निर्णय नं. ५९९ - लीखत बदर गरी अंश पाउ
अभिलेख दर्ता नं.५99/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.351/700 नि.नं.............
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
अ.नं.४६२ x ७००
मुद्दा लीखत बदर गरी अंश पाउ
अपिलाट् जी वाके तप्पे कारकाडौ मौ. जमुनाहा वस्ने वेच कुर्मी -१
ऐ ऐ मौफुल विसुंदर वस्ने सिताराम अहीर –।
ऐ ऐ वस्ने राम लोटन कुर्मी –।
ऐ ऐ मध्ये नगर भंन्ये डोडो गाऊ बस्ने किसुन अहीर -१
ऐ ऐ वस्ने छेदि अहिर -१
विपक्ष - विदेश नरैनापुर भंने राम पुर हुसैन वस बस्ने जंगनाथ कुर्मी –।
ऐ ऐ बस्ने मीर्जा कुर्मी –।
ऐ ऐ वस्ने त्रिवेणी कुर्मी -।
इजलास
श्री माननीय न्यायाधीश भैरवराज पन्तोपाध्याय
फैसला
ठाकुरका छोरा राम औतार राजाराम श्री किसुन वैजनाथ हरी प्रसाद राम औतारको श्वास्नी उमराउ, छोरा भगवति देवि प्रसाद, भगवतिको श्वास्नी रामप्यारी, देवि प्रसादको श्वास्नी रामकला, राजारामको छोरा मीर्जा श्री कीसुनका छोरा जंगनाथ मीमी वैजनाथको छोरा राम संकर हरि प्रसादको छोरा त्रिवेणी मालति भयेको वैजनाथ वाहेक अरु ४ भाइ सगोल वसी आयेका वखत ६७ साल भन्दा अघी मुगलानावाट हाम्रा वावुहरू समेत सरहद फुल विसुंपुरमा आई वसेछन् जेडा वावुराम औतारको ससुरा रघुवीरवाट हाम्रा वावुहरूले २ आना पंति जीमीदारी खरिद गरी ली जेठि आमा मुमरामका नाउमा दर्ता गरायेका र मुगलानामा हामीहरूका वावु र सरहदमा जेठा वावु जेटि आमा वसी ३ भाग आयेस्ता दुवै तर्फको हाम्रा बावुहरूले र १ भाग जेठा वावुले खायेको जेठा वावु जेटि आमा देवि प्रसाद मरेपछि सो २ आना जीमीदारी र विदेसको जगा स्मेत भगवति कै नाउमा दर्ता गरी भोग गरेको नीज मरी हामी मुगलानीया भयेकोले पछि माहाराजा भंन्ने रमकलाका नाउमा दुवै तर्फको जगा दर्ता भै मीली जुली आयेको यो षाल उवजा कस्तो भो भनी हेर्न आउदा जगा फुपुसंग ली सके भनि वेचनले भनेको माल्मा गै हेर्दा ०६।१०।१४ गते घरसारमा र ०७।१।११।१ मा वेचनलाई माहाराजा भंने रकलालले २५००१ मा सो २ आना पंति जीमीदारी र खपराको भईतले घर सो घरले चर्चेको अगवार पटुवार जमीं स्मेत वेदांमा राजीनामा पाष गरी अरु प्रतेवादी साछी भै विक्री गरेछन् उमेर नपुगेको स्वास्नी मानीसवाट सगोलको धनले खरिद गरेको जीमीदारी घर जगा स्मेत हाम्रो वेमंजुरीले विक्री गरेको लेखत राजीनामा वदर गरी हाम्रो हकमा पर्ने ३ षंड जीमीदारी धंमाल समेत समेतको रंकलावाट फाट ली अंश दीलाई भराई पाऊ भंने वादी ।
