निर्णय नं. ५४० - जगा हाल अवादी
अभिलेख दर्ता नं. ५४०।२०१०
रीट नं.२२९/७२९
नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च
ठा.नं.७३९
ऊजुरवाला बादी जीलै रौटहत प्रगंना झाझ दखिं मौजे बदहर्वा बस्ने सीपासीं रजपुत
विपक्ष प्रतेबादी
जिल्लै रौटहट प्रगंना झाझ दक्षीं मौजे बदहर्वा बस्ने सुकदेवसीं रजपुत।
ऐ.ऐ बस्ने नैनशङ्कर ऊपाध्या।
ऐ.ऐ. बस्ने सीताराम कानु।
ऐ.ऐ मौजे वसन्तपुर बस्ने दुर्गादत्त मीश्र।
ऐ मौजे पर्सा भगवानपुर चंगहा बस्ने हरिनारायण कायष्ट।
मुदा जगा हाल अवादी
ईजलास
श्रीमाननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए वी.एल
श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षत्री
फैसला
यस्मा जीलै रौटहट प्रगंना झाझ दक्षीं मौजे जेहठी औलका रघु साह रमनसीं से उत्तर गोपाल धावी से पुर्व जदुसिं सो दक्षीण रमण सीं सो पश्चीको जगा बीगाहा २ऽ२ र दषिं साध जोरीयको जबदि जगा वीगाहा ।।।३ स्मेत जम्मा जगा बीगाहा ३ मेरा जेठा बाबु हीतलालसींका नाऊमा दर्ता भयको ६८ साल देखि नदि काठ बालबुर्जा हुदै गै मीन्हा भयको जेठा बाबु परलोक भै मेरो हक हुन आयकोले २००१ साल्मा गोडा सकार गराई पाऊ भनी बीरगंज गोश्वारामा दर्खास्त दीयकोमा केही कारवाई नभयको २००५ सालमा सुबदेब सीं स्मेतका नाऊमा दर्ता गरी दीयको बुझीयको वेहोराबाट दर्ता गरी दीय था छैन पटकपटक द्रखास्त बीन्तीपत्र दीयको बुझी सो जगा मेरा नाउँमा दर्ता गरी पाउ भंन्यस्मेत सिपासींको द्रखास्त बयां रहेछ।
अैलानी जगा ६८ साल्मा हाल अबादीमा दर्ता गरी भोग गरी आयका ४˟५ वर्ष पछी नदी हुदा मीन्हा लीयको २००२ साल्मा ऊकास हुदा ४ कील्ला भीत्रको जगा कठा ऽ४।।। दर्ता गरी तीरो भोग गरेको छु सो जगा हीतमानसींका नाऊमा दर्ता थीयो थीयन था छैन भंन्यास्मेत नैनसंखरको वयां रहेछ।
अघी कस्को नाउमा दर्ता थीयो था छैन ६८ साल्मा दलसीं सो पुर्वस्मेत ४ कीला भीत्रको जगा कठा ऽ४।।।४ भैरबप्रसादले दर्ता गरी भोग गरेको नदीकाट भै मीना लीयको २००२ साल्मा ऊकास हुदा साबीक रैतीले सकार नगरेकाले सो जगास्मेत गरी ।१।२ सकार गरी तिरो भोग गरेको छु बादीको जेठा बाबुको नम्बरी जगा भय नभयको ठहर छैन भंन्येस्मेत सुकदेवसीं को वयां रहेछ।
४ कीला भित्रको जगा बीगाहा १ऽ४ अघि गोवरधंका नाऊमा दर्ता भै नीजले भोग गरी आयको नादीकाट नभयकोले मीन्हालीयको ००२ साल्मा उकास हुदा सावीक रैतीले सकार नगर्दा मैले सकार गरी दर्ता तीरो भोग गरी आयको छु भंन्यस्मेत सीताराम सा कानुको वयां रहेछ।
५१ सालको नापीमा मेरा जीवा मथुराका नाऊमा दर्ता भयको ६६ साल्मा बादीका भयको सो सालका नापीमा नीजकै नाऊमा दर्ता भयको नम्बरी पुछारको ।।१।४ जगा २००२ सालमा उकास हुन आयेकोले सो मध्ये ठहरेको जगा कठा ।१।।२ दर्ता गरी तीरो भोग गरी आयेको ४ कीला भीत्रको जगा हुं बाकी नदीमै छ भंन्येस्मेत दुर्गादत्त मीश्रको वयां रहेछ।
