निर्णय नं. ५६४ - जगा नीषंन पाऊ।
अ.द.नं. ५६४-१०,
दे न. ३२४/११६
प्रधान न्यायालय डीभीजं बेञ्च
ठा.नं. ११८०
मुदा- जगा नीषंन पाऊ।
प्रतेवादी सा. त्रीलोचंविक्रं साहा पाल्पा तानसेन आनंदमहल
विपक्ष- वादी दीलकुमारी श्रेष्टेनी क्रीस्न बाहादुर श्रेष्टस्मेत २ ऐ.बागनास
ईजलास
श्रीमाननीय प्रधान न्यायाधिस हरीप्रसाद प्रधान एम ए बिएल
श्रीमाननीय न्यायाधीस महेन्द्रबहादुर महत छेत्री
फैसला
येस्मा प्रतेवादीको बाबु रत्नविक्रंसंग म दील कुमारीको लोग्ने म क्रीस्न बहादुरको बाबु धर्मराजले मोरु ५९९। कर्जा ली पीपल्टारी स्मेत ४ कीत्ता जगा द्रीष्टीमा दी ९१।३।२४ गते रजीष्टेसन पास गरेको स्व हुँदै आको वर्ष २ को व्याजमा फोक स्वारा स्मेत ४ कीता जगा ११९।८० मा घरसारमा ९३ सालमा भोग वंधक दीयेकोमा २००१ सालमा धर्मराज मरेकोले स्व दुवै कलं गरी ज्मा ७१८।८० बुझाउन जादा नुझेकोले माल्मा धरौट राख्दा सवैजना ९५ सालको वाली बाकीमा तालुकदारबाट पजनीमा लीयेको भनेकोले मालबाट नालेस गर्नु भनी पर्चा गरी सुनायेकोले नालेस गर्न आयेको छु वाली कुतमा पजनी गरायेको भया पनी जालसाजी हो सो गर्ने उपर उजुर गर्ने छु मो रु ७१८।८० बुझन लगाई जगा नीषंन पाऊ भन्ने स्मेत दीलकुमारी क्रीस्न बहादुरको वादी रहेछ।
द्रीष्टी पास तमसुक बमोजींको ४ कीता जगा द्रीष्टीमा लीयेको आलटाल गरी सावा व्याज नबुजाई बसेकोले पक्राउ गर्दा धर्म राजले नै ९५।५।१८ गते भाका पत्र गरेको सो भाका पत्रको म्यादमा नबुझायेकोले ऊजुर गर्न बुबा वनारस कन्त्यवास राज हुनु भयेकोले मैले ऊजुर गर्न खोजेकोमा था पाई म स्मेतका साहु ठग्न स्व द्रीष्टीमा लेषीयाको जगा र अरु नीजैको हकको जगा स्मेतको ९५ सालको मालपोत ३१।८८।३ नबुझाई वाकी राषी आफ्ना मानीसबाट सकार कवुल गराई लीने मुराउ गरेको उस वखतको तालुकदारले ७ दिने म्याद जारी गरेको हुदा था पाई तीरो वाकी मैले सकार गर्दा अैं सवाल बमोजीं म वाट तीरो ली ९६।२।२४ गते बाहाली पुर्जी गरी दीयेकोले माल गोदामको तीरो बुझाई आजसम्म आप्नै हक जानी भोग गरेको छु दावी बमोजिं ४ कीता जगा व्याजमा भोग लीयेको छैन धर्म राज भंने जींमुवाल भयेको हरेक मुद्दा लेषपड गर्न जान्ने हुनाले आजसम्म चुप लागी वस्नु नपर्ने ९३ सालमा व्याज वाकीमा दीयेको भन्ने कुरा ९५ सालको भाकापत्रवाटै नदेखीने र ९६ साल अघी जगामा मैले चलं नगरेको ९६ सालमा वाली वाकी पजनीवाट पाई रैकर जगा यतिका वर्षस्मेत भोग तीरो मैले गरेकोबाट अैंको म्याद भीत्र बादीको ऊजुर नहुनाले षारेज हुने हुदैन भने सवुद प्रमाण बुझी जगा मेरो सदर गरी पाऊ भंने स्मेत त्रीलोचं विक्रम मा. को प्रतेवादी रहेछ।
