निर्णय नं. ६०८ - कर्तवे ज्यां दवायो भंने
अभिलेख नं. ६०८/२०१०
रीट नं. ३१९/७४४
प्रधान न्यायालये सींगल बेञ्च
अ. नं ७४४
मुद्दा कर्तवे ज्यां दवायो भंने
अपीलाट् डोटी अदालतका डी. देवी वहादुर विपक्ष वादी सर्का
इजलास
श्री माननीये न्यायाधीस भैरवराज पंतोपाध्याय
फैसला
येस्मा हनंडा वीष्टको पक्राऊ जाहेरी परेको लछे कामी करतवे परी भरेको ज्यां डवायो भंने मुदामा सावीत हुनेलाई नेलठोकी र अरुलाई मौका तैकात नहुंजेल थुंने भनी डोटी अदालतले पर्चा गरी थुनेका मौका तैताक मुचुलका भै आयेपछी थुनीने मध्ये हरीभक्त मु. जैसी लालबहादुरको बीन्तीपत्र परेको र मोरु २०। डंड हुने कुरामा सावीत कैद भुक्तां भै तारेखमा राखन जाहेर गरेकोमा थुनीयेका मानिस येतीकुरामा सावीत भै थुनीयेको भंने खोली पर्चा गरी थुनुवा पुर्जी दीयेको नदेखियेकोले रु ५। जरीवाना गर्ने थुं छेक तर्फ संग्राम थापा राउत् रीपोट् गरेको मुनासीव भाने सार्की पीले जुहारले मौकामा देखे थाहा पायेकाले ज्यान समवंडीको ५० नं ले जरीवाना स्मेत हुने ऐ ३९ नं. ले वर्ष १४ को नावालखलाई सजाये नलागने र मु जैसी लालबहादुर सो वारदातमा नभयेको केही दिं पछी सुने भनेमा रसजमींले कुनै संका गर्न नसकेकाले नीजहरुलाई थुनामा राखने गरेको मुनासिव देखि हाजीर ज्मानी दीयेली तारेखमा राखने नदीये थुनामा राखु पर्ने देखियेका ४ जनालाई थुनेमा दीं २८ को मोरु ५६। जरिवाना गर्ने गरी डोटी अपीलले पर्चा गरेकोमा चित्त वुझेन भनी डी देवी बहादुरको अपील रीपोट गरेमा अरुमा जीकीर नली मु. जैसीं समेत ४ थुनेमा गरेको जरीवाना लागने भंने तर्फ मात्र जीकीर ली गरेका यो मुदा बुझ्दा मु जैहीं लालबहादुर भाने सार्की पीले कामी स्मेतलाई थुनेमा वेरीत संग थुनाको अैंले जरीवाना मोरु ५६। गर्ने गरी डोटी अपीलले ९।४।६।२ मा पर्चा गरेको मुनासीव अपील गरेमा डोटी अदालतका डी. देवीबहादुर वास्कोटा छेत्री प.१.नं. धादींके हा.का. १० नं. ले दसौद मोरु ५।६० पाच रुपैञा साठी पैसा थप डंड हुंछ अैं बमोजीं असुल गर्न अत फौ फाटमा लगत दी तदारुखता राथ कारवाई गरी अैं बमोजिं चाडो छींनु भनी मीसील सुरुमा पठवउन डोटी अपीलमा पठाई दीनु
भैरवराज पंत
न्यायाधीस
सं २०१० साल मार्ग १८ गते रोज ५ शुभ्म्।