निर्णय नं. ५५० - ज्यान
अभिलेख दर्ता नं. ५५०।२०१०
रीट नं.२७०/७
नेपाल प्रधान न्यायालये सिङ्गल बेञ्च
अपिल नम्बर ७
मुद्दा ज्यान
अपिलाट प्रतेवादी
समुझ अहेरा बुटौल तप्पे स्यूराज मौजे अमौली
बिपक्ष वादी राजी पासीनी ऐ.
ईजलास
श्रीमाननिय न्यायाधिस महेन्द्रबाहादुर महत क्षत्री
फैसला
येस्मा २००८ सम्म पौष २१ गते गाई गोरु चराऊन समुझ अहेरको बाटो गरी लान लागेकोमा गाई गोरुले समुझको छानामा लगायेको फर्सीको झाल तानी षाई दीयेछ तेस्मा मेरा जेठाजु भोल्हुको र समुझ अहेरको भनाभन झगडा हुदा समुझले भोल्हुलाई काठको लाठीले २˟३ पटक र तेसपछी २˟३ पटक लातीले हानी समुझ भागी गयेछ तेसपछी जेठाजुलाई बोकाई घरमा राषे सोही दींको रात ९˟१० बजे पीटेको चोट पिरबाट भोल्हु मरेकाले सबुझलाई अैं बमोजिं सजाये गरी पाऊ भन्ने बादी राम राजी पासीनीको दर्षास्त रहेछ।
२००८ साल पौष २१ गते बिहान मेरा घरमाथीलाई राषेको फर्सीर्को झाल गाई गोरुले तानी षाई दीयेकाले मैल्हे कस्को हो भन्दा मर्ने भोल्हुको छोराले भोल्हुको २ छोरीस्मेत ४ जनाई आई झगडा भै भोल्हुले मेरा हात समाई राषे रामराजीले काठको लाठीले मलाई कुटेकोले भोल्हुको हातबाट ऊम्की रीस थांन नसकी भोल्हुको छोराले ली राखेको काठको लाठी षोसी मारौ भन्ने मंसाये नली १ चोट टऊकोमा हाने र तेसपछी भोल्हु लडयो रामराजीले घरमा लगीं रातको ९।१० बजे त्यै चोट पीरवाट भोल्हु मरेको हो निजसंग मेरो अघिपछी रीसईवि पनि थीयेन घरमा आवत जावत थीयो भंनेस्मेत प्रतेवादी समुझ अहेरको वयां रहेछ,
फर्सीको लहरा षाईदीयो भन्ने रीसमा रीस थान्न नसकी १ लाठी हानेको हो भन्ने प्रतेबादी सावीत हुदा बुझीयासम्मका सरज्मीं मुचुल्काबाट मार्नु पर्ने नियेत नली रीस थांन नसकी समुझले भोल्हुलाई साधारण लाठीले हानी सो हानेका चोट पीरवाट समुझले भोल्हुको ज्यां मारेकै ठहर्छ सजायेका हक्मा ज्यां संवंधीका २६ नं र ८।४।३१।४ मा सदर भयेका गृह बीभागका आदेस बमोजीं कैद वर्ष २०। बीस गर्ने र ज्यानमार्नाको ईवी अदाबाट नदेषीयेकोले सानातीना कुरामा झगडा भै तेसैमा रीस थांन नसकी प्रतेबादीले कुटेका चोटबाट भोल्हु मरेकोले माथी लेषीयाको सजाये चर्को पर्ने देषीदा अ.वं. २३५ नं. का अैं बमोजीं राये लेषी जाहेर गरेका छौ भंनेस्मेत सुरु स्यूराज अमिनीको जाहेरी फैसला रहेछ।
ईन्साफ सुरुको मनासिव सजायेका हक्मा कुटपिट गरी ज्यान मारेमा ज्यां संवंधीका २५ नं. ले ज्यानको बदला ज्यां जाने भै रीसईबी नहुदा ऐ २६ नं. ले दामल गर्ने ठहर्छ लालमोहर बक्साई सदर भै आये पछी बाञा गालामा दामल भन्ने ३ अक्षेर षोपी दामलमा हाली दीने मारौ भनी ईस नभै मौकामा ऊठेका झगडाबाट रीस थांन नसकी छाडेका चोटबाट मर्न गयेकोले चर्को सजाये पर्न जाने देषीदा कम सजाये दीलाउन तजबीजबाट हुने पर्ने चीत्तमा लेषी जाहेर गरेका छौ भंनेस्मेत बेहोराको बुटौल अपिलको जाहेरी फैसला रहेछ।
चीत्त बबुझेन भन्ने प्रतेबादी समुझ अहेरको बुटौल अपिल उपर प्रधान न्यालयमा अपिल परेको रहेछ।
प्र लाई ज्यांमारा ठहरायेको ईन्साफ मनासीब छ फैसला अपिलको मनासीब भये पनी कसुरदारको अवस्था र कसुरको तर्फ बबिचार गर्दा सर्बश्र्व गर्न जादा केही जेथा नदेषीयेको गरीबीले सताईयेको फर्सीको मुंटा गोरुले षायेकोमा पनी सहन नसकी झगडा पर्दा लाठाको चोटले मरेकोमा ऊजुरवाला तर्फको वयान र गैरह सरज्मींको भनाईबाट अघिपछीको रीसईवी र मार्नु पर्ने कारण औ मारुं भनी हानेको देषीन कतैबाट आयेको छैन येस्तोमा पुरै सजाये गर्नालाई सुरु अपिललेस्मेत सजाये घटाऊने राये लगायेको हुनालेस्मेत १२। वारह बर्ष मात्र कैद गर्ने गर्नु भनी मिसिल सुरु सीवराज अमिनीमा पठाई दीनु भनी बुटौल अपिलामा पठाऊन मिसील फाँटमा वुझाइ दीनु ।
महेन्द्रबहादूर
न्यायाधीश
ईती सम्वत् २०१० साल कार्तीक २७ गते रोज ५ सुभं