निर्णय नं. ५८० - डाका
५८०
श्री
नेपाल प्रधान न्यायलय सिंगल वेञ्च
ठा नं. ७३
मुद्दा डाका
वलभद्र गोतामे जैसीको हकमा नीवेदन गर्ने ल.पु.ई. पिउटार वस्ने हरीमाया
विपक्ष का.प.ई. सुगुरे वस्ने नरराज गीरी
इजलास
श्री माननिय प्रधान न्यायाधिश हरी प्रसाद प्रधान एम. ए. विएल.
आदेश
यस्मा सिंधुपालचोक अदालतका चीठी साथ फिर्ता आएको का.प.ई. सुगुरे वस्ने नरराज गीरी समेतसंगको डाका मुद्दामा का.प. अदालतका फैसलाले गरेको कैद वर्ष ३। मा वाकी कैदको रुपैया तिर्न पाउ भनि ल.पु.ई. पिउटार घर भै सदर जेलमा थुनिएका वलभद्र गोतामेका हकमा हरीमायाले दिएका निवेदनमा भएका आदेश वमोजिं पेश हुदा अैं सवाल वमोजिं गर्नु भनी काप्रेपलांचोक अदालतमा पठाई दिनु भनी लेखिएकोले सो २०१० ।८।९।३ मा भएका आदेश वमोजिं गर्नु होला भनी सो मिसिल समेत ईलाका काप्रेपलांचोक अदालतमा पठाई दिनु ।
प्रधान न्यायाधीस
इति सम्वत् २०११ साल जेष्ट ७ गते रोज ५ सुभम्