९६ सालको तालुकदारले गरी दीयेको वाहाली ९५ सालको भाकापत्र तालुकदारले प्रतेवादीलाई गरी दीयेको साल सालको रसिदस्मेत प्रतेवादीवाट ली वादीहरुलाई सुनाउदा जालसाजी कीर्ते भंने वादी क्रीस्न बहादुरकोवयां र सधे साचो हो भंने त्रीलोचं सारुको वयान भयेको रहेछ। ९५ सालको भाकापत्रमा म साछी वसेको हुँ जालसाज हैन भंने भीं देव सावीक तालुकदारहरुले गरी दीयेको रसीद बमोजीं मैले पनी रसीद गरेको हुँ जालसाज गरेको हैन भंने स्मेत जींमुवाल रामजी सेर बहादुरको वयान जी बंद वीर निर बहादुरले म्याद गुजारेको रहेछ।
९५ सालको भाकापत्र जालसाजी भने पनी सवुद दीन नसकेकोले साचो ठहर्ने तीरो प्रतेवाट देषीनाले बाहालीबाट तीरो सकार गरेको देखीने अव सबै ८ कीत्ता जगा तीरो पजनीबाट प्रतेवादीको यस्मा भेनालाई ९५ सालको भाकापत्रवाट रुपैया बुझाउला नबुझाये जगै चलं गर्नु लेषीयाकोले साहुलाई जगा छोडेको भंनुपर्ने भै द्रीष्टीमा लेषीयाको जगा तर्फ बाहाली रसीद बेरीतको ठहर्छ द्रष्टी बाहेकको ४ कीता जगा सनद सवाल वमोजीं बाहालीबाट लीयको म्याद भीत्र उजुर नगरेकोले त्यसतर्फ वादी दावी झुठ्ठा भै नीषंन नपाउने द्रीष्टी तमसुकमा लेषीयाको ४ कीता जगा वादीले नीषंन पाऊने तालुकदारले गरी दीयेको रसीद पनी जालसाजी नठहर्ने भनी पाल्पा अदालतका डी. षेथर मालीले ०७।५।२६ गते फैसला गरेको रहेछ।
९५ सालको भाकापत्र जालसाजी नठहरे पनी वाहाली दिने तालुकदारले म्याद गुजारेको जगा पजनी गरेकोमा साचो भया वैसाष मसांतसम्म गर्न पाउनेमा जेष्ठ २७ गते गरेको पजनीवाट सर्कारमा तीरो दाषील भयो होला भंन नहुने हुदा बाहाली जालसाजी ठहर्छ रसीद सुनाउन नपर्ने दावी बमोजीं वादीले जगा नीषंन पाउछ भनी पाल्पा अदालतका वी. सीव प्रसादले राय पर्चा गरेको रहेछ।
७ दीने म्याद टासेको भए दाषील हुनुपर्ने जेष्ठ मैनामा जगा पजनी गरेको कसरी सदर हुने विचारीको राय पर्चा सदर गरी पाऊ भंने वादीहरुको अपील परेको रहेछ।
पछी वंधक दीयेको भया दोहरी हुनुपर्ने तीरो वुझायको रसीद वादीले दाषील गर्न नसकेको भाकापत्र सदे ठहरेको वाहाली वेगर जगा चलं गर्न मैले पाउनेमा दृष्टी पास तमसुकमा लेषीयाको जगाको थैली बुझनु पर्ने भंने हाकींको र बाहली जालसाजी ठहराई जगा नीषंन पाऊने गरी वादी दावीको जगा सबै नीखंन पाउने ठहराई वीचारीले राय पर्चा गरेमा चीत बुझेन भंने स्मेत प्र सा त्रीलोचंको अपील परेको रहेछ।
