपछी काज कृया ससुराले नै गरेका र नीज ससुरा मरेपछी सौतेनी छोरा सुर्जे बहादुरले काजकृया गरेको बादीलाई ससुराले शेषपछीको बकसपत्र गरी दीयेको भये हामी अंसीयारको मंजुरी हुन पर्ने सो नभयेकालेस्मेत बादी झुट्टा हो भन्ने स्मेत बेहोराको ईन्द्रमायाको प्रतीउत्तर रहेछ।
बादीले प्रतेवादीलाई अघी नै छुट्टीयेको भनी लेषेता पनी बुध्दीमानले नीज बादीलाई लेषी दीयेको बक्सपत्रमा सो बोली नभै हकवालास्मेतले हेरवीचार नगरेको भन्ने बोली लेषी राषेको मेरा हकको घरषेत श्री सम्पती गुठी गाना दीयो कुचो स्मेत अष्टलोहट जम्मै भन्ने लेषेकोबाट पनी बबुध्दीमानले पनी भयेको कुरा लेषाई लीयेको रहेछ भंन नहुने साचो कुरा भये छोरासंग भीन्न भयेको र नाती भयेकोस्मेत गुम गरी ठाडै तेसरी लेषीदीन नपर्ने हकदार प्रतेबादी र नाती सुर्जे बहादुरस्मेत साछी राषनु पर्ने सो नभयेकालेस्मेत बादी र साछीहरु भै जालसाजबाट षडा गरेको लीषत पास गरी पाउ भनी बादीले झुट्टै उजुर गरेको ठहर्छ भन्ने ०६।९।६ को भ.पु. अदालतको हाकीं असीषेन्टको फैसला रहेछ।
बुध्दीमान र प्रतेबादी भीन्न भयेको कुरा २०००।६।१ का ईन्द्रमायाले श्यामकृष्णलाई गरी दीयेको पास भयेको बकसपत्रबाट देषीयेकाले अब सगोलको भन्ने प्र जीकीर मनासीब नदेषीने प्र.का भनाईले मात्र जालसाज भंन नहुने बुध्दीमानका षुसीराजीबाट बक्सपत्र भयेको भंनु पर्ने हुँदा बादीले जम्मै । सम्पती खान पाउछेकी भंनलाई बुध्दीमानको खास नाती नावालक सुर्जेबहादुरले अंस पायेको पक्का सबुद दीन नसकेकाले बुध्दीमानको भाग आधी बादीले र बाँकी आधी भाग नाबालक सुरजे बहादुरले षान पाउछ लीषत जालसाँजी ठहर्दैन भंने ०६।९।६ को बीचारी कृष्णरमणको राय पर्चा रहेछ।
अंसवंडाका ३८ नं ले आफना हकजती आफू षुसी गर्न पाउने हुनाले बुध्दीमानको भाग बादीले पाउने गरेको ईन्साफ भ.पु. अ.का बी कृष्णरमणको मनासीब छ भन्ने ७।६।२२ को अपील दोश्रा फाटको फैसला रहेछ।
बादी बुध्दीमानकै घरमा बसेको भन्ने कुरा प्र लेषाइबाट देषीयेकाले नीजले बुध्दीमानलाई हेरबवीचार गरीन होला भंन नहुने हुनाले ईन्साफ अपील दोश्राको मनासीब छ भंने ७।१२।३० को प्र न्या पैला फाटको फैसला रहेछ।
प्र. इन्द्रमायाले श्यामकृष्णलाई बकसपत्र गरीदीदा ससुरा संग लोग्ने अघीनै छुट्टीयेको भनी पास गरी दीयेको प्रमाण छँदाछँदै अघीमात्र पाउने गरी दीयेकाले चित्त बुझेन ईन्साफ जाँची पाउ भंने गणेशमायाको बींती पत्रमा मीसील जीकी ईन्साफ जाँची अैंसवाल बमोजीं गर्नु भन्ने ०८।५।२५ को आदेस रहेछ।
येस्मा आदेस बमोजीं तारेषमा रहेको नाबालक सुर्जेबहादुर र उजुरवाला गणेशमायाको बारेस आसामरु स्मेत राषी पेस हुन आयेको वुझदा प्र. इन्द्रमाया बुध्दीमानकै बुहारी भन्ने र ससुरा बुध्दीमानसँग अघी नै छुट्टीई ल.पु. सात दोपाटमा बसेकी भन्ने बुरा बादी लेषबाट देषीयेता पनी नीजहरुको बंडा भयेको सबुद केही नआयेकोले बुध्दीमानको भाग आधी नाबालक सुर्जेबहादुरले पाउन्न भंन मनासीब नपर्नाले ईन्साफ प्र. न्या. पैला फाटले गरेको मनासीब छ। इन्साफ दोहर्यायेमा बादी गणेशमायाके सुरु कोर्ट फी मोरु ५। को हाकींका नाउमा कराउनेका ११ नं. बमोजीं सैक्रा १० ले मोरु ।५० थप डंड हुनेमा स्वास्नी मानीस हुदा द.स.का २ नं. ले तेस्को आधी मोरु ।२५ थप डंड हुन्छ वारेस हुदा अैं बमोजीं असुल गर्न तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु
महेन्द्र बहादुर हरि प्रसाद
न्यायाधीश प्रधान न्यायाधीश
ईती संवत २०१० साल कार्तीक १८ गते रोज ३ सुभम