• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२४ - कैदको रुपैञा बुझाई पाऊ

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ ८९

अभिलेख नं. ६२४/२०१०

रीट नं. २७७/९६

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

ठा.नं ९६

मुदा: कैदको रुपैञा बुझाई पाऊ


निवेदक पदम बहादुर कार्की

विपक्ष सरकार


 

ईजलास


श्री माननीय न्यायाधिस प्र.मा.ने.ता.ले.ज. प्रकाश सम्सेर जङ्ग बहादुर राणा।

आदेश

येस्मा बाल कुमारी खड्केनी मरेको ज्यान सम्बन्धी मुद्दामा ३।४ साल्मा के हो मलाई १० मैन्हा कैद गर्ने गरेको पुरानो लगत हुदा माफी पाऊ हुन सकदैन भने कैद नगर्नु रुपैया ली दीनु भन्‍ने आदेश पाऊ भनि पुर्व २ नं. मोतीटार बस्ने पदम बहादुर कार्कीको निवेदन पत्रमा वेहोरा साचो भया कैदको रुपैया बुझाउन पाउने नपाउने हेरि विचार गर्न निमित्त मिसिल झिकि जाहेर गर् यो जाहेर भै अर्को आदेश नभए सम्म यो सजायेमा विंतीपत्रवालालाई पक्राउ नगर्नु भनि पुर्व २ नं चरिकोट अदालतलाई पनि लेखी पठाई अैंन सवाल बमोजिं गर्नु भन्‍ने ०१०।६।८ मा श्री माननीय प्रधान न्यायाधिस ज्यूका आदेश मुतावीक मिसील वारे पुर्व २ नं. अदालतलाई लेखी पठायेमा ०७ साल माघ २१ गते सम्मका मिसिल गैह्र डडीसकेको तेसपछी चालु भएदेखि एताको पंचीकाबाट सो मुद्दा नदेखिएको भनि ज्वाफ आएको विंतीपत्र वालाले आदेश भएका म्याद भित्र हाजिर भै तारेखमा रहि कारवाई चलाई भागेको समेत नदेखिदा आदेश सहितको विन्तिपत्र तामेलीमा राखन मिसिल फाटमा बुझाई दि यो आदेस भएको जनाऊ पुर्व २ नं. चरीकोट अदालतमा पठाई दिनु ।

 

   प्रकाश शम्सेर

न्यायाधिस

ईति संम्वत २०१० साल मार्ग २२ गते रोज २ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563