भाकापत्रमा डीक चलं गर्नु भंने लेषीयाकोले भोग चलं तीरो प्रतेवादीकै हुने भै इन्सब वी सीवप्रसादको राये मुनासीव हाकीं षेचर मालीको ईन्साफ गल्ती ठहर्छ भनी पाल्पा अपीलबाट ०८।६।२० गते फैसला गरेको रहेछ।
भाकापत्र रसीद जालसाजी भनेपनि सद्दे ठहरेकोमा हराये चीत बुझेन भंने प्रतेवादीको अपील परेको रहेछ।
पाल्पा अपीलको इन्साब सदर गरी प्रधान न्यायालय दोश्रा पाट बाट ०८।१०।१३ गते फैसला गरेको रहेछ।
मीसील झीकी ईन्साफ जाची पाऊ भंने प्रतेवादी त्रीलोचं विक्रंको वींती चढाईमा मीसील झीकी ईन्साफ जाची दीनु भंने ०८।१२।२७ गते श्री माननीय प्रधान न्यायधीसको आदेस रहेछ।
यो मुद्दा डीभीजं वेञ्चमा पेस हुदा २०१०।४।२०।३ मा भयेका आदेश बमोजिं झीकाइ हाजीर हुन आयेका वा. स्मेतका क्रीस्न बहादुर श्रेष्ठलाई र प्रतेवादी सा त्रीलोचं विक्रं को वारेस भवानी भक्तलाई बुझ्दा झगडा परेको जगा ८ कीतता जगा मध्ये मोही धर्मराजका नाऊमा दर्ता भयाको २२०+३५८+३५७+२०३ नं को ४ कीत्ता षेत ९१ सालमा दृष्टी वंधक पास गरी दीयेको र स्व तमसुकमा लेषीयाको थैलीको व्याज बापतमा नीजै धर्म राजको दर्ता हकको अरु ४ कीत्ता जगा ९३ सालमा घर सारमा भोगमा दीयेको भंने वादीहरुको जीकीर भयको र असामी धर्मराजले ९५।५।१८ गते गरी दीयको भाका पत्रवाट ०३ सालमा अरु जगा व्याज वापतमा भोगमा दीये लीयको भंने कुरा नदेषीने र ९६ साल अघी जगा मैले भोग चलं गरेको छैन असामी धर्मराजले नै चलं गरेको हो ९५ सालको बाली बालीमा झगडा परेको सवै जगा तालुकदारबाट पजनी भै वाली कुत सकारी पायेको भंने प्रतेवादी सा त्रीलोचंको जीकीर छ तापनी धर्मराजले गरी दीयको ९५ सालको भाकापत्र वादीहरुलाई सुनाऊदा जालसाजी कीर्ते भंनेपनी सुरु अपीलवाट सद्दे ठहरेकोमा वादीहरुले अपील नगरी तीरो बुझाई बसेको र स्व भाकापत्र सद्दे साचो ठहर्न आयेको र बेहोरा हेर्दा पनी पास भयेको दृष्टी तमसुकमा लेषीयाको जगा भन्दा अरु जगा लेषीयाको नदेषीयकोले ९५ सालको भाकापत्रको मीती भंदा अगावै जगामा साहुले चलं गरेको देषीन नआएको र घरसारमा भोगमा जगा दीयाको भया वादीहरुले स्व कुराको यस्मा सवुद र दोहोरी दाषील गर्न स्मेत नसकेवाट ९३ सालमा सबै जगा साहुले चलं भोग गरेको भंने वादीहरुको जीकीर फजुल ठहर्न आयेको अव असामी धर्मराजले गरी दीयेको ९५ सालको भाकापत्र बमोजींको दृष्टी बंधकी रजीष्टेसन पास भयेको जगा साहुको हक गराये पछी ९५ सालको तीरो साहु तर्फ बाटै बुझाउनु पर्ने नबुजाई बाली बाकीमा पजनी गराई साहु आफैले लीयको सदर हुन नसक्ने र ९१।