निर्णय नं. ५४१ - बाली लुटपीट
अ नं ५४१/2010
नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च
अपील नं ९८६
मुद्दा बाली लुटपीट
अपीलाट्- प्रतेवादी टोपलाल उपाध्या पालपा
विपक्ष - वादी खगेश्वर उपाध्या ऐ ऐ अर्वाथोक गुल्मी मौजे मुसिकोट भलाएचौर
इजलास
श्रीमाननीय न्यायाधीश भैरवराज पंतोपाध्याय
फैसला
यस्मा मू जिवनाथ पाध्यासंग मोरु ५००। मा भरवा भंने खेत मुरी ।१७ लीएकै साल देखि भोग चलं गरेमा मेरो दाता जीवनाथका नाउमा अन्याय टोपलालले हक सफा गरीपाऊ भनी नालेस गरी पालपा अपीलवाट हक सफा गर्न पाउने गरी फैसला भएपनि अपील परी रहेकोले जगामा मेरै भोग रहेको र ०६ सालको मेरो १० कर्मको धान वाली अन्याय टोपलालस्मेत ३ जना र नचिनेका खेतलास्मेत लगी 06/7/19 गते वाली लुटपिट गरी लगेकाले दिए जिन्सी नै नदिए धान परालको विगो मो रु ४२५। तिनजना प्रतिवादी वाट भराई पाऊ भन्ने स्मेत वादी रहेछ ।
वादी दावीको खेत मैले थैली धरौट राखी नालेस गर्दा हक सफा भर्न पाउने गरी पालपा अपीलवाट फैसला भै सकेको र सो खेतको वाली मैले राजिनामा लिएको छु भनि 06साल सम्मको धान वाली समेत वादीलेनै खायेकोमा हामी टोपलाल चुडामणि प्र. वीर समेतले लुटपिट गरेको हैन भरे मुदा पालपा अपीलको सदर भए वालीमा पक्राउ गर्र्ला भनी झुटा नालेस गरेमा वादीलाई नै सजाय गरी पाउ भन्ने समेत ३ जनाको एउटै प्रतेवादी रहेछ ।
जगा तर्फ हक सफामा उजुरी परी अपील चढेको र वाली वादी ले लगायमा मुख मिलेकाले तेस तर्फ क्यै विचारै गर्न नपरी वाली सम्म लुटपिट गरे नगरेको तर्फ विचार गर्दा थैली वुझाए सम्म प्रतेवादीले वाली नपाउने र वुझीएका वादीका साछी ३ जनाले वादीले लगाएको वाली प्रतिवादीले लुटपिट गरी लगेको भनी वकी दिएकाले समेत प्रतिवादीहरुले वाली लुटपिट गरेकै ठहर्छ भनि सुरु गुल्मी राज्य अदालतले गरेको इन्साफ सदर गरी पाल्पा अपीलले फैसला गरेको रहेछ ।
यसमा प्रतेवादी अपिलाट रोपलालको धरौटी अपील पर्न आयेको छलफलमा झिकायको वादी खगेश्वर ले म्यादै गुजारी वसेकाले इन्साफ तर्फ विचार गर्दा प्रतिवादी टोपलालले यै जगा हक सफा गर्न पाऊ भनी थैली धरौट राखि जिवनाथ उपर गरेको नालेसमा हक सफ गर्न पाउने गरी 04/6/3मा पालपा अपीलले गरेको इन्साफ मनासिव गरी ०५।५।१० मा प्रधान न्यायालय तेस्रा फाटले छिनेको प्रमाण निमित्त आयको मिसिलवाट देखियकोले ०६ सालको वालीमा झगडा परेको यो मुद्दा हुदा जम्मै वाली मेरो हकको लुटे भंने यो वादीको दावी मनासिव नभै साहु आसामीका १४ नं का ऐनले नै जगामा प्रतेवादी टोपलालको हक भएको र वाली वादीले लगायमा सावित हुदा मोही वोटी वाली आधा प्रतिवादीको हक हुनाले आधी मात्र लिनु पर्नेमा जमै लुटेको साछीहरुवाट देखियकोले वढी लगेमा प्रतिवादीलाई र मोही वोटी आधी वाली प्रतेवादीको हक समेत मेरो भनी वादीले दावी गरेको ठहर्छ तपसिलका मानिलाई तपसिल वमिजिं गरी मुदा छिनियको जनाउ धरौटी अपिल गर्ने टोपलाललाई दिनु भनी मिसिल पालपा अपीलमा पठाउन मिसिल फाटमा वुझाईदिनु ।
तपसिल
बादी खगेश्ववर उपाध्या के माथि लेखिए वमोजिं प्रतिवादीको मोही वोटी आधी वाली समेत लुटे भनी मो रु 212।50 विगो वढी पक्राउ गरे वापत लुटपिटका ९ नं ले सैक्रा १० ले मो रु 21।25 एक्काइस रुपैया पच्चीस पैसा डंड हुंछ । वेरुजु हुदा असुल गर्नु भनि लगत दिनु ।
