• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ०७ - जग्गा खिचोला

साल: २००९ महिना: पौस फैसला मिति :२००९/०९/२५ १८३

अभिलेख दर्ता नं 7/2009,  92/1078

राधिका तिवारी  वि.    देविलाल तिवारी

मुद्दा : जग्गा खिचलो

प्रधान् न्यायालय डिभिजन बेन्च

मुद्दा नं 1078

अपिलाट राधिका तिवारनी जैसीनी पं3नंजील्लै कास्की मौजे तल्ला कोट मध्य उपल्ला     काभ्रे         वि.

देविलाल तिवारी जैसी पं 3    नंजल्लै कास्की मौजे तल्ला कोट मध्य उपल्ला काभ्रे

 

मुद्दा  :        जग्गा खिचोला

इजलास :

श्रीमान् नि.प्र. न्यायाधीश  प्रदिप्त मान्यवर नेपाल तारा ले.ज.प्रकाश शमशेर ज.ब.रा. ज्यू

श्री माननीय न्यायाधीश भैरबराज पन्त उपाध्याय ज्यू

                        फैसला

प्रधान् न्यायालयमा परेको यो मामीला यस डिभिजन बेन्चबाट हेर्दा ,

तिरो रू 17/19।को ठूलो खेत /43/2/4 तिरो रू /70/2को टार खेत /8/6समेत मेरा लोग्ने प्रजापतीको नाउमा दर्ता भै भोगी आएको 03/1/10 मा प्रतिवादी लीलाधरले खनजोत खिचोला गरे खिचोला मेटाइपाँउ भन्ने 03/2/10 को वादी रहेछ ।

वादी दावीको जग्गा वादीको लोग्ने प्रजापतीको 1 भाग र महेश्वर देवीलाल समेतको 2 भाग अंश भै वादीको भाग निजको लोग्ने ले दाताराम संग 81/12/4 मा मो.रू 250 र निजको छोरा विष्णु प्रसाद शर्मा  93/9/16 मा मो. रू 30 थप लिइ भोग बन्धक दिएकोले मैले भोग लिइएको पचासे खेत विष्णु प्रसाद लाइ सट्टा दिइ सो खेत मैले भोगेको छु भन्ने लीलाधरको 03/6/27 को प्रति उत्तर रहेछ ।

वादी दावीको 2कित्ता खेत 90 सालको जाँचमा वादीको लोग्ने का नाँउमा दर्ता भएतापनि वाजे रामचन्द्रको  पार्वता र उमा दुइ स्वास्नी भै जेठी पार्वताको छोरो मेराबाजे पदमलाल र कान्छी उमाको छोरो बादीको लोग्नेको वाजे हरिलाल दुइभाइ भिन्न हुँदा ठुलो खेत /28/15। र टार खेत 6/15समेत मेरो अंश पाएको जग्गा हुनाले भोगचलन गरी खाइआएको छु  वादीको एकलौटी हक होइन भन्ने पेटवोलीवाट बुझिएको देविलालको 03/10/3को बयान रहेछ वादीको लोग्ने प्रजापतीले ठुलो खेत /7/7/3वाबु दाता लाइ 81सालमा मो रू २५० मा र पछि ९३ सालमा म संग मोरू ३० थप समेत लिइ भोग बन्धकमै दिइराखेकोले सो खेत र लीलाधरले नरहरी वाट भोग बन्धक लिइएको पचासे भन्ने खेत सट्टा पट्टा गरी खाइ आएका छौ एकलौटी हक भन्ने बादी झुटा हो भन्ने पेटवोली वाट बुझिएको विष्णु प्रसादको ०३/11121/3को बयान रहेछ  महेश्वरले  म्याद गुजारेको र गोश्वारा हक लाग्ने भया कागज हुनु पर्ने नभएकोले दर्ता बमोजिम जग्गा मा बादीको हक देखिनाले बन्धकी बाहेकको जग्गा प्रतेवादीले खिचोला गरेको ठहर्छ भन्ने 04/8/5 /5 को श्री ३ स.पोखरा अदालतको फैसला  रहेछ ।

दर्तावाला प्रजापतिले दर्ताको हक छाडी 93/12/11गते मञ्जुरी कागज गरिदिएको छ भन्ने प्र.देविलालले अपिलमा पेश गरेको कागज किर्ते भन्ने वादी राधिकाको बयान भै जाँच गराउदा सहिछाप मिल्छ भने मास्टरले लेखिदिएपनी दर्ताको हक छोडेको लिखत पास नभएको ले इन्साफ सुरू अदालतको मनासिव ठहर्छ भन्ने अपिल पहिलाको 06/12/17 को फैसला रहेछ

