निर्णय नं. ५४६ - जालसाजी मुचुल्का बदर गराई बिगो भराई पाऊ
अ नं 546/2010
नेपाल प्रधान न्यायालय सिंगल बेञ्च
फौज्दारी
अपिल नं 533
मुदा- जालसाजी मुचुल्का बदर गराई बिगो भराई पाऊ
अपिलाट्- प्रतेवादी प्र.जगडा मौजे मध्य पुरा बस्ने बाबुलाल गवार....1पल्ट साहु समेत
विपक्ष- वादी ऐ ऐ वस्ने सगै मंडर ग्वार 1
इजलास
श्रीमाननिय न्यायाधिस महेन्द्र बहादुर महत छेत्रृ
फैसला
येसमा प्रतेवादी मध्ये केही मेरा झगडिया भएकोले इवि साधन छतहरु ग्वार संग मैले लीएको ।।४।।२ जगालाई मेरो वावु को नाममा दर्ता भएको ।।४।।।३ जगा कांछा वावु छुतहरुले विक्री गरेको भए पनी म नावालख को जगा वदर गराई पाऊ भंने प्र. दुखि ग्वारले नालेस दिएकोमा कारवाई चली सो जगाको 06 सालको वाली प्र. वावुलालका नाउमा रोक्का पुर्जी गराई पाउ भनि दुखि ग्वारले दरखास्त दि वाली रोकी दिनु भंने अड्डा वाट पुर्जि गएकोमा सो जगा ।।४।।।३ मध्य ।।१ जगामा भदै वाली र ऽ२।।।३ जगामा अगहनी वाली मैले लगाएको मा प्रतेवादीहरु मिली छुतहरु दुखिया वावुलाल पल्ट समेतले सो भदैया वाली काटी कटाई वाडी खाइ झगडा परेको जगा मध्य भडैया वादी लगायेको ।३ कठ्ठा जगाको वाली रोक्का पुर्जी नआउदै संग मंडर ले खाइ सकेको भनी प्र.लखी चं समेतको मचुल्का गराइ अड्डामा दाखेल गर्न लगेको कुरा था पाएकोले आफुले वाली खाइ जालसाजी मुचुल्का वनाइ दाखेल गर्न लगेमा मुचुल्का गरी दीनेलाई र गराउने स्मेतलाई सजाये गरी वालीको विगो 165 मा आधा धरौट राख्न लगाई आधा वालीको विगो 94।। वाली खाने प्रतेवादीवाट भराइ जाल्साजी मुचुल्का वदर गराई पाउ भंने ०६/7/30/3 को संगै मंडर ग्वारको फेराद रहेछ ।
मेरो हकको जगामा कांछा वावुको कागज गराई वादीले जगा खाएकोमा सो कुरा था पाई सो जगामा नालेस गरी वाली रोक्का लाई दरखास्त गरी पुर्जी गराएको वादीले थापाई पुर्जी नपुग्दै जगा कट्टा ।३ को वादली वादीलेनै काटी लगेको हो पुर्जी आएपछि जगामा वाली नहुदा मुचुल्का गरे गरायका हौ मुद्दा गर्ने लडाउने वादीको पेसा हुदा नावालखको जगा पचाउन लाई लेलाम गरी दुख दिन नालेस गरेको हो आफुले वाली खाई हामी उपर नालेस गरेकोमा अलाग गरी पाऊ भन्ने वावुलाल समेत 14 जनाको 06/9/29/5 को प्रतेवादी रहेछ ।
वुझीए सम्म वाट वादीको र दुखीको मुदा परेकै देखिनाले इवी डोरै भएवाट वाली नलुटेको भंने वादीका ४ जना साछी वकेका प्रतेवादी साछी वकाउन नसकेको आफुहरुले वाली खाई इवी साधन सो वमोजिं मुचुल्का गराउन सक्ने संग कै भएकोले र आजैका मीतीमा सो ।।३।।।३ कट्टा जमा को आधा जगा प्र. दुखिले पाउने भै छिनियको देखिइएको र आजैका मीतीमा सो ।।४।।।३ कठ्ठा जगाको आधा मात्र प्र. दाविले पाउने भै छिनिएको देखिएकोले प्र. ११ जनाले झुटा मुचुल्का गरी जगा ।।