२।२४ मा रजिष्ट्रेसन पास भयेको द्रीष्टी लेषीए बाहेकको अरु जगा साहुलाई व्याज वाकीमा भोग गरायेको भंने सवुद प्रमाण केही नदेषीयाकोले असामी वीले बुझाउन पर्ने तीरो बुझायको छु भंन नसकेको हेर्दा तीरो बाकीमा पजनी भै यतीका वर्ष भोग तीरो गरेको बदर गर्न नहुने भयकोले द्रीष्टी वंधकमा दीयको जगा संम सावा व्याज स्मेतका मोरु ८३९।६० प्रतेवादी सा त्रीलोचंनलाई वादीले तीरो नीषंन्न पाउने स्मेत ठहराई पाल्पा अदालतको हाकीं डीठा षेचर मालीले छीनेको इन्साव मुनासीव ठहर्छ। दावी बमोजिं सवै जगा नीषंन पाऊने ठहरायेको सुरु अदालतका वि. सीव परसाद पाल्पा अपील प्रधान न्यायालय दोश्राको इन्साफ केही उल्टी ठहर्छ केही उल्टीमा सुरु अदालतका वी. सीवप्रसाद पाल्पा अपील न्यायालय दोश्रालाई जरिवाना गर्न पर्दैन तपसील वमोजींको लगत तहसीलमा दी कां बाकी हुनाले सुरु अदालतमा मीसील पठाउन मीसील मीसील फाटमा बुझाई दिनु ।
तपसील
देहायका वादीहरुके सुरु ईन्साफ ऊपर पाल्पा अपीलमा अपील गरेमा हा.का १० नं ले देहाय बमोजीं दण्ड हुन्छ।
यस्मा तानसेन वाग्नास बस्ने वादी दीलकुमारी श्रेष्ठेनीके सुरु दंड ४।७५को दसौद मोरु।४८ दंड हुन्छ वारेस हुदा असुल गर्न लगत दीनु।
ऐ ऐ वस्ने क्रीस्न बाहादुर श्रेष्ठके सुरु दंड ८।५० को दसौद मोरु ।८५ दण्ड हुन्छ रुजु हुदा असल गर्न लगत दीनु।
यस्मा अपीलका ०८।६।२० गतेका फैसलाले देहाये बमोजिं गर्ने गरेकोमा सुरु अदालत हाकीं ईन्साफ सदर भै स्व फैसला बमोजीं हुने भै पाल्पा अपीलका फैसला बमोजीं नलाग्ने हुदा असुल भया फिर्ता नभये वेहोरा जनाई लगत काटी दीनु पुर्जी गर्न लगत दीनु।
प्रतेवादी पाल्पा तानसेन आनांमहल बस्ने सा त्रीलोचंवीक्रं साके अपीलले वाली कुत पजनीको बाहाली पुर्जी जालसाजी गरेमा भनी गरेको मोरु २।८ सावा व्याज बुझी जगा छाडी नदीयेमा भनी मोरु २१।८ वीचरीको राय पर्चा उपर अपील गरेमा भनी मोरु २।३ स्मेत ३ कलं गरी ज्मा मोरु २५।३० दंड गरेकोमा सुरु अदालतका फैसलाले गरेको दंड सलामी गरी ज्मा मोरु ३ मा सलामी नलाग्ने भनी स्व कटाई वाकी २२।३० असुल गर्ने भनेकोमा सुरु अदालतको हाकींको फैसला बमोजींको लगत कायं भयेकोले लेषीया बमोजीं पाल्पा अपीलले गरेको दंड नलाग्ने हुदा असुल भया फीर्ता र नभये बेहोरा जनाई लगत काटी दीनु भनी पाल्पा अपीललाई र सुरु लगत कायं गर्नु भनी पापा अदालतलाई पुर्जी गर्न लगत दीने कलं।
