• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५४७ - धां चामल मुगलां निकासि

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/२७ १०१

अ नं 547/2010

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च

ठा. नं 156

मुदा- धां चामल मुगलां निकासि

वादि- अ .स. ई. वैद्यनाथ झा स्मेत २० जना

इजलास

श्रीमानिय न्यायाधिस महेन्द्र बहादुर महत क्षत्रृ

फैसला

    येस्मा ०८ साल फाल्गुण १५ गतेका रात हनुमां नगर ठानाका अ.स.ई. वैद्यनाथ झा स्मेत ६ जना हनुमां नगरवाट र गोश्वाराको सु.रुद्रवहादुर स्मेत ६ जना मालको सु. वंवहादुर स्मेत ८ जना गस्ति गर्दै तिलाटी तर्फ गएमा स्वही रात अन्दाजी ५ वजेका वखत वोडर देखी करिव 1x1।। विगाहा उत्तर ती जुगा नदिको  छेउमा चोरवाटोवाट भर्ति वैल गाडी ९  दखिं मुख जान लागेको देखि हामि जागीरदारहरु दुगुर्दै श्व ठाउमा गै नदी पार नहुदै नदीको डीलमा स्व गाडाहरु भेटायपनी हामीहरु थावा गरेको देखि गाडा वांहरुले गाडा वाट गोरु फुकाई भागी गयकोले गाडामा हेर्दा धां वोरा ५ मिल कुटानी चामल वोरा ३३ हातकुटी चामल वोरा १ स्मेत जमा ३९ वोरा रहेछ श्व ज्मै वोरा मौजे वेलही  वाट रैति हरु संग गाडा गोरु मागी ल्याई श्व वोरा ३९ लदाई दाषेल गर्न  ल्यायेका छौं सवाल सनद वमोजिं श्व अनाज लिलाम विक्री भै हामिले पाउने कमिसं पाऊ भंन्य  स्मेत व्यहोराको अ.स.ई. वैधनाथ झा स्मेत २० जना जागीरदारको यौटै रिपोट रहेछ ।

८ साल फागुण २६ गतेको व्याहान ६ वजे गोश्वारा को सुवेदार स्मेत २० जना गस्ति गर्दै कुनौलिको पश्चीं तिलारी देखि दखिं पाया नजिक नदिपारी चोर वाटोवाट धां चामलहरु पार गर्न लागेको देखि पक्रन जादा गोरु ली भागी वेपत्ता भयेकोले हामिहरुलाई गाडी गोरु मागेकोले कसैले गाडी कसैले गोरु लगी धां चामलहरु लादी जागीरदारको साथ लगाई ल्याययेको ठीक हो भंन्ये वयहोराको मधुकर यादव समेत ११ जनाले गरी दियेको कागज रहेछ ।

यसपाली हस्ता क्षेत्रमा हाम्रो गाँउ मौजामा वर्षा नभै मेरो अघि कांश जगामा खाडो नदी वगीदियेवाट  साल भरको खर्च लायक  धान नउपजेकोले हिंदुस्थां जिल्ला भागलपुर मौजे अडरालय रमांपुरमा मेरो काम नभएकोले वर्षान्नका निमित्त तेसकामन वाट धां  झीकाई हिन्दुस्थां कुनौलीको  हनुमां राईसमिलमा चामल कुटाई 08/11/26 गतेका दिं चामल वोरा ३३ को मं 82।। र मेरो भाइ दिर्घानन्दले कुनौलीमा घर हुने सप्तरीमा खेति दोहट भै राखेको फौजदार साहु वनियाँ लाई  सापटी दिये को चामल मं २।। धां मं १० असुलगरी ल्याउन लागेको दिंको ८ वजेका समयमा गाऊ तिलाठी सिमाना भीत्र आई सकेपछी वैद्यनाथ झा स्मेतले  घर ल्याउन नदी रोकी दिदा किन रोकेको भनि  सोधेमा हिन्दस्थांन लान लागेको भनी अत्तो थाप्दा हैन यो त हिंन्दस्थांवाट ल्याउन लागेको भनी मेरो सिपाई खड्गनाथले भन्दा पनि ध्यान नदी फर्काई सभापती लावका अर्को लगी राषेकोले मिल वालाले मेरो सिपाई  खड्गनाथ मार्फत चामल पठायको छु कुटाई मजुरी पठाई दिनुहोला भंने लेखेको चलानीको नक्कल यसै साथ राखि जाहेर गरेको छु निकासिको अनाज रोक्नु पर्नेमा उल्टै पैठारीको अनाज रीकि दियेमा उचीत सजाय भै श्व अनाजहरु छुटाइ पाऊ भंने स्मेत वेहोराको प्र. पकरी मौजे तिलाटी वस्ने विजया नंद मिश्रले 08/11/27/2मा स. गो. का .वडाहाकिं लाई लेखेको प्राइभेट चिठी रहेछ ।

