• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५४३ - ज्यां

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/२४ ११२

अ नं    543/2010

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

साधक नं ७५

मुद्दा  ज्यां


जाहेरवाला- धंकुटा ई. षाल्सा वरबोटे बस्ने मु. मदवाहादुर थापा छेत्री

प्रतेवादी- ऐ डाडाषर्कको झुल्केन वस्ने चीत्र मां राइ स्मेत ––––––––


इजलास

श्रीमाननीय प्रधान न्यायाधीस हरीप्रसाद प्रधां एम ए बीएल्

फैसला

 एसमा मेरो भाइ सुवेदार देवी  वहादुर वेसी वरवोटे वाट डाडाषर्कको घरमा ६ साल श्रावण १३ गते का दी बेलुका रातको १० घडीको टायंमा  जीत बहादुर भण्डारी साथी ली आयेको वीच वाटामा नमालुं कसले हो वन्दुकले हानी लडेछ भन्‍ने षवर जीत बहादुरले भंन आइ गाउले स्मेत गै घर ल्यायपछी मरेछं नीजका झगडीया भीम मां राइ छत्र बहादुर कार्की लाल वहादुर थापा पहलमां तेज वहादुर  नरध्वज मंती गीरी स्मेतले मारेछं की भंने संषा लाग्छ कसुरदार को पता लगाई सजाये गरी पाऊ भंने स्मेत पदं वहादुरको वञां रहेछ ।

भुडीमा नाभी देखी मुनी लींगको फेदमा स्मेत कांछी औला छिर्ने प्वाल परेको घा ४८ वटा  ठाउमा सीसाको टुक्रा नीस्केको भंने लासको प्रकृती र अघी पछी चीत्रमां पहल मां छत्र वहादुरले येस्लाई नमारी हुदैन भंने कुरा गाउमा भनी हीडने गरेको सुनीयकोले इनीहरुले नै गठमेल गरी  चित्र मौले फायर छाडी मरेको होला भंने संका लाग्छ । भंने स्मेत लीला नाथ गुरागाइ स्मेतको मौका तैकात सरजमी को मुचुल्का रहेछ ।

 मर्ने देवीबहादुर झगडीया होला पनी हामीले मारेको र मार्नु पर्छ भनी गठमल गरेको स्मेत होइन चीत्रमांले हानी मारेछ की भंने संषा लाग्छ भंने समेत पहलमां तेज वहादुर मंत्री नरध्वज पद्म लाल नंदलाल गीरी छत्र बहादुर लाल बहादुर स्मेतको वञां रहेछ ।

गाउमा देवी बहादुरले सारै पीर पीराई गरेकोले नमारी भएन वंदुकले हानी मार्नेलाई रु ७०० अरुलाई ३०० स्मेत १००० रुपैञा  भाइ मंती नरध्वज पदम लाल नाउ नजानेको जंतरे स्मेत वाट उठाई दींछु भंने कुरा पहलमांले गरेको र मार्नुपर्छ भंने छत्र बहादुर स्मेतले भनेकाले र आज देवी वहादुर षेत रोपाईगरी डाडा षर्कको घर्मा जां बंदुकले हानी मार्नु पर्छ भन्ने कुरा छत्र बहादुरले गरेको र वंदुक सीसा गोली स्मेत ठीक पारेको छु तेज बहादुरले पनी वंदुक ठीक  पारेको छ नीज पनी आउछभन्ने कुरा गरेवाट लौ भनी म छत्र वहादुर   तेज बहादुर भेट् भै वाटो ढुकी वसी पातले वंमा वसी  धागरुको रुषको आड गरी वंदुक........ छत्र बाहादुर तेज बहादुर वस्ने म संग केही थीएन देवी बहादुर आउदा हाने छत्र बहादुरको ....... लागी देवी बहादुर अइया मार्यो भनी लड्दा तेज बहादुरको वंदुक चलेन रुपैया मैले लीयेको छैन भंने स्मेत चीत्रमांको वञां रहेछ ।

वुझीया सम्मका प्रमाण परीवन्दवाट लाल बहादुरको सहमत ठहर्दैन पहलमां नंदलाल पदम बहादुर नरध्वज मंती स्मेत को सहमत भै रुपैञा उठाई नसक्दै बारदात गर्न चीत्रमां छत्रबहादुर तेजबहादुर आई छत्र बहादुरले वन्दुकले हानी देवीबहादुर मरेको ठहर्छ छत्र बहादुरलाई दामल गर्ने तेज बाहादुरलाई  दामल जंमभर कैद वा अरु सजाये गर्न र पहलमां लाई तजवीजले सजाये गर्न नरध्वज  मंतीलाई ६ मैना देषी ३ वर्ष सम्म र अरु सजाये गर्न र पदमलाल नंदलाल सरीक भयेको ठहरे पनी वादी सरजमींवाट नाउ कीटां भयेको नदेषीयेकोले ज्यां संवदीका ३१ नं वमोजींम सजाय गर्न वा घटी सजाय गर्न सरकारको तजवीज भनी धंकुटा  अदालतका का.मु. वि राम बहादुरको ७/४/५ को जाहेरी फैसला रहेछ ।

