• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५४२ - वंजाच मुचुल्का जालसाजि

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/२० १०४

अ नं 542/2010

                        नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

अपिल नम्बर १०१४x251

मुदा वंजाच मुचुल्का जालसाजि

 


अपिलाट- वादि गंगादत्त अधिकारी जि मु कलाधर अधिकारीस्मेत बागलुं ई पर्वत जि मौजे बलेदा काहुले–––––

विपक्ष- प्रतेवादी ऐ मौजे बलेवा अधेरीखोला बस्ने कर्नबहादुर हमाल स्मेत १७ जना अपिलाट्


ईजलास

श्री माननिय  न्यायाधिश भैरवराज पन्त पाध्याय

फैसला

 यसमा खजुरी वोट भन्ने र सुलडाडा भन्ने यौटा जगा हो श्व जगा मा दस्षतले वंपाली आयाको वंकाटी वेहिसाव गरे भनी ईनै द्रखास्तवाला मध्यको नरवहादुर र जितवहादुरको वावु मां सिं ले म कलाधर उपर वागलुं अदालतमा नालेस दिदा संधि सरर्पको जगा ठहरी 02/7/7 गते वागलुं अदालतवाट फैसला भै अपिलाट स्मेत इन्साफ सदर भयापछी स्वही जगाको सुल डाडा भन्ने नाउ राषी दर्तागरी पाँउ भन्ने बुकेनि वस्ने कलाधरको द्रषास्त पर्दा हाम्रो उजुर परी संधि सरप ठहरी गुल्मी  मालवाट फैसला भयाको तेसमा अपिल पर्दा येसै अपिल अडावाट क्यै  जगा  संधि सरपं र क्यै जगा दर्ता हुने भनि फैसला भयाको तेसमा हाम्रो अपिल पर्ने वुझी श्वही जगामा ०६ साल वैशाख ५ गते देखि रुख वुटा काटे भनि ०६ साल जेष्ठ २० गते का दिं वागलुं अदालतमा नालेस र ०५ साल चैत्र १ गते देखि ०६साल ज्येष्ट २० गते सम्म रुष वुटा काटि भनी ढाटी दोहोरा पारी वागलुं छोटीमा इनै अन्यायवाला जितबहादुर कर्न बहादुर समेतले दर्खास्त दिने वागलुं छोटीवाट वं जाच गर्न डोर खटिजाने अन्यायवला नाटा सूर्जैलाल सि तिर्थ बहादुर खटीई सि तिर्थ बहादुर द्रखास्त वाला जित बहादुर नर बहादुरको जेठां नाताको तिर्थ बहादुरले टहल चाकडी वाट रीझायाको एकै अडाको जागीरदार नारा सूर्जे लाल जिज्को मुलाहिजामा लाग्ने झै झगडा परेको जगामा जादै नगै सि तिर्थ बहादुरलाई पठाई आफु डेरामा वसी सि तिर्थ बहादुर पनि झगडीयाले देखायेको अरु अरु वं मा गै डुली झगडा जगामा नगै श्व जगामा काट्दै नकाटियेको अन्यत्रै ठाउको फेद ठुटो देखाइ नाता पक्षमा लागी झुटा वंडा मुचुल्का गर्ने र झगडीयाले गर्न लगाउने अघि मुदा परेकाहरु र निजहरुको नातेदार अस्य मि गोमलरा स्मेतका भछाती पछेपानी भै झुटा मुचुल्का गरी गराई ०६ साल आषाढ ५ गते जालसाजवाट गरी पठायेका रहे छं  वाग्लुं छोटी वाट द्रखास्त मुचुल्का स्मेत अदालतमा गै हाम्रा नाऊमा समहवन ६/8/13 मा अदालत मा हाजिर भै मुचुल्का नक्कल सारी लिदा था पायेकोले नालेस गर्न आयेका छौ ०६ साल जेष्ठ ४ गते देषि २५ गते तक काटे भनेको श्व जेष्ठ ४ गतेका दि म कलाधरका नाउमा नालेस दीयेको श्व ४ गतेका दिंको तारेष पर्चा स्मेत म संग हुनाले रुष काटे भंने कुरा झुटा हो हामीले रुष काटनै नकाटेकोमा जालसाजि मुचुल्का गरे गरायमा सजाय गरी श्व मुचुल्का वदर गरी पाऊ भन्ये स्मेत व्यहोराको वादी को फिराद रहेछ ।