पाल्पा वगनास झकटु बस्ने वीर बहादुर खत्री १
ऐ षोरबारी बस्ने नंदवीर मगरके पाल्पा अपीलका फैसला ल.ले जालसाजी बाहाली पुर्जी गरी दीयेमा भनी नीजहरुलाई जनही मो रु २। का दर्ले दंड गरेको नलाग्ने हुदा असुल भया फीर्ता नभये वेहोरा जनाई लगत काटी दीनु भनी पाल्पा अपीललाई पुर्जी गर्न लगत दीने कलं।
वादी दील कुमारी श्रेष्ठेनी १ क्रीस्न बाहादुर श्रेष्ठके पाल्पा अपीलका फैसलाले धर्म राजले गरेको भाकापत्रको सही छाप हैन भनेमा दील कुमारीलाई मोरु ।६३ पैसा क्रीस्न बाहादुरलाई १।२५ र अपील गरेमा भनी दील कुमारीलाई मोरु ।७
क्रीस्न बाहादुरलाई ।१३ जगा जीतेमा भनी सलामी मोरु १। का दर्ले लाग्नेमा स्व भन्दा बढी सुरुवाट लीयेकोले लीनु नपर्ने बढी मोरु ३।५। दील कुमारीके मोरु २।३२ क्रीस्न बाहादुरके ।७३ पीर्ता दिनु भनी सुरु अदालतलाई पुर्जी गर्ने भनेको यो कलंममा सुरु लगत कायम गर्न अपील फैसला गर्नु पर्दैन वेहोरा बमोजीं जनाई अपीलको लगत काटी दीनु भनी सुरु पाल्पा अदालतलाई पुर्जी गर्न लगत दीने कलं।
प्रतेवादी सा. त्रीलोचं विक्रं साहके प्र.का. दोश्रा ६।०८।१०।१३ ।१ का फै र ०८।१२।२७ का हालले पाल्पा अपील ऊपर अपील गरेमा भनी सुरु दंड मोरु २३ को सैक्रा ५ ले मोरु १।१५ दंड हुनेमा नीजकले अपील गर्दा ९८।७।५।२ मा पाल्पा अपीलमा धरौट राखेकोले सो धरौट सदर स्याहा गर्न पा. अ. लाई पुर्जीं गर्न लगत दीयेकोमा नलाग्ने हुदा अैं सवालको रीत पुर्याई नीजबाट धरौट रहेको १।१५ सदर स्याहा भयेको नीजलाई फीर्ता गर्नु भनी पाल्पा अपीललाई पुर्जी गर्न लगत दीने कलं।
प. ३ नं तक्रौ थर पाल्पा अदालतका डी षेचर माली पाध्याके पाल्पा अपीलका फैसलाले केही उल्टीमा भनी नीजलाई मोरु १।८ ऐ छाडेमा भनी रु ।५० स्मेत ज्मा मोरु ---।५० स्मेत ज्मा मोरु १।५० जरीवाना भयेकोमा नलाग्ने हुदा असुल भया फीर्ता नभये वेहोरा जनाई लगत काटी दीनु भनी पाल्पा अपीललाई पुर्जी गर्न लगत दीने कलं।
सुरु अदालतका फैसलावाट पाल्पा रजिष्ट्रेसन लाई पुर्जी गर्नको वाकी रहेको देखिनाले स्व फैसला बमोजीं पुर्जी गर्नलाई मीसील सुरु अदालतमा पठाई दीनु।
महेन्द्रबहादूर हरिप्रसाद
न्यायाधीस प्रधान न्यायाधीस
ईती संम्वत २०१० साल् मार्ग ५ गते रोज ६ सुभं