निर्णय नं. ५७५ - वाध पै
प्रधान न्यायालय सिंगल वेञ्च
अ नं ५७५
मुद्दा- वाध पै
अपीलाट्
मोरं प्र.भालाम ले नि मौजे थिमडि वस्ने मेर गोविन्द बहादुर पाडे क्षेत्रृ ।
विराटनगर वजार वस्ने मेट् वस्ने मेर वासुदेव
ईजलास
श्री माननीय न्यायाधिश भैरवराज पन्त पाध्या
फैसला
मेरो .....ठाई भित्रको २३ जंझोरा जगा वर्खास्तको भरवाट गुल्जार गरी आयेको थिञू यो साल गोविन्द बहादुरले हाम्रो जगाको नजीक ठंगा नदिमा वाध वाधियकोले म र रैतीहरुको वाधमा आयेको पानिवाट धां डुवाई जगा विगाहा ३० तिस को धां नोक्सानि हुन गयेकोले सर्जमिन वुझि निकासा खुलाई दिने या वाधै काटी दिनु जो गर्न पर्छ कारवाई गरि पाऊ थिमडी मालका रैतिको वाध देखि उत्तरवाट वाध वाधे हाम्रो जगा र गोविन्दबहादुरको जगा पारछ भंने वासुदेव को विंति पत्र वयां रहेछ ।
सामहीक सर्कारका कं रु ५८०४ लाग्ने ओभरसेरको ईष्टमेट बमोजिं ८ साल ज्येष्ट मैनामा वाध वनाई तयार गरेको हु वाध वनाऊन लाग्दा किन हठक नमरेका हुन मेरा जिरायेत र रैतीको नंवरी स्मेत जंमा ३३० विगाहा पारेछ सो वाहेक अन्यत्र कतैवाट पनि पटन सक्तैन सो पैनि र सर्जमिन ईष्टमेट भयेको मिसिल स्मेत वुझि पाउ भंने गोविन्द वाहादुरको वञाँ रहेछ ।
टिकारां वादि र ईनै मेट गोविन्द वाहादुर प्रतेवादी भयेको यसै गोश्वारा वाट 8/12/29 गतेको फैसलाले सो नञा बाधेको वाध कारिन्दा गरी दिने गरि फैसला भये बाट नञायैनि वन्द हुने भै सकेको वाट अरु जिकिर गरी रहन नपर्ने भै वादि प्रतेवादीलाई केहि गर्न नपर्ने भन्ने थोरै गोश्वाराको 9/2/8/14 को फैसला रहेछ ।
अरु रैतीले स्मेत पैनी वनाउदा उजुर गर्नुपर्ने ६ हजार खर्च लगाई परिञर्च गरी वनाउदा चुपलागी वसेवाट फजुल उपर गरेकोले वादिलाई र गैर ईन्साफ गर्ने हाकिंलाई अैन बमोजिं सजाञ होस भंने गोविन्द बहादुरको अपिल रहेछ ।
यसमा उपरोक्त मुदामा अपिलाट् गोविन्द वाहादुरलाई स्मेत राखि निर्णय गर्दा पैवाध काटि पाउ भन्ने ५७४ नम्वर दर्ता भएको अपिलाट गोश्वाराको ईन्साफ सदर भै आजैका मितिमा छिनियको हुदा यस्मा पनि ईन्साफ गोश्वाराको मनासिव ठहर्छ अपिल गरेमा गोश्वारा बाट डंड जरिवाना केहि नगरेकोले तजविज रु १ यक जरीवाना हुन्छ रुजु हुदा असुल गर्नु भनि तहशिल मा लगत दि मिसिल भोरं गौश्वारामा पठाई दीनु ।
भैरव राज पंत
न्यायाधीश
ईति संवत २०१० साल आश्वीं २० गते रोज ३ शुभम्