अडर वमोजिं वं सरजमिं मा गै मानीस ज्मा गरी हामि र सरजमिं स्मेत हुलि जात गर्दा काटीये नक्सां भयेकै देखि नोकुसानी रुषको जाने इंच फुट र कसुरदार स्मेत खुलाई सरजमिंले  मुचुल्का गरी दीयेको हुदा कां तामेल  गरी अडामा दाखिल गरेको छु ऊजुरी वमोजिं म सुर्जेलाल वाग्लुं मै वसी तिर्थ बहादुरलाई पठायको हैन म तिर्थ बहादुरको दर्खास्त वाल जित बहादुर नर बहादुरको म जेठो नाता पनी हैन जात गर्दा वादीवालाहरुले  काटेको हुं भनी कारिया का रुष इच फुट स्मेत खुलाई लेखि दियेको हुदा तेस्को विगो सजायवाट जोगीनका लिये नाता पक्षे देखाई झुटा उजुर गरेको हो भन्ने समेत व्यहोराको नारा सुर्जेलाल सिं तिर्थ बहादुर को रीपोट् रहेछ ।

१९१५ साल्मा वावु वाजे दलविर हमालका नाउमा भयेका दष्खत वमोजिं वंपालि गुलजार गरी आयाको वाजेको सेषपछी हामि चिनाइदार भै वंषर पानि आएको यो बलाधरले वं काटी फाडि जत्र तत्र  गरेकाले ऊजुर दियामा श्व वषत दस्तखत हामि संग नभयेकोले वादिले ......ले पालि आयको भनेको कित्ता देखायेकोमा कुनै सन्धी सर्पण र कुनै रैतीको फटके कोदाले देखियेको श्व दस्तखत  राषने भनेको कर्नबहादुरले दस्तखत हरायो भनी लिखीदियेको स्मेत वाट कलाधरले रुष काटेको ठहर्दैन अरुले काटेको ठहर्छ । भनि फैसला भयेपनि पछी ईन्कारी प्रतेउत्तर परेपनि श्वही रिसले म जीत बहादुर समेतका जाहानै उपर मुदा पारी दुष दिएको र वागलुं छोटी वाट वंजाच गर्न ०६ साल आषाढ मैनामा डोर खटी गै वं जात हुदा रजमींमा हामि आगन घर स्मेतका मानिस वसी डोरवाला स्मेत भै घुमि रहेको हेर्दा यै कलाधर सस्मेतका मानिसहरुले वं जाच मुचुल्कामा लेखिया वमोजिं रुष काटेका हुदा हामि सरजमिंले मुचुल्का गरी अडामा वुझाया पछी श्वही मुचुल्का प्रमाण वाट हारी सजाय पाउने भयेकोले श्व षत छल्ना निमित्त मुचुल्का वदर गरी पाऊँ भनी झुट्टा नालेस दीयाको मात्र हो दष्तखतको  वंलाई संधि सरपं भनी अघि फैसला भयेको हुदा अपिल फैसला काटिने हुदा जाहेर गर्ने इन्साफ सदर भयापछी बंको नक्सामा लेखियाको किल्ला खुलाई सदर गर्नलाई वं गोश्वारामा पठाई दिने वं काटे तर्फ छोटीवाट वंजाच भै मुचुल्का यस अडामा आयकोले रुष काटे नकाटे तर्फ उसै मिसिलवाट ठहरे वमोजि गर्ने रवर सम्मलाई  सजाय दीनु अर्थात षर काटेमा सम्म सजाय गरी फैसला भयेकोले वेहोरा पारी ऊजुर गरेको कसरी ठहर्ने मोलाति जामा लागि झगडा परेको जगामा जादै नभै सि तिर्न बहादुरलाई पठाई नारा स१ये लाल डेरैमा वसी काटी दै नकाटियेको रुष भंने नै ठाउको देखाइ पछेमा लागी मुचुल्का गरेका हैन हामि जित वहादुर नर वहादुर को तिर्थ बहादुर जेठां नाताको होइन हामिले पछेपाती मुचुल्का गरी दियेको हैन सरजमीं हरु हाम्रो नातेदार गोठालाहरा पनी हैनं श्व वंको रुष काटेमा सजाय पाउने भै श्व छल्नाका लागी झुठा नालेस दीयेको हो भंने स्मेत व्यहोराको प्र. कर्न बहादुर स्मेत १७ जनाको थोरै प्रतिउत्तर रहेछ ।

   यस मुदामा वुझीये सम्मका प्रमाण परीवन्दवाट हाल वं जाच हुदा ज्मा ९ रुष वादी गंगा दलले र २१ रुष वादी कलाधरले काटेको भन्ये मुचुल्कामा लेषिएकोले श्व वं का रुषै नकाटिएको हामीले नकाटेको भन्ने वादीको भनाई सवै साचो मानी श्व वं  जाच मुचुल्कामा लेखियाको  व्यहोरा सवै जाल साजी भंन नहुने वागलुं छोटीवाट भयेको मुचुल्कामा कु काठका रुष ज्मा १२ वादी कलाधरले र रुष ९ वादी गंगा दत्तले काटेको भंने लेखिएको स्व वमोजींको रुष हाल भयेको वं जाच मुचुल्का नदेखिई  घटि देखिन आयको हालको मुचुल्का जाल साजी भंने उजुर पनी वादी प्रतिवादीको नभयेको थोरै रुष काटेकोमा झगडिया मानिस हुदा धेरै सजाय गराउन वढाई लेखि दिने सम्भव भएकोले प्रतेवादीहरुले ज्मा रु ३० काटेकोमा रुष १०१ काटेको भनी वढी लेखी प्रतिवादीले जालसाजी गरेको र केहि रुष काटेकोमा कति पनि नकाटेको सवै जालसाजी मुचुल्का गरे भनी वादीहरुले प्रतिवादी उपर झुट्टा उजुर गरेको ठहर्छ ई वादीहरुका हकमा हाल भयेका मुचुल्कामा माथि लेखिय वमोजिं रुष काटेको कायं गरी सजाय दिनु भनि मिसिल वागलुं अदालतमा पठाईदिने ठहराई ०८/6/31/4मा पाल्पा अपिलले फैसला गरेको रहेछ ।

