• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६१८ - जारी करणी

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२१ १३०

अभिलेख दर्ता नं. ६१८।२०१०

रीट नं. ३०८/२१४

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

फौ.सा. नं. २१४

मुद्दा   जारी करणी


बादी पश्चीं ४ नं. ईलाका सतौँ ग्यादी रांडाडा बस्ने कपील मुनी ऊपाध्याय  

प्रतिबादी नुवाकोट पीपीठाना कमरे पानी बस्ने वदं खत्रीको छोरो कान्छो खत्रृस्मेत


श्री माननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम.ए. वी. एल.।

इजलास

ये    स्मा मेरी बीबाहीता स्वास्नी चन्द्रकला २००५।३।१५ गते घरबाट भागी गएकी ०६।१।४ मा पक्री स्वध्दा जी.मु. देवीप्रसादको कान्छो छोरो नाउ नजानेकोलाई दोश्रो करणी दीञे अनी ताराखको छोरो माहीलो नाउ नजानेकोसंग तेश्रो परी करणीमा वीग्रे भनेकीले सजाये गरी पंचायत्मा पैला नाठालाई मुडी जात पतीत गराई पाउँ भंनेस्मेत बादी कपील्मुनीको फेराद रहेछ।

देवीप्रशादको कांछो छोरो संग दोश्रो परी र ताराखको छोरो माहीलो संग तेश्रो परी करणी दीएको हुं भंनेस्मेत प्रतिवादी चन्द्रकलाको बयान रहेछ।

चन्द्रकलाले गर्भ रहेछ भनेकीले जाहेर गरेको छु अैंसवाल बमोजीं हवस भंने स्यांजा अदालतको ह. टंकबहादुरको रीपोट् रहेछ।

बदं खत्रीको छोरो संग करणि भएको त्यस्पछी नीजैसंग बसौला भंने बीचार्ले अघी छुटाएकी हुं भंने चन्द्रकलाको ततिंवा बयान रहेछ।

हामीले चन्द्रकलाको करणी गरेको छैन ईबीले झुट्टा पोलेकी हो भंने देवी प्रसादको कान्छो छोरो भनेको मोतीप्रसाद उपाध्याय १ ताराखर्को माहीलो छोरो भनेको देवीप्रशाद सुवेदी जैसी १ स्मेतको वयां रहेछ।

बदन खत्रृको छोरो कांछोलाई १५ दीने म्याद जारी गरेमा ०६।११।१०।३ मा टाँसीएको म्यादमा हाजीर नभै गैर भएको रहेछ।

चन्द्रकलाको करणी देविप्रसाद मोतीप्रसादले गरेको ठहर्दैन बदं खत्रृको छोरो कान्छोले करणी गरी गर्भस्मेत बोकाएको ठहर्छ जात पतीता गर्न ज्यान लींदा मुद्दाको १ नं बमोजीं र जारीका १५ नं बमोजीं साधक सदर भै आये बमोजीं गर्ने भनी २००८।१०।२०।१ मा स्याङ्जा अदालत्बाट जाहेरी फैसला गरेको रहेछ।

सुरु स्यांजा अदालतले जाहेर गरेको मुनासीब ठहराई २००९।१२।७।६ मा पाल्पा अपीलले जाहेरी फैसला गरेको रहेछ।

साधकद्वारा पेस हुन आएको यो मुद्दा बुझदा बदं खत्रीको छोरो कान्छो खत्रीले चन्द्रकला उपाध्यायनीको बीवाहीताको सत्य डगाई घटी बढीमा करणी लेन्दें गरेकाले नीजलाई मुडि जात पतित गर्न लाल्मोहोर बक्साउने ठहराई सुरु स्यांजा अदालतले जाहेर गरेको सदर गरी पाल्पा अपीलले जाहेर गरेको यो मुद्दा सीङ्गल बेञ्चमा पेश हुदा जात पतित गर्ने मुडने तर्फ अैं वीधानको छल्फललाई फुलबेञ्‍चमा पेश गर्नु भन्‍ने २०१०।२।२९।५ मा आदेश भएकोमा जात पतित गर्ने हकमा लाल्मोहोर बक्साउनु पर्ने रीत पुर्‍याउन बर्तमान सासन प्रणालीमा मील्ने गरी अैं नीयेमहरु संसोध हुनुपर्ने भनी लेखी गैरहेको स्व बमोजीं भै जारी भै आई नसकेको र येस सम्बन्धमा सर्कारबाट अैं नीयें बनी आयेपछी स्व बमोजीं गर्ने भन्‍ने स्मेत २०१०।२।२५ गते फुलकोर्टबाट नीर्णय भै सवै अदालत अपीलहरुलाई लेखी गै सकेको भै येस्मुद्दामा पनी स्वही बमोजीं गरी दीये हुने भयेबाट फुलवेञ्चमा पेर गर्नु पर्दैन यो जारी मुद्दामा पनी नीज बदं खत्रीको छोरो कान्छो खत्रीलाई लालमोहोर बक्साई मुडी जात पतीत गर्न स्व २०१०।२।२५ गतेमा भएको फुलकोर्टको नीर्णय बमोजीं गर्नु भनी मिसील जील्ला अपील्मा पठाई दीनु।

 

हरिप्रसाद

      प्रधान न्यायाधीश

ईति सम्वत् २०१० साल मार्ग २१ गते रोज १ शुभ्म्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..