• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५४५ - सनदको वं काटी आबाद गर्‍यो

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/२४ ९९

अ नं 545/2010

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

देवानी साधक नं 1103

मुदा- सनदको वं काटी आबाद गर्‍यो


बादि- पूर्व ४ नं आमचोक सार्लुम्बु बस्ने हजारमान राइ

प्रतेवादि- पूर्व ४ नं खोटाङ्ग अदालतको इलाका आंचोक सालंवु गाउ बस्ने मां किराती समेत------


इजलास

श्री माननीय प्रधान न्यायाधीश हरिप्रसाद प्रधान यम य बि.एल

फैसला

यस्मा वरहिला देउको ठाडो खहरे दरखीन स्मेत ४ किल्ला भित्रको जगा वंपाली गुलजार गर्नु भंने मेरो यका घर्को कान्छा वावु अर्थमान का नाउमा ६४ सालमा वंपाला सनद भएको सो सनदको किल्ला भीत्रको आमडाडा भंने जगा प्र. वहादुरले अवाद गरेकोमा कांछा वावुको उजुरी परी नक्सा सरजमीं हुदा ६७ सालमा वं कायम भै फैसला भयेको तेस पछी पनि पटक पटक मुदा पर्दा पनि वं जङ्गलै कायम भयेकोमा विजं लाग्ने भै आयेकोमा वहादुरले परीपञ्च गरी १० पाथी विज लाग्नेमा ।1।4 विज लगाई दर्ता लगायछ सो कुरामा कांछा वावुले वींतीपत्र स्मेत दिएको कान्छा वावु २००२ सालमा मरे तेसतो वंजगल मा लागेको विजंको लगत कट्टा गरी पाऊ भन्ने हजार मां को विंतिपत्रमा वेहोरा साचो हो र  पटक पटक मुदा पर्दा पनि वनपालाका सनदका किल्ला भित्रकै ठहरी वाझीने भएको जगा अवाद वं जङ्गल काठ फाड गर्ने गरी विजन दर्ता स्मेत गरायको रहेछ भने तेस गोश्वारावाट वुझी अैन सवाल वमोजीं ठहराई जाहर्र गर्नु भंने श्री कमाण्डर इन्चीफ का  2003/8/26/4 मा तोक भै गएको   रहेछ ।

काले जीमी स्मेतका नाउमा विजं दर्ता छ विन्तीपत्र वमोजीं लगत कट्टा गरी पाऊ भंने हजार मांका वयां रहेछ ।

वादीको दावी झुटो हो सनदले वंड भएको किल्ला भीत्र पर्छतापनि साविक देखीनको अवादि र तिरोवाट खाइ चर्चि आएको जगा हुनाले ९९ सालमा विजं रुका ।.।4 कालु मां का नाउमा .।।.2 षन्छुमां का नाउमा ।।२ बहादुर का नाउमा दर्ता भएको सनदहरु भंडा अघावैका हाम्रो भोग चलंको जगा हुदा दर्ता वडरै गरी पाउ भन्ने वा स्मेत कालु भंने कालु मां राईको प्रतिवादी वयां रहेछ ।

यसमा वुझेसम्म वाट पटक पटक वं  जङ्गलै ठहरी फैसला भए को मा नमानी जगा चलं गर्दै रहेकोमा तेस्रा पटक सम्म पनि नमानेमा गाउवाट नीकाला गर्न पाउ भनी नालेस दिएको अवस्था वसाहाको स्वास्नी हिड मायाको गोश्वरामा उजुर परेको मा नक्सा सरजमीं गर्दा  जगा प्रतेवादीलाई थामीदीने गरी जाहेरी फैसाला गरेकोले सावीककै आवादी भंनु पर्ने विजं जाच वाट जङ्गल भए विजं दर्ता हुन नपर्ने हुदा अवादी भोग गरेको वाहेक अरु च्याप्न नपाउने गरी सनदको किल्ला भीत्रको भएपनि साविक रु 5/17 तिरो भीत्रको जगा आवाद गर्न दिनु भंने समेत जो निकासा वक्सीन्छ  सो वमोजिं गर्ने गरी जाहेर गरेका छौ । भंने पुर्व ४ नं गोश्वाराको जाहेरी फैसला रहेछ ।

साविकको दर्ताको जगा नभै सनदको वं जङ्गल ठहरी पटक पटक फैसला भएकोले वं जङ्गलनै कायें गरी पाऊ भंने स्मेत हजारमां राइको अपिल रहेछ ।

सनदको किल्ला धीधको जगा भंने प्रतेवादीहरु सावित भएको ६७ सालको फैसला नक्कलवाट खोरीया फाडी नगए समेत भएको देखीयको तेसपछीपनि पटक पटक फैसला भएकोले अइले जगा थामी वक्सनु स्मेत निकासा वक्से वमोजीम गर्नु भनी पुर्व ४ नं गोश्वाराले लेखन नसकी लेखी गल्ती जाहेरी फैसला गरेको ठहर्छ   भंने स्मेत धंकुटा अपिलले फैसला गरेको रहेछ ।

धंकुटाँ अपिलले साधक जाहेर गरेकोमा सो अपिल्का फैसलामा लेखीयेको वुदा प्रमाणवाट स्मेत अपिल्ले जाहेर गरेको मुनासीव ठहराई प्रधान न्यायालय दोश्रावाट जाहेरी फैसला गरेको  रहेछ ।

यो मुदा साधक द्वारा जाहेर हुन आयेको वुझदा वादी का जीकीर वमोजीम ६७ साल देखिन पटक पटक मुदा परी वं जङ्गलकै कील्ला भीत्रको ठहरी फैसला भयको देखियको सोहि वंपाला सनदका किल्ला भीत्र का जगा हो भंने प्रतेवादिहरु सावितै वयान गरेकोले स्मेत वंपाला सनद भीत्रको देखिदा वं जंङ्गल कार्य राखने ठहराई धंकुटा अपिलले जाहेर गरेको मुनासीव छ यो मीसील जील्लामा पठाई दिनु

हरिप्रसाद

प्रधान न्यायाधीश

इति सं २०१० साल कार्तिक २४ गते रोज २ सुभम 

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563