फुल विसनपुर २ आना पंति जीमीदारी साछीहरूका रोहवरमा कंरु २५००१ मा रूपैञा गनीगनाउ गरी पुर्खौली धनले राजीनामा गराई लीयाको हु बादीहरूको हकको जीमीदारी लीयाको र वादीहरूको हक स्मेत छैन नीकासा गराई लीये पछि दर्ता गरि पाऊ भनि माल्मा दर्खास्त दी सवाल वमोजीं ३५ दीने म्याद टास भयेको सो म्यादमा ऊजुर गर्न नसकी म्याद गुजारेकोले वाके मालवाट ०७।३।११ गते वाहाली दीने गरी फैसला भै वहाली समेत दीयाको ३ मैन्हा पछि जाल अजमाई नालेस गरेको हो भंन्ने वेचनको प्रतेवादी ।
मूल पुर्खा ठाकुरकै पालादेखि नीजको जेठो छोरा मेरो ससुरा राम औतार माहीला मीर्जाको बावु राजाराम साहीला बादी जगंनाथको वावु श्री कीसुन काहीला राम शङ्करको वावु वैजनाथ कांछा त्रिवेणीको वावु हरि प्रसाद स्मेत अंश वण्डा गरी आफ्नु खति उपति गरी वेगल वसी वादी स्मेत विदेश नरैनापुरमा वसेको जगा स्मेत वेगला वेगलै आफ्ना आफ्ना नाउमा दर्ता गराई भोग चलं गरेको छ, राम औारको व्याहा सरद फुल वीसंपुरमा रघुवीरको छोरी मेरो सासु मुम राम संग भयेको नाताले आई रघुवीरको घरमा वसी वीदेस नरैनापुरको जगा भोग गरी आयको र सासुलाई नीजका वावु आमाले दाइजो दीयाको दोहवा धनले सासुले वावु रघुवीर संग फुलवीसंपुर २ पंति जीमीदारी र मौज्ये रामपुरको २ जीमीदारी ६२ साल्मा खरिद गरी ली आफ्ना नाऊमा दर्ता गरी भोग गरेको नीज मरेपछि वीदेशको जगा र फुलविसनपुर २ पंति जीमीदारी समेत दर्ता भयेको सासु मरेपछि भगौतिका नाउमा र नीज मरेपछि मेरा नाउमा दर्ता गराई मैले भोग चलं गरेको बादीहरूले भोग चलं गरेको र सगोलको समेत होइन दु:ख दिन झुट्टा दावा गरेको हो भन्ने समेत माहाराजा भंने रंकलाको र वेचनले रमकलालाई कंरु २५००१ हामीहरूका सामुंन्ने गनीगनाउ गरी वुझी ली फुल विसंपुर २ षंति श्जीमीदारी घरघडेरी स्मेत राजीनामा नीकासा गरेको हो सो जीमीदारीमा बादीहरूको हक छैन आयेस्ता समेत वादीहरूले षाने गरेको र हामीहरूले जालसाजी गरेको समेत होइन भंने राम लगन सीताराम छेदीकीसुन स्मेतको यौटे प्रतेवादी ।
पाटुवारी वीन्टुलालले ७।८।६ को इतलायको म्याद गुजारेको ।
सगोलको भये रकमलाका नाउमा दर्ता राखन नहुने विदेशी भने सदरमा आई वसछु भनि जाहेर गरी दर्ता गरायेपनि हुने सो गर्न नसकेको रंकलालको लोगने मरेपछि सरहदमा आई वसी ईवालालको हेरबीचार गर्नु पर्ने सो गरेको प्रमाण गुजार्न नसकेको वेचनलाई जीमीदारी विक्री गर्दा हकवालाका नाउमा म्याद टास हुदा उसै वखत माल्मा दर्खास्त दी बदर गराउनु पर्ने वाहाली ली वाहाली गरी सकेपछि मात्र उजुर गरेको प्र.का साछीले बादीहरूका वावुकै पालामा भींन भयेको भनेको वटैया कीनेको भये वटैयादारको कागज र हरूवाबाट कमायेको भये सो लेखत सकनु पर्ने नसकेकोले अघीनै भींन भयको देखीने हुनाले अघीनै भींन भै सकेको सगोल्को धनले जीमीदारी खरीद गरेको ठहर्दै रमकलाकै हक भोगको फुल बीसंपुर २ पंती जीमीदारी समेत देखिनाले लेखत वदर गरी ३ हीस्सा पाउ भनि बादीले झुठै उजुर गरेको ठहर्छ भंने स्मेत वाके अमीनीको फैसला ।
