• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५५१ - करकापसंग कागज गरो भंने

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/२७ १०४

५५१

श्री

प्रधान न्यायालय सींगल वेंच

अ नं.८५४

मुद्दा :- करकापसंग कागज गरो भंने

अपीलाट प्रतेवादी काई क्षेत्रपाटी ध्ववी चौर वस्ने पं. रधुनंदं वीहारी उपाध्या

 

      रेस्पौनेन्  धाई बुधैसीं डाडालार बस्ने लाटो राई

ईजलास

श्री माननीय न्यायधीस भैरवराज पन्तो पाध्या

फैसला

      एस्मा १ साल  फागुं ८ गतेका दीं प्र रधुनंदंले डाकन पठायेको भनी प्र वुध्दीमांले मलाइ लगी रसीद नी कांछी आमा सानी दनुवारनीको मेरो जगाको छोडपत्र भनी प्र वुध्दीमां सेर वाहादुर गोरे  रधुनंदं स्मेतले मेरो करकापसंग सहीछाप गराये स्व कागज वदर वातेल गरी पार्उ भंने स्मेत लाटो राईको फेराद रेहछ ।

     षुसी राजीले गरी दीयाको हो करकापसंग गरायाको होईन भंने स्मेत रधुनंदं वुध्दीमान गोरेको प्रतैर्उत्तर रहेछ ।

    वादी दावी वमोजीं दावीको कागज गरायेको हो भंने स्मेत सेर वाहादुर राईको प्रतेर्उत्तर रहेछ ।

    वुझीयाका प्रमाण परीवंदवाट प्रतेवादीले करकापसंग वादीको कागज गरेको ठहरदैन भंने धादीं अदालतको फैसला रहेछ ।

वीना कारण अघीदेषी भोगेको जगा खुसीराजीले कसरी छोडपत्र गरीदीये हुंला भंने लाटो राईको अपील रहेछ ।

    खुसीराजीले गरी दीयेको भंने सवुद केही नभएको हदनाघेको वालीमा स्मेत गरायेको अपीलाट लठेप्रो कीसींको मानीस देषीयाकोले स्मेत करकापसंग कागज गरायेको ठहर्छ भनी अपील तेश्राफाटले फैसला गरेको रहेछ ।

    जीत वाहादुरले--------- नालेस दीयेकोमा----- षुसीराजीले छोडपत्र गरीदीयाको हो भंने स्मेत प्र रघुनंदंको अपील रहेछ

पेसहुन आयाको यो मामीला प्र. अपीलाट रघुनंदं वीहारी र ---------------- न्यायालये पैलाफाटल झीकाये तारेषमा रहेको वादी लाटो राईको वारेस जीत वाहादुर राई स्मत राषी वुझदा पुरा वोल्न नजांने लठेप्रो मानीस वादीले प्रतेवादीले गरायाको छोडपत्र कागजमा लेषीयाको सवै वेहोरा भंन लेषार्उन नसकने हुदा अपीलाट रघुनंदं--------वाट लेषे लेषायेको छोडपत्रमा षुसीराजीले लाटोले स्हीछाप गरी दियो होला भंन मनासीव नपर्नाले स्मेत ईन्साफ अपील तेश्रा फाटको मुनासीव छ  प्र रधुनंदं वीहारीलाई स्व अपील तेश्राले मोरु. ५। दंड गरी फैसला गरेकोमा मोरु.१।को मात्र लगत दीएको देषीदा मोरु. ४। को लगत दीन छुटायकोमा सो अपील तेश्राका वी. कृष्ण प्रसाद पाध्या  का ई डील्लीबजार हाल स्वही अडामा वाहाल्हुदा के रु ।७ सात पैसा जरीवाना गरी मोरु.४। र ईन्साफ सदर ठहरेकाले हाका १० नं.ले सुरू दंड मोरु ५। को पैल्हो अपील हुदा सैक्रा १० ले मोरु ।५० थप दंड स्मेत ज्मा मोरु. ४।५० अपीलाट रधुनंदं वीहारीलाई  दंड हुन्छ रुजु हुदा तहसीलमा लगत दी मीसील मीसीलफाटमा वुझाई दीनु ।

 

                     न्यायधीस

 ईति सम्वत २०१० साल कार्तीक २७।५ सुभ्म्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563