स्व धंकुटा अदालतले गरेको इन्साफमा चीत्त वुझेन भंने छत्र वहादुर पहलमां तेज बहादुर नरध्वज मंती गीरीको अपील र पदम लाल नंदलालको वीतीपत्र रहेछ ।

तेज वहादुर झेल्षां वाट भागी गयेको पहलमां मैत्री नरध्वज जी.व.सी.का आडरले छुटेको भयेपछी हाजिर भै तारेखमा रहनु पर्ने नरहेकोले नीजहरुको अपील डीसमीस  गरी दीने भनी धं अपीलले डीसमीस फैसला गरेको रहेछ

इन्साफ सुरुको मनासीव पहल्मां मैती नरध्वजलाई सामईक सरकारका पाला जी. व सी. ले छोडी दीयेको देषीनाले नीजहरु र नंदलाल पदमलाल लाई पक्री अइनं वमोजीं गर्नु भंने वा केही गर्नु पर्दैन भंने स्व नीकासा हुंछ भनी धंकुटा अपील्का का. मु. अ ना. सु संसरे राजले ८।९।२७।६ मा जाहेरी फैसला गरेको रहेछ ।

साधक द्वारा पेस हुन आयको यो मुदा वुझ्दा ईन्साफ धंकुटा अपील्ले  जाहेर गरेको मनासीव छ  तेज बहादुर गीरीले वंडुक ली छत्र बाहादुर स्मेतका साथमा गै फायर छाडेको मा नपडकीएको भंने स्मेत नीजका  साथमा जाने चीत्रमां राईका वञां देखीयकोले देवी बहादुरलाई मार्न मान्य भै गयेकै रहेछ भंनु पर्ने हुनाले नीज ह .तेज बहादुर गीरी धंकुटा ई. षाल्सा  धामेलाई ज्यां संवधीका ३१ नं का १ दफा बमोजीं अंस सरवश्व गरी कैद वर्ष १२। वार गर्नु

ऐ ऐ वस्ने पहलमां गीरी मंती गीरी नरध्वज गीरीका हकमा निजहरु ज्यां मार्न मत सल्लाहमा पसेकोले जां संवन्धी का ३ १ नं का ३ दफा वमोजीं कैद १।३ येक वर्ष ३ मैना हुंछ पुरपक्ष नीमीत्त २००६ साल श्रावण २० गते देषी थुनीयेकोमा धंकुटा अदालतका ज्वाफवाट सामयीक सरकारका पालामा छुटेका भंने संम देषीई छुटेको मीती खुलेको देषीदैन ता पनी २००७ साल कार्तीक मैना देषी कांग्रेसी आन्दोलन भएकोहुदा स्वही मैन्हामा छुटेको भयेपनी करीव १५।१६ मैन्हा झेलमा थुनीयाको देषीनाले नीजहरु लाई अव अरु सजाए गर्नु पर्दैन ।

पदम लाल नंदलाल गीरीका हकमा  ज्यां मार्ना का मत सल्लाहामा पसेको र मुष्य भै हीडेको स्मेत मीसील वाट नदेखीनाले नीजहरुलाई केही गर्नु पर्दैन 

छत्रबहादुर कार्की था सक्मा नीजले वंदुक हानी देवी वाहादुर मर्न गएको देषीनाले दामल गर्ने ठहरायको मनासीव पुर्व २ नं पवटी पहरी षर्क बस्ने राम प्रसाद थपलीयाको र मायानाथ थपलीयाको ज्यां मुद्दामा जेल सुधार योजना वमोजीम माया नाथलाई वीस २० वर्ष कैद गर्नु दामल गर्ने हकमा लाल मोहर वक्साऊने अ वमोजीमको नीयमाविली वनी नसकेकाले नीकासालाई  उसै वषत जाहेर गर्नु भंने १०।३।३०।२ मा फुलवेञ्चवाट मुद्दा फैसला भएकोले एस्मा पनी कर्तव्य गरी ज्यां मार्ने नीज ऐ वस्ने छत्र बहादुर कार्कीलाई जेल सुधार योजना वमोजीं २० वर्ष  कैद गर्नु दामल षोद नं नै हकमा  लाल मोहर वक्साउने अ वमोजींको  नीयमावली वनी नसकेकोले नीकासालाई  ऊसै वखत् जाहेर गर्नु ।

      हरिप्रसाद

प्रधां न्यायाधीस

इति सम्वत २०१० साल कार्तीक २४ गते रोज २  सुम्भ

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563