भींन भयेको भये वण्डापत्र पेश गर्नु पर्ने पेवा दाइजो भये राजीनामामा लेखीनु पर्ने यस यसको अंशको जगा येस ठाउमा यति छ भंन सकनु पर्ने रीं तीरेको फट्टा पेस गर्न सक्नु पर्ने सोही घरमा रंकला वसेकी छ भंन्ये नीज्का साछी बाट देषीयको छ लेखक साछीले म्याद गुजारेको वीदेसको जगा स्मेत प्रतिवादीका नांमा दर्ता राषी हामीले तीरो गरेका छौं सगोल दर्तामा दर्तावालाको हक ठहराउन नहुने बीदेसको हाम्रो जगा प्र का नाउमा दर्ता भयेपछि ञाहाको जीमीदारीमा हाम्रो हक देखियेकै छ, रमकलाका नाउको धेर जसो जगाको तीरो हामीले गरेको भीन्न भयेको भये वीदेशको जगाको तीरो हामीले गर्नु नपर्ने भंने स्मेत वादीहरूको अपील ।
रंकलाल वादीहरू ३ पुस्ताको हकदार देखियेको भींन भयेको भये वण्डा पत्र स्मेत हुन पर्ने वादीहरूका भागमा यो यो जगा छ भंन सकनु पर्ने पेवा धंवाट खरीद गरेको भये लीखतमा खुल्न पर्ने नखुलेको आफु खुस गर्न नपाउने भगवति रंकला सरहदीया हुदा नीजहरूका नाउमा दर्ता गरी चारैजना चारै जनाले भोग गरेको देखिने जगा खरीद गर्नु भंदा अघी साछीले नचींने ती साछीले अघी भींन भयेको भंने कुरा पत्यार नपर्ने उसवखत साछी नावालख देखिने हुदा साछी झुट्टा रंकलाका नाउमा दुवै तर्फ जगा दर्ता देषीयेको वीदेसको केही साल्को तीरो वादीहरूले प्रतिवादीवाट वुझायेको देषीयको वादीको अरू अंशको जगा नदेषीयेकोले सगोल भंने देखिने येक जनाका नाउमा दर्ता राषी सवै अंसीयारले खाने हकदार दुवैमा भै रहेकै साहु तीरी फट्टा लीयेको छु भंन नसकेको तमसुकमा घर खर्च गर्न भन्ने स्मेत लेषीयेकोले फुपु भदा मिली बादीहरूलाई अंश मार्न जाल गरेको देषीने वेथनले यो हैसियको हुं भन्न नसकेको १।। कोस फरक रजीष्ट्रसंमा गै कागज गर्न नसकेको तेस्तो जालसाजवाट राजीनामा गराई ली वाहाली लीयेको पाको मांन नहुने रंकला वेचंकां गै वसेकीले वादीको श्रेस्तामा वेंजाल गरेको देखिने साछीले येति यस्तो नोट रूपैया लीये दीयेको भंन नसकेको लेखक साछीले म्याद गुजारेकोले स्मेत वादीको अंश मर्न आएको अंशको जगा स्मेत वेदांमा विक्रि गरेको ठहर्छ भंन्ने स्मेत वाके वर्दिया अपीलको फेसला ।