निज वादी खगेश्वरवाट सुरु गुल्मी राज अदालतका 07/6/24 का फैसलाले लिने गरेको जिताउरी मो रु ४।25 मा हाल मो रु २।१२ मात्र लाग्ने भएकोले वढी ठहरेको मो रु २।१३ दुई रुपैया १३ पैसा असुल भए फिर्ता नभय व्यहोरा जनाई लगत काटी दिनु भनी गुल्मी राज्य अदालत लाई पूर्जि गर्न लगत दिनु ।
प्रतिवादी देहायका मानिस के माथी लेखिए वमोजिं आफ्ना हक नपुग्ने आधी वाली लुटेकाले विगो रु २१२।५० को लुटपिटका ९ नं का ऐनले सैक्रा १० ले जनही मो रु २१।२५ का दरले डंड हुन्छ नीजहरुवाट सुरुका ऐ मितीका फैसलाले जनही मो रु ४२।५० डंड गरेकाले हाल लाग्ने मो रु २१।२५ मा कट्टि गर्दा वढि हुन आएको जनही मो रु २१।२५असुल भय फिर्ता नभए वेहोरा जनाई लगत काटी दिने भनी गुल्मी राज्य अदालत लाई पूर्जी गर्न लगत दीनु पाल्पा गुल्मी मौजे मुसीकोट भलाए चौर वस्ने टोपलाल उपाध्या के मो रु २१।२५ एक्काइस रुपञा पच्चीस पैसा को कलं–––––––––––––––––––––––––––––––1
ऐ ऐ वस्ने चुरामनि कडेल जैसी के रु २१।२५ एकाइस रुपैञा पचीस पैसा को कलं–––1
प्रतेवादी देहायका मानिस के विगो मो रु २१2।५0 जिते वापत लुटपिटका ११ नं ले सैक्रा १ मोरु 2।12।2 का दर्ले जिताउरी लाग्छ ऐन वमोजिंम वेरुजु हुदा असुल गर्नु भनी लगत दीनु ।
निज टोपलाल उपाध्या के मोरु दुई रुपैया वार पैसा दुइ दाम–––––––––2।12।2
निज चुडामनि कडेल जैसी के मो रु दुइ रुपैया १२ पैसा दुइ दाम --------------2/12/2
निज प्रवीर राना मगर के मो रु दुइ रुपैया वार पैसा दुई दाम 2।12।2 निज प्रतेवादी टोपलाल उपाध्याय के सुरु उपर पालपा अपिलमा अपिल गरेमा सुरु डंड मो रु २१।२५ को दसौद मो रु २।१२।२ र यस अडामा अपिल गरे वापत सै क्रा ५ ले मोरु 1।6।1 समेत जमा मोरु ३।१८।३ डंड हुनेमा पालपा अपील वाट गरेको डंड मो रु 4।25 र यस प्रधान न्यायालयमा अपील गर्दा तारेखमा नवस्ने गरी ८।१०।६ मा पालपा अपिलमा धरौट राखेको मोरु 2।13 समेत जमा ६।३८ मा लागने मो रु ३।१८।३ तिन रुपिया अठार पैसा तिन दाम कट्टि गरी वाँकी रहेको वढि मो रु ३।१९।१ तिन रुपैञा उन्नाइस पैसा एकदाम निजै टोपलाल लाई ऐन सवालको रित पुर्र्याइ फिर्ता दिनु भनि पालपा अपीललाई पूर्जि गर्न लगत दीनु प्रतिवादी टोपलाल उपाध्या चुडामणी कडेल जैसी प्रवीर राना मगर हरुवाट वादी खागेश्वर उपाध्याले मो रु ४२५।विगो गरी पाउने भनि सुरु गुल्मी राज्य अदालतका 07/6/24 का फैसलामा लेखेकोमा हाल मोरु 212।50 दुइसय वाह्र रुपैञा पचास पैसा मात्र भरी पाउने भएकोले वढी विगो मोरु २१२।५० कट्टि गरी मो रु 212/50 मात्र ऐन सवालको रित पुर्र्याई प्रतेवादीलाई डंड भएकाले वीसौद नली वादी वाट भराएका धनको दसौद लि भराई दिनु भनी सुरु गुल्मी राज्य अदालतमा पुर्जी गर्न अ .त विगो फाँटमा लगत दिनु ।
क्यै गल्ती इन्साफ गर्ने गुल्मी राज्य अदालतका र पालपा अपिलका देहायका मानिस लाई जरीवाना गर्नु पर्दैन ।पटके कितावमा पटके जनाइ राखनु ।
पालपा अपिलका सु शेरमान् गुभाजू––––––––––––1
वि रुद्र नारायण उपाध्या–––––––––––––––––1
गुल्मी राज्य अदालतका डीं मानवहादुर कार्की छेत्री–––––1
वि टेकराज उपाध्या एक–––––––––––––––––1
भैरवराज पंत
न्यायाधीश
इति सम्वत २०१० साल कार्तिक २० गते रोज ५ शुभम्