• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५५२ - जारी धंमाल

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/२८ १०३

५५२

श्री

नेपाल प्रधान न्यायालये सिंङ्गल वेञ्च

सा. नं.१

वादी सी.जमानसीं खङ्का छेत्री पूर्व ४ नं.दीपंडीही    

विपक्षी ललीत वहादुर कार्की छेत्री पूर्व ३ नं. खांतेल मानपुर गार्उ १

सुवेदार पुण्य वहादुर थापा छेत्री चीसंखु हीलेछाप १

ऐ को येकाघरकी स्वास्नी मनमाया १/३

मुद्दा :- जारी धंमाल

ईजलास

श्री माननीय  प्रधान न्यायाधीस  हरी प्रसाद प्रधान एम.ए. वी.एल ।

फैसला

            यस्मा मेरो विवाहीता स्वास्नी मनमायालाई रु.2३१।२५ को सुन चादीको गहना लगाई ०३ साल पौख मैन्हामा नीजको वावु ललीत वहादुरले माईत ली गयेको पटक पटक लीन पठार्उदा नपठाई माईतवाटै वेपत्ता गरेकोले नीजवाट पत्ता लगाई पोईल गयेकी भये गहनाको वीगो भराई रोजेको वखत सजाये र पाईल नगयेकी भये नीज ललीत वहादुरवाट स्वास्नी धंमाल दीलाई पार्उ भन्ने स्मेत हिन्दुस्थाने सी. जमान सिङ्गको वीन्तीपत्रमा ठाडै वुझी दीनु भन्ने ०५।७।३।६को प्रमाङ्गी रहेछ ।

छोरी मनमायालाई र्उजुरवाला संग ९५ सालमा वीवाह गरी दीयेको नीजकै घरवाट पूर्व ३ नं.हीलेछाप घर भै हाल मोरं धरां वजार अडाको सुवेदार पुण्यवहादुरले पोईल लगी गयेकी भन्ने सुनेको हु सुन्को वुलाकी सम्म लगार्उन दीयेको पोईल नजादै देखेकी हूं मैले र्उजुरी वमोजिंको गहना लगायेकी छोरी मेरा घरमा लगेकोर पोईल लगाई दीये गहना लीये खायेको छैन भन्ने समेत ललीत वहादुरको ०५।१०।१२ को प्रतेवादी वयां रहेछ ।

पुण्य वहादुरले काज खटीयेको भनी रीपोट् पठायेको अैंले नलाग्ने भनी अदालतवाट फिर्तायेकोमा सो रीपोट् वुझेको ०६।८।५ को नीज पुण्य वहादुरको  भरपाई रहेछ

पुण्य वहादुर मनमायाका नार्उमा ०५।११।२९।७ मा तामेल भयेको म्यादमा हाजीर नभै गुजारी बसेका रहेछ

ललित वहादुरले मनमायालाई पोईल लगाई पुण्यवहादुरले जारी गरी लगेको ठहर्छ बालबाबुलाकी लगाई राखने चलं हुनालेको  सो बालावुलाकी लगाई लगेकोले तेस्को वीगो मोरु.५८।२५ पुण्यवहादुर भराई नीज पुण्यवहादुरलाई जात पतीत गरी पाऊ भनी खत रोजेकोले लालमोहर वक्साई जातपतीत गरी दीने र अरु गहनाको वीगो मोहरु. १७३। ललीत वहादुरवाट भराई दीने भन्ने स्मेत खोटाङ अदालतको ०६।।१२।२३।४ को जाहेरी फैसला रहेछ ।

     मनासीव गरी धंकुटा अपीलको ०७।६।२३ को जाहेरी फैसला र ०९।१२।११ को पर्चा रहेछ ।

 साधक द्वारा पेश हुन आयेको यो मुद्दा वुझदा पुण्य वहादुर मनमाया म्यादमा हाजीर भै ईन्कार गरी सवुद प्रमाण गुजार्न स्मेत नसकी म्यादै गुजारी वसेका र ललीत वहादुरले अपील गरेको स्मेत नदेषि वुझाई वसेको देखीनाले ईन्साफ मनासीव पुण्य वहादुरको जात पतीत गर्ने हकमा लालमोहर वक्साउनू पर्ने रीत पु-यार्उन वर्तमान सासन प्रणालीमा मील्ने गरी चीत्त नीयेंहरु संसोधन गर्नुपर्ने भनी लेखी गैरहेको सो वमोजिं अैं जारी भै आई नसकेको र येस संवन्धमा सर्कारवाट अैं नीयै बनी आयेपछी सो वमोजिं गर्ने भन्ने समेत ०१० साल जेष्ट २५ गते फुलकोर्टवाट नीर्णये भै सबै अदालत अपीलहरुलाई लेखी गै सकेकै हुनाले यो जारी मुद्दामा पनी निज पुराये वहादुरलाई लालमोहर वक्साई जात पतीत गर्न सो ०१०।२।२५ गतेमा भयेको फुलकोर्टको नीर्णय वमोजिं गर्नु भनी मीसील जिल्ला अपीलमा पठाई दीनु ।

                                       प्रधान न्यायाधीस

 ईती सम्वत् २०१० साल कार्तीक २८ गते रोज ६ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..