दर्ता तीरो भोग गर्न धनीले गरेको व्यवहार झगडियाले लीखत वदर गरी अंश दीलाई पाउ भनदा भन्दै जालसाजी भन्न नहुने आयेस्ता बाडी खायेको भनेवाट अंश गरी नसकेको देखिने सगोलको भये गौवधैमा अंश छुट्याई दर्ता गराई लीन सक्नु पर्ने उमराई मरी भगवतिका नाउमा दर्ता भयाको अवस्थामा र भगवति भरि रमकलाका नाउमा दर्ता हुदा स्मेत ऊजुर गरी द्रता दाषील गराऊन सक्नु पर्ने दर्ता गर्न म्याद टासेकोमा हाजिर हुन नसकेको हदम्याद गुजारी नालेस गरेकोले षारेज गर्नु पर्ने येक पटक पास भयेको आर्को पटक ३५ दीने म्याद हकवाला स्मेतलाई था दीन वास भै दर्ता बहाली भयेको म्याद नघाई ऊजुर परेकोमा जालसाजी भंन अपिल्को अंन्याय हो भंने स्मेत सीताराम रामलोटन कीसुन छेत्री समेतको अपिल ।
दर्ता वाहाललाई वाके मालवाट टास हुदा हाजीर हुन नसकेकोले फैसला भै वाहाली ली भोग तिरो गरेको बादीको अंश रमकलाले राजीनामा गरेको भयेमा म्याद भित्र उजुर गर्नु पर्ने वैजनाथसंग अघिनै छुटियेको भनेको बादी प्रतीवादीको वतन वेगल वेगलै लेषेकोले मात्र वसेको सिद्ध हुने वैजनाथ भींन्न हुदा यो धं जगा पायेको भंन नसकेपछि दाता स्वास्नी मानीसले वण्डापत्र पेस गर्न नसकेको भन्न नहुने वीदेशको जगा हरयेक अंशीयारको वेगला वेगलै दाखिल दर्ता भयेको श्रेस्ता तहसील दर्दा अड्डामा छ भनि प्रतेवादीका दाताले प्रमाण दीयेको आफ्नो भोगको रसीद स्मेत पेस गरेकोमा प्रमाणै नलगाई तहसील दर्ता नवुझी नलागने प्रमाण लगायेको सरहदको आयेस्ता वाडी खायेको भये कुनै ठाउको यौटा रसीद हस्तेवारी मालपोत वुझायेको वातेमै ली राषेको रसिद पेस दाखिल गर्न सक्नु पर्ने सरहदको यो ठाऊमा येति जगा जीमीदारी दोपाया चौपायामा छ भनि भन्न नसकेको तेस्ताले साल साल आयेस्ता वाँडी खायेको भन्ने कुरा पत्यार नपर्ने आयेस्ता वादी भन्ने लेखाईबाट पनि अघीनै भीन्न भयेको भन्ने देखिने बादीले भोग चलं गरेको भनी वादीकै साछीले भन्न नसकेको येति येति आयस्ता वादी खायेको भन्ने सवुद दीन नसकेको हाम्रा मुलुकका रैतीले वीराना मुलुक्का मानिसलाई ०७८।९।२७ गते देखि अघी जीमीदारी ८२ सालदेखि अघी मधेसको रैकर जगा खरीद विक्री दी वकसपत्र इत्यादी दी गरी दीये लीयेको सदरै छ भन्ने अदलको २१ नंम्वरमा लेखियेकोले बादी वीदेसी भयेकोले नीजका नाउमा दर्ता नभयेको भंन्ये कुरा फजुल देखिने वादी अंशीयार भये पटक पटक अर्काका नाउमा दर्ता हुदा दर्ता गराउन सक्नु पर्ने रूपैया लीनु दीनु नगरी लिखत गरेको देखेको भन्ने साछीले भन्न नसकेको अैं ले घरसारमा लेंदें गरी अडामा गै पास हुने भयेको सो वमोजीं पास भयेको बादीको हक भये मालवाट टाँस भयेका ३५ दीन भीत्र उजुर गर्न सक्नु पर्ने झगडा भयेका साल्को मालपोत पनी बादीहरूले तीर्न नसकेको उमेर नपुगेको भनि अड्डाले ठहराउन नसकेको वेपैसामा लीखत गरी दीयेको भन्ये वकसपत्रै लेषि दी थीं जसमा हकवालाले हकसफा समेत गर्न पाउने थीयेन जगा जीमीदारीस्मेत भयेको औकातदार म हुँ भन्ने मेरो र सोही मीलां साछी सवुद भयेकोले हैसियत नभयेको भंन नहुने भंने समेत वेचनको अपिल ।
