• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२३ - जगा वाली

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ ९०

अभिलेख नं. ६२३/२०१०

रीट नं. २६०/९०३३

नेपाल प्रधान न्यायालय डिभीजन बेञ्‍च

मुद्दा नं ९०३

मुद्दा: जगा वाली


सप्तरी प्र पकरी मौजे लक्ष्मीनीया बस्ने वादी महादेव साहु तेली

सप्तरी पकरी मौजे लक्ष्मीनीया वस्ने रामसुन्दर साहु तेली स्मेत


 

ईजलास


श्री माननीय प्रधान न्यायाधीश हरीप्रसाद प्रधान एम्.ए. विएल् ।

श्री माननीय न्यायाधीस भैरवराज पंत  

फैसला

येस्मा मेरो नं. ८८ को कीत्ता १ नं ४६ को कीत्ता १ नं ४७˟४८ की कीता २ स्मेतमा प्रतेवादीले आफ्नो भनी जोत कोड गर्न नदी षाली बाँझो पारी दीयेकाले सवै कित्ताको गरी जम्मा कं रु ४६५।२ भराई जगामेरै सदर गरी पाऊ भंने स्मेत वेहोराको महादेवको वादी रहेछ।

बादीको ८८ नं. जगा नगडु साहुको १२५˟१२६ नं. का कीत्ता साधमा पर्ने र वादीको ४६ नं निजैका नाउमा दर्ता भै निजैका हकमा छ ५७ नंर मा वादीले घरवास गरी बसेको र ५८ नं सोही ५७ नं को साधमा भै वादीले  भोग गरी आयेकाले बादीका जगामा षाली वाझो पारी दीयेको नहुदा विगो तिर्न नपर्ने भन्‍ने वेहोराको राम सुन्दरको प्रतेवादी रहेछ।

बादीको ८८ नं. को जगा प्रहरुले बाँझो राषी दीयेको भनी साछीहरुले बकपत्र गरी दीयेको र ५७˟५८ नं. का कित्तामा पनी प्रहरुले नै बाँझो राषी दीयेका हुन भनी साछीहरुले बकपत्र गरी दीयेकाले सो कित्ताहरुको वालीको वीगो प्रतेवादीबाट वादीले भरी पाउने र ४६ नं को कीता जगा वादीकै हकमा देखीयेकाले तेसतर्फ वादीले झुट्टा दावी गरेको ठहर्छ भन्‍ने हनुमाननगर अमीनीको ०६।३।२२ को फैसला रहेछ।

५७˟५८ नं. भनी वादीले देषायेको जगा आजैका मीतिमा १८५ नं. ठहरी फैसला भयेकाले तेसतर्फ अमीनीको गल्ती र अरु मनासीव छ भंने सप्तरी अपीलको ०७।२।५ फैसला रहेछ।

वादीको ५७˟५८ नं. को जगा अर्को जगा मुद्दा तर्फबाट प्रतेवादीले १८५ नं. भनी नापी गरेको मध्येवाट पाउने ठहरेकाले ईन्साफ सुरुको मनासीव छ भंने प्रधान न्यायालय चौथा फाटको ०९।४।१५।४ को फैसला रहेछ।

८५नं. बाट कट्टी गरी केही जगा दिलाउने गरेको इन्साफमा चित्त वुझेन जाँची पाऊ भन्‍ने वादी महादेवका वींतीपत्रमा झगडीयाको दोहरीने भै रहेको छ भनी भनेकाले वेहोरा साचो भये ईन्को हकमा स्मेत मीसील साथ राखी जाहेर गर्नु भंने ०९।५।६ को आदेश रहेछ।

येस्मा वादी उजुरवाला महादेव र प्र वा कृष्णप्रसाद स्मेत राषी पेस हुने आयेको बुझ्दा येसमा ईनै वादी प्रतेवादीको जगा मुद्दामा वादीको उजुर जुट्टा ठहरी ५८ नं मध्ये भनी कीत्ताफोर गरी हाल नापीको २३७ नं मा नापी दर्ता गरेको जग्गा कट्टा ।९४ पोषरी डील कायं हुने तेसको पोत लगत काटी दीने गरी आजैका मीतीमा पैसला भयेकोले येस मुद्दामा ईन्साफ सप्तरी अपीलको मनासीव छ केही उल्टीमा प्रधान न्यायालय चौथा लाई जरीवाना गर्नु पर्दैन अरु तपसीलका कुरामा तपसील बमोजीं  गर्नु।

तपसील

वादी महादेव साहु तेलीकै निजलाई सप्तरी अपिलबाट गर्ने गरेको डंड कंरु १०।।P। नलाग्ने हुदा लगत काटी दीनु भनी प्र.न्या चौथा फाटका ०९।४।१५ का फैसला बमोजीं ०९।४।३१। ६ मा लगत दीयेको देखीयेकाले र हाल प्रधान न्यायालय चौथा फाटको इन्साफ केही उल्टी भै सप्तरी अपिलकै इन्साफ मनासिव ठहरेकाले प्रधान न्यायालय चौथा फाटका ०९।४।१५ का फैसला बमोजिं ०९।४।३१।६ मा दीयेको लगत कट्टी गरी सप्तरी अपील्का ०७।२।५ का फैसला बमोजिंको लगत कायं गर्नु भनी हनुमान नगर अमीनी तहसीलमा लेषी पठाउन अत देवानी फाटमा लगत दीने गर्ने वादी महादेव के ईन्साफ दोहोराये वापत नीजलाई सप्तरी अपीलले गर्ने गरेको सुरु डंड कंरु १०।।P। को हाकीमका नाउमा कराउनेका ११ नं. बमोजिं सैक्रा १० ले कंरु १ थप डंड हुन्छ रुजु हुदा असुल गर्न तहसीलमा लगत दीने –

सप्तरी अपीलका ०७।२। का फैसलाले प्रतेवादीबाट वादीले भरी पाउने ठहरेको विगो कंरु १०२।। को लगत काटी वीगो कंरु ४१५२ भराउने गरेको प्रधान न्यायालय चौथाको लगत काटी सप्तरी अपीलका फैसला बमोजिंको लगत कायं गर्नु भनी लगत दीने -----------------

प्रधान न्यायालय चौथा फाटका देहायेका मानीस के केही उल्टीमा जरीवाना गर्न नपर्ने ------

मि.सु.ईन्द्रलाल अमात्ये १   ना.सु. षड्ग वीक्रम थापा छेत्री

वी. ठाकुर प्रसाद  षड्याल ---

सप्तरी अपीलका देहायेका मानीसके केही उल्टीमा भनी प्रधान न्यायालय चौथा फाटले गर्ने गरेको जरीवाना कंरु १ एक हाल नलाग्ने हुदा असुल भये फीर्ता र नभये वेहोरा जनाई लगत काटी दीनु भनी लगत दीने ------

सु तुल्सीप्रसाद पाध्याके कंरु ------------------।।२

वी वीश्वनाथ लामीछाने के कंरु --------------।

वी. डीपमान सीं राजभंडारी के कंरु ----------२

 

 

 

 

भैरवराज पंत                                  हरि प्रसाद

  न्यायाधीश                                प्रधान न्यायाधीश

इती संम्वत २०१० साल मार्ग २२ गते रोज २ सुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563