निर्णय नं. ५३८ - जगा
अभिलेख दर्ता नं. ५३८।२०१०
रीट नं.१३९/८६५
नेपाल न्यायालय डीभीजं बेञ्च
ठा.नं.८६५
मुद्दा जगा
जी. स. प्र बीहार मौजे महनौर बस्ने जुडी खा थारु
बीपक्ष ऐ.ऐ. बस्ने बधाई खा ऐ.स्मेत
ईजलास
श्रीमाननीय प्रधान न्यायाधिश हरिप्रसाद प्रधान एम.ए बिएल.
श्रीमाननीय न्यायाधिश भैरवराज पन्त ऊपाध्या
फैसला
येस्मा मौजे मनहौरको नं. ३६४+३६५ को जगा बीगाहा ।।१ऽ१ नापी गर्दा बाङगो टेडो गरी नापी नं. ऽ२।१ स्मेतको जगा नरवेसी मेरो नाऊमा दर्ता गर्न पर्नेमा प्रतेवादीका नाऊमा हाल अवादीमा नापी गरी दीयेकोले २००२ सालका मीलापत्र र ०४ सालका फैसला बमोजीं मेरो पाको भै सकेको जगा मेरा नाऊमा दर्ता कायें गरी पाऊ भंनेस्मेत जुडीखा थारुको मौका कागज बयां रहेछ।
स्व दाबीको ३६४+३६५ नं को जगा बादीका नाऊमा दर्ता भएको छ तेस्मा मीलापत्रबाट बड्जती मेरा नाऊमा दर्ता गर्नु पर्ने बादीले आफनै नाऊबाट नपायेकोले मेरा नाऊमा दर्ता गरी पाऊ भनी नापीमा द्रषास्त गरेको छु नं ३४६ को जगाबाट मीलापत्रबाट ऽ२।१ बादीले पाऊने भया पनी म्याद भीत्र दाषील दर्ता गराई नलीयेको मालपोत मैले बुझाई भोग गरेकोले बादी दावी झुट्टा भंने बधाई र सोही मीलानको हरीदेवलालको प्रतेबादी वयां रहेछ,
बुझीयेसम्मका प्रमाणबाट जगा बादीकै नाऊमा दर्ता भयेकोले हाल अवादीमा दर्ता गरे भंने बादीले झुट्टा उजुर गरेको ठहराई सीराहा अमीनीलेले ०१।२।१ गते पैसला गरेको रहेछ,
सीराहा अमीनीले गरेको ईन्साफमा चित्त बुझेन भंने वादी जुडी खा प्रतेबादी बधाई खाको सपतरी अपीलमा अपील परेको रहेछ,
वादीका नाऊमा दर्ता भयेको नं. ३६४+३६५ नं को जगा बीगाहा ।।१ऽ।।।३ मध्ये मीलापत्रबाट पाऊने ।।१ऽ१ कट्टा गरी बांकी रहेको जगा बीगाहा ऽ।।।२ प्रतेबादीका नाऊमा दर्ता गरी दीने ३४६ नं को जगा तर्फ म्याद भीत्र दाखील खारेज गरी लीन नसकेको र नापीमा जगा बुनीलालका नाऊमा द्रता भयेको तेस्मा हक पुगने भया नालेस परेका बषत ठहरे बमोजीं हुने हुदा षारेज गरी दीने ठहराई सपतरी अपीलले ०८।१।१६ गते फैसला गरेको रहेछ,
स्व ईनसाफमा चित्त बुझेन मीलापत्रबाट र फैसलाबाट मेरो हक भयाको जगास्मेत नपाउने गरे भंने स्मेत बादीको अपील परेको रहेछ,
नं. ३६४+३६५ को जगाबाट मीलापत्रबाट बदीले पाऊने जगा बीगाहा ।।१ऽ।।।३ मध्ये ।।१ऽ१ दी अरु बाकी जगा बीगाहा ऽ।।।२ प्रतेबादीका नाऊमा द्रर्ता गरी दीने ठहरायेको सपतरी अपीलको ईनसाफ मुनासीब नं ३४६ को जगा तर्फ षारेज गरेकोमा द्रर्तावाला बुनीलाल भंने प्रतेवादीको बाबु र नीज मरी सकेको नं. ३४६ को जगा मध्ये बादी जुडीषालाई जगा बीगाहा ऽ२।१ अरु बाकी रामगुलाम दासलाई दीने लीने गरी ०२।३।२९ गते मीलापत्र भयेको स्व मीलापत्रबाट नापीमा बडेको बादीले नपाऊने हुदा बादी जुडी खा नं ३६४+ ३६५ नं को जगाबाट लगत काटी प्र बधाइ षा का नाऊमा जगा बीगाहा ऽ।।।२ द्रर्ता गरी दीनु भंने र प्र. का नाऊको नं. ३४६ का जगाबाट लगत काटी बादी जुडीका नाऊमा जगा बीगाहा ऽ२।१ दाषेल द्रर्ता गर्ने र राम गुलामका नाऊमा ऽ।२ द्रर्ता गर्नस्मेत जो चाहीने पुर्जी गर्ने भनी माललाई पुर्जी गर्न अपीलमा पठाई दीने ठहराई प्रधान न्यायालय तेश्राबाट ०९।२।२८ गते फैसला गरेको रहेछ,
स्व ईनसाफमा चीत्त बुझेन ईनसाफ जाची पाऊ भंने बादी जुडीखाका नीवेदन पत्रमा मीसील झीकी ईनसाफ जाचनु भंने श्री माननीय प्रधान न्यायाधीशको ०९।३।२५ गतेको आदेस रहेछ,
तारेषमा रहेका बादी जुडीषालाई छलफलमा राखी पेस हुन आयेको बुझदा मीसील सामेल रहेको ०२।३।२१ गतेको मीलापत्रबाट बादीले पाऊने जगा जती प्रधान न्यायालय तेश्राका फैसलाबाट दीलाई दीयेको देषीनाले स्व देषी बडी पाऊ भंने बादीको जीकीर मुनासीब नदेषीनाले ईन्साफ प्रधान न्यायालय तेश्राको मुनासीव ठहर्छ मुद्दा दायरमा हा.का. ११ नम्बरका अैंले सुरु डंड २ को दसौद कं रु ....।। बादी जुडी खालाई डंड हुन्छ रुजु हुदा ली तहसीलमा लगत दि प्रधान न्यायालय तेश्रा पाटका फैसला बमोजीं गर्न गर्न लाऊन मीसील सपतरी अपीलमा पठाऊन मीसील मीसील फाट्मा बुझाई दिनु।
भैरवराज पंत हरि प्रसाद
न्यायाधीश प्रधान न्यायाधीस
ईती सम्वत २०१० साल् कार्तीक् १९ गते रोज ४ सुभं