यसमा रघुवीरवाट नीजकी छोरी उमराउले यो २ पंनि जीमीदारी स्मेत ७०१ रूपैञामा राजीनामा गराई ली आफ्ना नाऊमा दर्ता गराएकीले नीजै उमराईकै पेवा धन वाट खरीद गरेको नीजैका हकको जीमीदारी भन्नु पर्ने नीज उमराउ मरेपछि सगोलको भये बादी वा बादीका वावुहरूका नाउमा दर्ता नाउसारी गराउन सक्नु पर्ने सो नसकी उमराउकै छोरा भगवतीका नाउमा नाउसारी दर्ता भयेको तेस उपर म्याद भित्र उजुर गरी आफ्ना आफ्ना नाऊमा दर्ता गराउनु पर्ने गरेको नदेखियेको तेसपछि निजै भगवतीको भाइ वुहारी महाराजा भंने रंकलाका नाउमा दर्ता हुन आउदा समेत उजुर वाजुर गरी आफ्ना नाउमा दर्ता गराउन नसकी उमराउले खरिद गरी दान वकसका ४क नम्वरका रूल वमोजिं उमराउका नाउमा दर्ता भै तेसपछी नीजका छोरा भगवती वुहारी रमकला समेतका नाउमा दर्ता भयेकोले उमराउकै पेवा धनवाट खरीद भै दाइजो पेवा कै रूपवाट नीजकै संतानका नाउमा दर्ता भयेको देखियेको विदेशवाट झीकाई आयेको खतिवन हेर्दा पनि अघि नै भींन भै बादीहरूका वावुहरू र रामकलाको लोगनेका नाउमा ६६ नंवरको जगा फारी चारै अंशीयारका नाउमा दर्ता भै हाल वादीहरू रमकलाका नाउमा दर्ता भयेको चर्दा तहसिलवाट आयेको सो वीदेशको खतिवन दर्तावाट देखियेको र अंश नदीलाई अपीलले फैसला गरे उपर बादीको अपीलै नपरी चीत वुझाइ वसेकोवाट स्मेत अघी नै अंश भयेको भंन पर्ने र सुरू फैसलामा लेखियाका वुदा प्रमाण परीवन्दबाट स्मेत इन्साफ सुरूको मुनासिव छ अपीलवाट गलत इन्साफ गरेको ठहर्छ तपसीलको कलंमा तपसीलमा लेखिया वमोजिं गर्नू
तपसील
देहायका वादीहरूके लीखत वदर गरी अंश दिलाई पाऊ भनी झुट्टा दावी गरेको ठहरेकाले विगो कंरु २५००१ मध्ये बादीहरूको अंश फाट ३ षंडको कंरु १८७५०।।। मोलीने जीमीदारी जगाको अंश वण्डाको ५४ नंवरले सैक्रा १० ले कैरु १८७५/।। र अपील गरेमा हा.का. १० नंम्वरले सयकडा १० ले कंरु १८७।।.। स्मेत ज्मा कंरु २०६२।।-।। डंड हुन्छ अपील गर्दा ७।१२।३१ र ८।१।१३ मा तीरेको देखीयेको कंरु १८७५।। कट्टा गरी बाँकी कंरु १८७।।.। वारेश हुदा देहायका दर्ले असुल गर्न तहसील्मा लगत दीने --------
वीदेश जिल्ला वहराइच ठाना रूपैडीहा मौज्ये नरैनपुर भंने रामपुर हुसें वक्स वस्ने मीर्जा कुर्मी के कंरु ------६२।।.।
ऐ ऐ वस्ने जगंनाथ कुर्मी के कंरु ----६२।।.
