• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२६ - जगा

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ १०१

अभिलेख नं. ६२६/२०१०

रीट नं. ३७५/९०३

नेपाल प्रधान न्यायालय डीभीजन बेञ्‍च

मुद्दा नं ९०३

मुद्दा: जगा


हनुमान नगर प्र. पकरी मौजे लक्ष्मीनीया बस्ने वादी महादेव साहु तेली

हनुमान नगर प्र पकरी मौजे लक्ष्मिनीया स्ने प्रतेवी राम सुन्दर साहु तेली स्मेत


ईजलास


श्री माननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए. वीयेल

श्री माननीय न्यायाधीस भैरवराज पंत

फैसला

येस्मा प्रतेवादीहरुले मनपर्दो नापी गरायेकाले जाहेर गर्दा नापी मुल्सी फी गोश्वाराले बुझ्नु भंने भयेका प्रमाङ्गी बमोजी कारबाई गर्दा नालेस गर्नु भनी सुनायेकाले नालेस गर्न आयेको छु मेरा नाऊका दर्ताको ५७ नं को र ५८ नं को कीत्ता १ साथ मीलेकोमा प्रतेवादीहरुले षिचोला गरे उपर मेरो नालेस परी भयेको नाप नक्सा यसै अदालतमा छ सो मेरो ५७˟५८ नं को जगालाई प्र रामसुंदरले आफ्नो आकासे नं. १८५ मा घुसाई आफ्ना नाउमा नापी गरायेको ५७ नं. लाई ५० नं. मा र ५८ नं. लाई २१५ नं. मा घुसाई नापी गरायेका र मेरो ४६ नं. लाई प्रतेवादीले आफ्नो ४० नं. मा र ७९ नं लाई नीजैको ६९ नं. मा घुसाई नापी गरी मेरो घरवास स्मेत कुन कुन नम्बरमा घुसाई नपायेका छन् नीजहरुवाटै खुलाई प्रतेवादीका नाउको नापी बदर गरी मेरो जगा कायं गरी पाऊ भन्‍ने स्मेत वेहोराको महादेको वादी रहेछ।

बादीको ५७˟५८ नं को जगालाई मेरो आकासे १८५ नं मा घुसायेको होइन वादीको ५७ छैन को जगामा नीजै वादीले घर बनाई बसेको र ५८ नं को कीत्ता वादीकै घरनेर वादीकै भोगमा छ हाल नापीमा वादीको ५७ नं को कीत्ता २३५ नं र ५८ नं. को कीत्ता फोर गरी हाल नं २३६˟२३७ मा नापी भयेको छ वादीको ४६ नं. लाई मेरो ४० नं मा नपायेको पनी होइन निजको सो ४६ नं हाल नापीमा नं. ७५ मा नीजै वादीका नाउमा नापी भयेको छ वादीको ७९ नं लाई पनी मेरो ६९मा नपायेको छैन नीजको सो ७९ नं. हाल नापीमा नीजैका नाउमा नं. २०३ मा नापी भयेको छ घरवास पनी निजैका नाउमा मीन्हा भै नापी भयेकोले वादी झुट्टा हो भंने स्मेत वेहोराको राम सुन्दरको प्रतेवादी रहेछ।

३ सालको नापीमा प्र रघुनंदन बुढो पाको मानीस भयेकोले नीजैका भनाई बमोजीं नापी गराई सकेपछि वीले वंडीबाट गोडाहरु रुजु गर्दा नमीलेकोले मेरो उजुर स्मेत परेको छ प्र रघुनंदनले नापीमा गोलमल पारी नपायेको हो भन्‍ने स्मेत वेहोराको सुसिल कांतदासको ऐ रहेछ।

मसंग श्रेस्ता प्रमाण केही नभयेकाले वंणा बमोजींका जगा मात्र भोगी आयेको छु भन्‍ने स्मेत वेहोराको दानलालको ऐ रहेछ। ऐ ५७˟५८ नं को जगाको हद भिडाउदा हाल नापी भयेका जगामा केही मील्न आउछ तापनी अघी यै पोषरी मुरारको जगालाई गौचर पानी घाट भै रहेकोमा मंगल साहु स्मेतले वंड गरे षुलाई पाऊ भनी उजुर गरेकोमा उजुर नठहरी घाटै कायं रहेको देषीयको अघीजमै जगामा धानवालीको दावी गरेको ५७˟५८ नं पोषरी मुहार भयेपनी जगामा धानवालीको दावी हुन नपर्ने नं. १८५ को जगा भये तेस वरीपरी सीलसीला नंवर मील्न नपर्ने भयेको र नक्सा हेर्दा ५७ नं का वादीको घरवास नदेषीयेकाले स्मेत वादीको ५७˟५८ नं. को जगालाई प्रतेवादीले हेरफेर गरी नपायेको ठहर्छ ४६ नं जगाका हकमा नापी मुन्सीको जवाफबाट वादीकै नाउमा दर्ता भयेको देषीयेको ७९˟८० नं कीताको हकमा सावीक भन्दा नरवढी भै वादीकै नाऊमा नापी भयेको देषीयाकोले र घरवास वादीकै नाउमा मीन्हा देषीयेकोले तेस तर्फ बादीले झुट्टा दावी गरेको ठहर्छ भन्‍ने हनुमान नगर अमीनीको ०६।३।२२ को फैसला रहेछ।