श्व इन्साफमा चीत्त वुझेन भन्ने वादी प्रतेवादी दुवै थरले लारेखमा वस्नु नपर्ने गरी ईन्साफ सदर भयेमा लागने दण्ड धरौट राषि अपिल गरेको रहेछ ।

पेश हुन आयको यो मुद्दाँ हेरी वुझी निर्णय गर्दा वुझिये सम्म का मिसिल प्रमाण वाट वादी गंगादत्त कलाधरका हकमा सम्म वागलुं छोटी वाट भयेको मुचुल्का जावसाजी ठहरायको ईन्साफ पाल्पा अपिलको मुनासिव छ निज वादीका हकमा स्म्म स्व पछी भयेको मुचुल्का स्मेतको प्रमाण वाट ठहरे वमोजिं गर्न ईन्साफ पारी छींने हाकिं उपर अपिल गरेवापत तपसिलमा लेखियवमोजिं गरी तहसिलमा लगत दी मिसिल वागलुं अदालतमा पठाउन पाल्पा अपिलमा पठाई दिनु भनी मिसिल फाटमा वुझाई दिनु ।

तपसिल

देहायमा लेखियाका मानिस के सुरु डण्ड मो रु ४/25 को पैल्हा अपिल हुदा हा का १० नं ले सैक्रा १० ले रु ।४३  त्रियालीस पैसा थप डण्ड हुन्छ श्व दंड तारेषमा वस्न नपर्ने गरी ०८/9/16/२ मा अपिल साथ पाल्पा अपिलमा धरौट राषेको देषियकोले स्व धरौटी सदर स्याहा  गर्नु भनी पाल्पा अपिलमा लेखी पठाउन तहसिलमा लगत दिनु ––––––––––1

वागलुं अदालत ईलाका जि पर्वत मौजे वलिया अधेरी खोला वसस्ने वर्न बहादुर हमाल––––1

ऐ पठार वस्ने दले सार्की––––1              ऐ काहुले वस्ने जि.क .......पाठक जैसी

ऐ काहुले वस्ने नरीश्वर पाठक जैसी–1            ऐ वस्ने रविदत्त पाठक जैसी ––––१

ऐ गौरा वस्ने जित बहादुर भईगाला छेत्री––1     ऐ काहुले वस्ने चन्द्र दत्त अचार्ज जैसी

ऐ ठुलास्वरा वस्ने कमल पति जैसी–––1         ऐ चोनारी वस्ने नरवहादुर खत्री छेत्रृ

 ऐ काहुले बस्ने छविलाल सुवेदी जैसी ---1        ऐ वस्ने पुर्वे दमाई ––––––––1

ऐ वस्ने मनवीर दमाई –––1                   ऐ वस्ने नारांदत्त पाठक जैसी –––1

 ऐ वस वसे वस्ने सिंरे दमाई -----1      ऐ सात विसं वस्ने गंगदत्त पाध्या––––––1  

ऐ वाहुले वस्ने दलविर दमाई ---1        ऐ टंक चौतारी वस्ने दल वहादुर खत्री छेत्री----1

 देहायमा लेखियाका मानिसके जनही सुरु डंड मो रु १/57 को हा का १० नं ले सै क्रा १० ले जनही मो रु ।१६ सोर पैसाका दर्ले ज्मा डंड मो रु ।३२ वतिस पैसा थप डंड हुंछ श्व डंड 08/9/12/5 मा पाल्पा अपिलमा धरौट राषेको देखियेकोले श्व धरौटी सदर स्याहा गर्नु भनी पाल्पा अपिललाई पूर्जी गर्न तहसिलमा लगत दीनु –––––––––––––––––2

वागलुं पजी पर्वत मौजे वलेवा काहुले धापाखोला वस्ने गगा दत्त अधिकारी जंसी––––––1

ऐ ऐ वस्ने जि.मु वलाधर अधिकारी जैसी–––––––––––––––––––––––1

यो मुद्दाँ कि............भयेको जनाउ अपिलाट लाई अडैवाट दिन ––––––––––––3

...............

न्यायाधीस

इति संवत २०१० साल कार्तिक २० गते रोज ५ शुभम्----

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563