वुझीये सम्मको प्रमाण परिवंदवाट  हिन्दस्थां जि. भागलपुर मौजे अडाराहा प्रमांपुरमा खेति काम नभयेको भये मेरो नांमा यो येति जमा छ  तेस्तो  पोत वुझायको रसिद जगा भयेको प्रमाण पेश गर्नु पर्ने श्व छ भनि चीठीमा लेखन नसकेको र अडराहावाट धां ल्याई कुनौली राइस मिल्मा कुटाइ घर ल्याउन लागेको अवस्था जागीरदारले वेहिसाव संग पक्राउ गरेको भये जागीर दाई  पर मौकामा ऊजुर दी सवुद  प्रमाण गुजारी तारेखमा रही पुरपक्षे गर्नुपर्नेमा आफु हाजीरै हुन नआई चिठ्ठी लेखि पठायेवाट श्व चिठ्ठीका भरले अैन ले कारवाई गर्न नहुने मौकामा  वुझियेको मद्दत दिने गाडी  वौहरुले पनि श्व धां चामल चोर वाटोवाट  निकासी गरी लैजान लागेको अवस्था पक्राउ गरेको हो भन्ने मथकर यादव समेत ११ जना सरजमींले मौकामा किटानीसाथ कागज गरी दीयेको र २० जना जागीरदारले झुट्टा रिपोर्ट दिनुपर्ने कारण पनी केही नदेखीयको हिंदस्थां तर्फ येस तर्फको भंदा 5x6 रुपैया  मंमा फरक भयेवाट महगो भै रहेको ठाउको अनाज हुदा श्व चामल वोरा ३४ धां ३४ वोरा ५ स्मेत भारत तर्फ वाट पैठारी गरी ल्यायेको होला भंने प्रतित नपर्ने हुदा  चोरी निकासी गरी कुवाटो वाट भारत तर्फ लैजान लागेको अवस्थामा वोडर छेउ पक्राउ गरेको ठहर्छ श्व पक्राउ भयेको धां चामल मालले वुझे वुझाईदिने नवुझे लिलां विक्री गरी आयेको रुपैयावाट आधा पक्राउ गर्ने जागीरदारलाई कमिसं दिने आधा भागको श्रेस्तामा  आम्दानी वाधने ठहराई स. गो .का  .वडा हाकिं दिगम्वर झा अ .ना. सु. ऊमा चरण ख ननुकलाल ख .जगतलाल अडीटर अफिसका ख.ईश्वरी प्रसाद स्मेतले 09९/२/२२/4 मा फैसला गरेकोमा भारत तर्फवाट घर ल्याउन लागेको वोडर छेउ पक्राउ गरेको छुटाई पाऊ भन्ने  विजयानन्द ले मौकामा वडा हाकिंलाई द्रषास्त लेखी दीयेको श्व द्रखास्त वेरीतको भये रीत पुर्र्याई  ल्याउनु भनी मौकामा वडा हाकिंले संझाई फिर्ता दीनु पर्नेमा द्रषास्त लि मिसिल सामेल राषी कारवाई नगर्नु गल्ती देखियेको र भारत अडराहा प्रमाणपुरमा जगा भय नभयको प्रमाण पनि नवुझिएको विजयानंद र निजले दियेको प्रमाण सरजमिं स्मेत वुझी मात्र निर्णय गर्नु पर्नेमा श्व वमोजिं भये गरेको नहुदा भनाइका भारले मात्र निकासी गरी लैजान लगेको ठहराउन मुनासीव नपर्ने हुदा सवुद प्रमाण विजया नंद स्मेत वुझी ऊसैवषत निकासी गरी लान लागेको वा पैठारी गरी ल्यायायको स्मेत जो ठहर्छ ठहरे वमोजिं गर्नेले लियको कुरा नवुझी हाल निकासी गरी लान लागेको रहे छ भनी भंन ठहराउन नपर्ने हुदा राय पर्चा ठहर भै आयेपछी लेखिये वमोजिं गर्ने ठहराई राजिवराज पंचायतका सभापती कुशेश्वर झाले राय पर्चा गरेको रहेछ ।

राय वाझी ईन्साफ जाचलाइ पेश हुन आयेको यो मुद्दा वुझ्दा राजविराज पंचायतले रायवाझी गरेको पर्चामा विजया नंद झाले श्व धां चामल मेरो हो भनी चिठी पाठायावाट जनाउ दी  कारवाई गरी सवै प्रमाण वुझी मात्र फैसला गर्नु पर्ने भनी लेखियेतापनी चीठी वोली का र खुद आफू आउन नसकेको वेवारीसी भनी गस्ति गर्ने जागीरदारले अनाज दाषेल नगर्दै वा गरी सकेपछी भये पनी अडामा आइ ईन्साफ गरी मागनु पर्ने नसकेकोले जवद गरी सनद वमोजीं पक्राउ गर्ने लाई कमिसं दिने गरेको ईन्साफ सप्तरी गोश्वारा अडिटर अफिसको मुनासिव राजवीराज पंचायतका साभपति कुशेस्वर झा को राय पर्चा गल्ती ठहर्छ गल्ती राय गरेमा सभापती कुशेश्वरलाई जरीवाना गर्नु पर्छ की भंन पंचायत का अ ले जरीवाना गर्नु नपर्ने हुदा केही गर्नु पर्दैन भनी मिसिल जिल्ला गोश्वारामा पठाउन मिसिल फाटमा वुझाईदिनु ।

महेन्द्र बहादुर महत्

न्यनयाधिश

इति सम्वत २०१० साल कार्तिक २७ गते रोज ५ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563