ऐ ऐ जंम भै हाल तप्पे कारकाडौं मौज्ये फुल विसंपुर वस्ने त्रिवेणी कुर्मी के कंरु ----६२।।.
झुट्टा वकने देहायका मानीसहरू के अ.वं २१३ नं ले तजवीजी कंरु १ येकका दर्ले डंड हुन्छ वेरूजु हुदा असुल गर्न ऐ ------
तप्पे कारकाडौं मौज्ये फुल विसंपुर वस्ने महावीर कुर्मी के कंरु –१
ऐ ऐ वंजोर गाऊ वस्ने गोकुल कुर्मी के कंरु –१
ऐ ऐ मौज्ये वाके गाउ वस्ने वालख चमार के कंरु –१
ऐ ऐ वस्ने भैरव कूर्मी के कंरु –१
वीदेश जी वहराइच ठाना रूपैडीया मौज्ये नरैनापुर भंन्ये रामपुर हुसंवक्स वस्ने महावीर सीं ठाकुर के कंरु –१
ऐ ऐ वस्ने झूलर कूर्मी के रु –१
ऐ ऐ वस्ने नटकौ चमार के रु –१
ऐ ऐ वस्ने अनइ गोसाई के कंरु –१
वाके वर्दीया अपिलले देहायका प्रतिवादीहरू ज्वां २ लाई गरेको डंड कंरु ९३७६।२ नलागने हुदा असुल भयेको भयें फीर्ता नभयेको भये लगत काटी दिने भनी ऐ ऐ --------
तप्पे कारकाडौ मौज्ये फुल वीसंपुर वस्ने प्र. महाराजा भंन्ये रंकला कुर्मिनी के कंरु येकतीस सये छवीस दुई आना -----------३१२६/
तप्पे कारकाडौ मौज्ये जमुनाहा मध्ये टंक पसेरी वस्ने प्र. वेचन कुर्मी के कंरु वासठ्ठी सये पचास रु चार आना -----५२५०।.
देहायका मानीसके अपील्वाट डंड कंरु १० का दर्ले गर्ने गरेको नलागने भयेकोले असुल भयेको भये देहायका दर्ले फीर्ता नभये लगत काटी दीनु भनि ऐ ऐ -------
तप्पे कारकाडौ मौज्ये जमुनाहा वस्ने छेदि अहीर के नीजले अपिल गर्दा ८।१।२७ गते वाके अमिनीमा डंड कंरु १० वुझायेको रसीद दाखिल गरेको देखियेको र नीजले १०।५।१७ गतेको दोश्रा पटकको तारेख गुजारेकोले हा.का. १० नं ले सैकडा १० ले कंरु १ डंड हुने मुद्दा डीसमीस गरायेमा अ.वं २२८ नं ले सयेकडा ५ ले कंरु /येक आना डीसमीस डंड कटाई वाँकी फीर्ता दिनु पर्ने कंरु नौ रूपैञा पन्ध्र आना -----९।।।३
ऐ ऐ फुल विसंपुर वस्ने लोटं कुर्मी के ऐ ऐ हुदा फीर्ता दीन पर्ने कंरु नौ रूपैञा पन्ध्र आना -----९।।।३
ऐ ऐ वस्ने किसुं अहीर के ऐ ऐ हुदा फीर्ता दीनु पर्ने कंरु नौ रूपैञा पन्ध्र आना -----९।।।३
ऐ ऐ फुल विसंपुर वस्ने सीताराम अहीर के सुरूले गरेको डंड कंरु १० रूपैञा ०८।४।१८।५ मा वाके अमिनीमा वुझायेको रसिदवाट देखिएकोले ऐ ऐ हुदा फीर्ता दिनु पर्ने कंरु नौ रूपञा पन्ध्र आना ----------९।।।३