वादी राधिका को लोग्ने प्रजापतीले गरीदिएको 93/12/11गतेका छोडपत्र बमोजिमका जग्गा प्रते वादी देवीलालले भोगगर्न पाउने ठहर्छ सोहिबखत पास नभएकोले जाहेर गरेका छौ भन्ने 07/9/27/5को प्रधान न्यायालय पहिला फाँटले गरेको जाहेरी फैसलाको शिरमा ईन्साफ प्रधान न्यायालय पहिला फाँटको मनासिव भन्ने 08/1/5/4 को का मु .प्रधान न्यायाधीशको तोक फैसला रहेछ ।

ईन्साफ जाँचीपाँउ भन्ने राधिका तिवारनी को तो.नं 5233को निवेदनमा 08सालमा छिनिएको रहेछ भन्ने मिसिल झिकी इन्साफ जाँची ऐन सवाल वमोजिम गर्नु भन्ने श्री माननीय प्रधान न्यायाधीश जी को 08/10/4/6 को आदेश रहेको छ  यस डिभिजन बेन्च बाट तारेखमा रहेका वादी राधिका ,प्र.देविलाल लाइ राखी छलफल  निर्णय हुँदा तल लेखिए बमोजिम ठह्रायो ।देवीलाल समेतको अंशको जग्गा भए 90 सालको जाँचमा प्रजापतीको नाउमा मात्र दर्ता गराउन नपर्ने

गोश्वारा हक लाग्ने जग्गा भए  गोश्वारी कागज हुनु पर्ने सो नभएको भन्ने बुँदा लगाइ सुरूले फैसला गरेपछि मेरो नाँउमा दर्ता भएपनी तिमीसमेतको हक जग्गा हुनाले आफ्नो आफ्नो अंश जग्गा भोग गर्नु भन्ने प्रजापतीले गरिदिएको भनी अपिलमा मात्र देवीलाल ले पेश गरेको कागज वादीको लोग्ने प्रजापतीले जग्गा दर्तागराई भोग तिरो गरेको तीनवर्ष पछी /93/12/11 मा भएको कागज पेश भएको पनि नदेखिएको ।

सो कागजको  मुद्दा पर्नु भन्दा दश वर्ष अगाडीको देखिएको र श्री माननीय प्रधान न्यायाधीशका 09/1/25/4का आदेश बमोजिम सर्जिमिन बुझिदा झगडा परेको जग्गा 1 भाग वादीको र 2 भाग प्रतिवादीको अंशभाग भन्ने बेहोरा धेरै जसो सर्जिमिनको लेखाइ भएको सो बमोजिम देविलालले जग्गा भोगेको  भए साल सालमा तिरो तिरेको रसिद पेश गर्न सक्नु पर्नेमा अरू सालको रसिद छ भन्न  र पेश गर्न नसकेको 2003/2004 साल वर्ष २को रसिद नक्कल सम्म पेश गरेको देखिएको छलफलमा सक्कल रसिद हेर्न माग्दा हरायो भनी देखाउन नसकरेकोले निजले तिरो भरो गरेको नदेखिने ।

तिरो तिरेको रसिद सबुत बेगर देवीलालले सो जग्गा भोग गरेको रहेछ भनी ठह्राउन मुनासिव नपर्ने भै तिरो र भोग कायम हुन नआयकोले 93/12/11 को कागज बाट देवीलालको जग्गामा दावी पुग्न नसक्ने ।

90सालको जाँचमा वादीको लोग्नेले जग्गा दर्ता गराइ दर्ता बमोजिम जग्गा भोग गरी तिरो भरो गरेको रसिद प्रमाणहरू देखिएको हुँदा प्रधान न्यायालय पहिला र का.मु श्री प्र.न्यायाधीशले गरेको ईन्साफ ठिक गरेको नदेखिएको ले समेत दर्ता बमोजिम जग्गा वादीको हक ठह्राइअपिल पहिलाले ०६/12/17मा छिनेको इन्साफ मनासिव ठहर्छ ।

सुरु अदालत रअपिलका फैसलाले लिने गरेको दण्ड जरिमाना जितौरी यशोगर्नु भन्ने प्रधान न्यायालयको पहिलाको फसलामा केहि नलेखि अपिलले दिएको लगत कायम नै हुदा अपिल उपर न्यायालयमा अपिल गररेमा प्र.देवीलाल लाइ सुरु दण्ड मोरु .1को कागजका 10नंले सयकडा 5 ले रु /५ दण्ड हुनेमा र ।।।। 4पैसा लिनु पर्दैन मो रु  /१पैसा मात्र लिनु रूजु हुदा ऐन बमोजिम तहसिलमा लगत दिनु ।

ईन्साफ उल्टिमा प्रधान न्यायालय पहिला सदर मामिला निकाशी समेतलाइ केहि गर्नु पर्दैन ।

यो मिसिल रोक्का वाली ऐन बमोजिम फुकुवा दिन समेत जिल्ला अदालतमा पठाउन अदालत तहसिल मिसिल फाँटमा वुझाइदिनु ।

 

 

भैरब राज पन्त

  न्यायाधीश                       न्यायाधीश 

                                प्रकाश शमशेर...................... 

  

इति सम्वत 2009 पौष 25गते रोज 5 शुभम्      

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563