प्रतेबादी मध्येका हरिनारायणले सुरु म्यादै गुजारी बसेकाले हीतलालसींको जगां सकार गरेको प्रष्टै देखियेको सितारामले गोबरधंका नाऊको जगा सकारेको भनी वयां गरेको नीजका नाऊमा नम्वरि पुछारमा स्मेत दर्ता नदेखियको सरजमीं मुचुल्काबाट प्रतेबादीहरुले हीतलाल सींका नाउको जगा भोग गरी रहेको देखियकोले सो जगा बादीको ठहर्छ ६६ सालको नापी नम्बरी पुछारमा हीतलालसींका नाऊमा दर्ता देखियको जौहठी अैलको र जवदीको जगा बीगाहा २ऽ१।।।४ मीना लेखियको सीपासींका नाऊमा दर्ता गरी दीने नैन संखर सुकदेव ललितमानको दुर्गादत्तले दर्ता गरेको हक्मा ६८ साल्मा दर्ता भैसकेको श्रेष्टाबाट देखिनाले बादीका उजुरिबाट हाल बादीलाइ दिलाऊन नमीलने भनी ०७।६।३० मा रौतहट मालबाट फैसला गरेको रहेछ।
हरिनारायणले सुरु म्याद गुजारेकाले बीचार गर्न नपर्ने सुकदेवसींस्मेत ३ जनाले हाल अवादीमा दर्ता गरी भोग गरेको श्रेष्टाबाट देखियको भनी मालकै फैसलामा लेखियकोलेस्मेत तेस्मा ईन्साफ मालको मनसीव सीतारामको जगा वीगाहा १। का हक्मा हीतलालसींका नाउमा दर्ता भयको भनी सबुद प्रमाण दीन नसकेको र जस्मा दर्ता गरीदेउ भन्न गये भन्न नसकेको २००२ साल्मै अरुका नाऊमा दर्ता भै सकेको २००१ साल्मा द्रखास्त दीय भनेकोमा कारवाई नचलाई २००५ साल्मा मात्र फेरी द्रखास्त दी कारवाई चलायकाले म्याद नाघी सके पछीको ऊजुर देषियकोले बादी साचो कुरामा चलेको भंन नहुने हुनाले स्मेत झुठै उजुर गरेको ठहर्छ भनी ०७।१०।२४।३ मा बीरगंज गोश्र्वारावाट फैसला गरेको रहेछ।
२००२ साल्मा दर्ता गरी पोत बुझाई भोग गरेको जगामा २००५ साल्मा मात्र उजुर गरेको र सो दर्ता भयको जगा हाल लालसींकै नदीकाट मीन्हा लेखियको जगा हो भंन्न पका सवुद गुजारन नसकेकालेस्मेत ईन्साफ वीरगंज गोश्वाराका मनासीव भनी ०८।३।................ मा प्रधान न्यायालय चौथा फाटले फैसला गरेको रहेछ।
सिपासींले दीयका बीन्तीपत्रमा भयका आदेस बमोजिं दायर भयको यो मुद्दा ऊजुरवाला सिपासींलाई राषी बुझदा।
झीकाइ आयका जीम्दार पटवारीले नैनसंखरस्मेत २००२ सालदेखि पोट तीरेको २ नं अधकट्टी रसीद नकल पेस गरी हितलालसींका नाऊको जगा दर्ता गरी दीयको छैन भनी कागज गरी दीयको नीज नैनसंखरस्मेतले दर्ता गरेकोजगा मेरा जेठा बाबु हीतलालसींकै नाऊमा दर्ता भयको हो भंन कारण खोली सबुद दीन नसकेको र अरुले दर्ता गरेका ३˟४ वर्ष पछी मात्र ऊजुर गरेको देखिनालेस्मेत इन्साफ प्रधान न्यायालय चौथा फाटले ठहराई छीनेको मनासीव दोहरायमा हाकींका नाऊमा कराऊनेका ११ नं ले उजुरवाला सीपासींको नाऊमा कराऊनेका ११ नं. ले उजुरवाला सीपासींको सुरु डंडका १ को सैक्रा १० ले कं रु /॥२ डंड हुन्छ रुजु हुदा असुल गर्न लगत दीनु।
महेन्द्रबहादुर हरिप्रसाद
न्यायाधीस प्रधान न्यायाधिस
इति सम्वत् २०१० साल कार्तीक २० गते रोज ५