१ को वाली प्र.पल्ट स्मेतका ४ जनाले वाली खाएको ठहर्छ वाली खानेवाट दामासाहीले 94।। विगो भराई दिने भंने समेत हनुमां नगर अमीनीको फैसला रहेछ ।वादीले ।।१ कट्टा जगाको वादी काटी खाए भनेकोमा हामी ले ।३ जगाका वादी वादीले काटी लगेको भनेपछि मौकैमा जगा जाचनुपर्ने र हाम्रो साछी वेरामी भएवाट नवकेका हुं जगा वालीको झगडामा सरजमिं वुझ्नु भंने सवाल सनद पनी भएकोले सो नवुझी गरेको इन्साफ वदर गराई पाऊ भन्ने ०७।6।19।5 को दुखि गोप १ वावुलाल मंडर -1 पल्ट सा.........1समेत ३ जनाको अपिल पत्र रहेछ ।
साछी सवुद केहि गुजार्न नसकेकोले प्रतिवादीहरुले वाली लुटेको ठहर्छ वनी वोटीको हकमा सुरुले केही गरेको र दुखि स्मेतको जगा मुदा आजैको मितिमा खारेज भएको ले वालीको विगो रु 189 को सप्तरी अपीलको फैसला रहेछ ।
मुख्य सरजमिं वुझिए कस्ले वादी खाएको हो देखिनेमा धनि वोटी पनी वोटी समेत वादीलाई भराई हामीले खादै नखाएको वाली भराएको इन्साफ वदर गराई पाऊ भन्ने 08/4/10 को बावुलाल १ पल्ट साहु -1 स्मेत २ जनाको अपिल पत्र रहेछ ।
धरौटी अपिल द्वारा पेश हुन आएको यो मुद्दा वुझ्दा १५ जनाको नाउमा नालेस परेकोमा मुचुल्का जालसाजी भंने वादीको दावीमा प्रतेवादीले साछी प्रमाण ल्यायाउन नसकेकोले प्रतिवादीको दावी नपुग्ने झुट्टा मुचुल्का सरजमिंले गरी ई अपीलाट् २ जना स्मेत ४ जनाले वादी खाएकोले वादी ले भरी पाउने ठहराई अपिलले छिनेकोमा अरुको अपिल भएको साछी
ल्यायाउनै नसकेको थोरै प्रतेवादी ले वादीको दावी वमोजिं कसुर सावित ठहराएमा अपिल नगरी वसिसकर्का श्रीफ इति २ जनाका अपिल वाट वाली वादीले खाएको भन्न ठहराउन प्रमाण वेगर नहुने सरजमिं वुझी पाऊ भनेको भएपनि एस्तोमा अइले नहुने समेत वाट अपिलाटको जिकिर पुग्न सक्दैन
इन्साफ सप्तरी अपिलको मुनासिव छ अपिलको फैसला लेख्नने वि कृष्ण बहादुरले अव अछेर प्रष्ट वुझिने गरी मात्र फैसला लेखनु भनी कडा नासिहद दिनु इन्साफ पारी छिन्ने हाकिं उपर अपिल गरेवापत अपिलाट वावुवाल ग्वार १ पल्ट साहु १ स्मेत के सुंरु डंड 9।3।।को डर्ले पैल्हा अपिलमा हा.का १० नं ले विसौद रुं ।। वावुलाल ग्वार लाई र ऐ ऐ ले वीसौद रु ।।पल्ट साउलाई डंड हुंछ तारेखमा वस्न नपरोस भनी ०८/4/10/4मा सप्तरी अपिलमा धरौट रु ५।।४।।। राखेको देखीनाले निजहरु २ जनालाई लागेको डंड कटाइ सदर स्याहा गर्नु वाँकी रहेको रु 4।।२।।। अइन सवालका रित पुर्याई धरोट वाला लाई फिर्ता दिनु भनी सप्तरी अपिललाई पुर्जी गर्न तहसिलमा लगत दिनु धरौटी अपिल गर्ने झगडियालाई जनाउ दिनु भनी सप्तरी अपीलमा लेखी पठाई दिनु यो मीसील मिसिल फाटमा वुझाइ दिनु ।
महेन्द्र वहादुर
न्यायाधिस
इति संवत २०१० साल कार्तिक २७ गिते रोज ५ शुभम्