नेपालगंज घरवारी टोल बस्ने पटुवारी वीन्दु लाल्के अपील्वाट गरेको डंड कंरु १० असुल भयेको भये फीर्ता नभये लगत काटी दिनु भनि ऐ ऐ ---------१०
झुट्टा वकने भनी अपीलवाट देहायका मानीसलाई गर्ने गरेको डंड कंरु १ येकका दर्ले गरेको नलागने हुदा असुल भयेको भये फिर्ता नभये लगत काटी दीनु भनी ऐ ऐ --------
तप्पे कारकाडौ मौजे जमुना टंक पसेरी वस्ने वीरेन्द्र कुर्मी के -१
ऐ फूल वीसंपुर वस्ने जंगली कपार के कंरु -१
ऐ ऐ वस्ने देवी दीं काहार के कंरु -१
ऐ परसपुर वस्ने गुलाम हजरत दर्जी के कंरु -१
ऐ मौज्ये जमुनाहा वस्ने द्वारख कुर्मी के कंरु –।
ऐ टंक पसेरी वस्ने खेलाउन लोध के रु –।
ऐ ऐ फुल विसंपुर वस्ने मथुरा कुर्मी के कंरु -१
ऐ ऐ वस्ने मलवारी अहीर के रु -१
बाँके अमिनीका लेफटं खड्क बहादुर कर्माचार्य ख रामभक्त श्रेष्टलाई अपील्का फैसलाले गर्ने गरेको जरिवाना कंरु १ येक नलागर्ने हुदा असुल भयेको भये फिर्ता नभये वेहोरा जनाई लगत काटी दीनु भनी पूर्जी गर्ने ऐ ऐ --------
बादी त्रिवेणी मीर्जा जगंनाथवाट लीने गरेको जीताउरी कंरु २८ नलागने भयेकोले अपील्का ८।१।१८ गतेका फैसलाले कंरु ९।–।२ का दर्ले लीने गरेको असुल भये फीर्ता नभये लगत काटी दीनु भनी ऐ ------
महाराजा भंने रमकलाका नाउमा दर्ता भयाको तदे कारकाडौ मौजे फुलविसंपुरको २ पं जीजी मां वारी र घर वादी त्रीवेणी जगंनाथ मीर्जा स्मेतले ४ षंडको ३ षंड पाउने भयेकोले वीगो २७९४।।।२।।। को ऽ/।। जीमीदारी चलं चलाई दीने भन्ने अपीलका फैसलामा लेखीयेको सो चलं चलउनु नपर्ने भयेकोले लगत काटी दीनु भनी ऐ ऐ -----
उल्टीमा वाँके वर्दीया अपील्का देहायका मानीसलाई कंरु १ येक जरीवाना हुन्छ असुल गर्न तहसील्मा लगत दीने -----
का.मु.ख. देवि सिं सिलवाल क्षेत्री इवीली के ।।।
वी. कनैयालाल तप्पे कारकाडौ मौ परमपुर स्मेत ----।
बादी त्रिवेणी कुर्मीको र प्रतेवादी वेचन कुर्मीको अपुताली मुद्दा सुरू वाके अमीनीवाट कीनारा भै सकेको र सो मीसील पठाई दिनु भनी वाँके वर्दीया अपिल्वाट झिकाइयेको र यौटै संवन्धको स्मेत नहुनाले सो मीसील अपीलमा पठाई दीनु ।
न्यायाधीश
इति सम्वत २०१० साल मार्ग १५ गते रोज २ शुभम् ।