५७˟५८ नं.लाई १८५ नं. मा घुसाई र २१५ नं लाई पोषरी डिलमा नपायेको हो होइन भन्‍ने तर्फ वीचार गर्दा मुन्सीफीको जवाफ र नक्सा हेर्दा ५७˟५८ नं. को हद मीलेता पनी उत्तर वरीया मोहारमा जोगी मंगलले घर बनाई कसर राषेको उठाई पाऊ भन्‍ने नघुनंदनको दावी भै दावी झुट्टा ठहरी ९७।१।१२ मा फैसला भयेको सो मुद्दामा बुझीयेका प्रहरुले पनी सो पोषरी डिल कसैले नंम्बरी र कसैले अैलानी भनी वयां गरेको पोषरीको डील जनी यो झगडा परेको अैलानी रहेछ भंनलाई श्रेस्ता प्रमाणले नहुने हडको वीचार गर्दा षुवलाल सो उत्तर भंने ५७ नं को हडर ५८ नं. तीन कीत्ता भीत्र भंने मुन्सीकी जवाफबाट देषीयेको जहाँ २१५ नं को जगा षुलाल घर सो पुर्व भयेपछी सो २१५ नं को जगा सावीकमा षुवलालको भै सो देषी उत्तर ५७˟५८ नं. कायें गर्नु पर्ने ५८ नं को जगा केही पोषरी डीलमा परे पनी जंमै परेको नभै केही मात्र परी अरु जगा पोषरी डील देषी बाहेकै परेको देषीयेको ५७˟५८ नं को जगा हाल नापीमा २३४˟२३६ ˟२३७ नं कायं गरी नापी भयेको वादीको जगा घटी नभै बढी नै देषीयेकाले स्मेत तेसतर्फ अमीनीले केही गल्ती गरेको र अरुमा अमीनीको इन्साफ मनासीव छ भंने सप्तरी अपीलको ०७।२।५ को फैसला रहेछ।

अघी ५७˟५८ नं स्मेत समुच्चै जगाको धान वालीमा दावी गरी नालेस गरेको पोषरी डिल र वाँस घारी भयेको जगा ५८ नं. को रहेछ भंन नहुने नक्सा नंवर १˟२ को जमा ५७˟५८ नं को रहेछ भन्‍ने सीध्द हुन आयेकोले जम्मै जगा वादीले पाउने होकी भंनलाई प्रतेवादीको १८५ नं येस ठाउमा छ भन्‍न वादीले नसकेकाले सो जगा पनी तेसै ठाउमा रहेछ। भंनु पर्ने भै नक्सामा देषीयेको तेस वरीपरीको वढ स्मेत वादी प्रतेवादीको जगामो दामासाहीले पाउने र ७९ नं को जगाको प्रतेवादीले देषायेको किल्ला नमीलेकाले नक्सा नंवर ४ को जगा वादीको ७९ नं को जगा ठहर्नेमा अपीलले केही गल्ती गरेको ठहर्छ भंने प्र.न्या चौथाफाटको ०९।४।५ को फैसला रहेछ।

प्र.न्या चौथा फाट्ले केही मात्र जीतायेकाले चित्त वुझेन ईन्साफ जाँची पाऊ भन्‍ने वादि प्रतेवादी स्मेत दुवैथरको वींती पत्रमा मीसील झीकाई इनसाफ जाँची अैं सवाल बमोजीं गर्नु भंने आदेस रहेछ।

येस्मा वादी महादेव र प्रतेवादीको वारेस कृष्ण प्रसाद स्मेत राषी पेस हुन आयेको बुझ्दा २१५ नं को हड षुवलाल धर्सो पुर्व भंने लेषीयेको नीज षुवलाल सो उत्तर भंने ५७ नं को सदर ५८ नं नीज कित्ता भीत्र भंने मुन्सिफी जवाफबाट देषीयेको २१५ नं को जगा षुवलाल घर सो पुर्व भयेपछि सो २१५ नं को जगा साविकमा षुवलालको भै सो देषी उत्तर ५७˟५८ नं को जगा कायें मान्नु पर्ने हुदा वादीको दावी झुट्ठा ठहरायेको इन्साफ सप्तरी अपीलको ममनासीव छ सावीक ६१ सालको नापीमा ५६ नं को कित्ता षुवलाल पोषरी सो पश्चीं ५७ नं को कीत्ता नीज सो उत्तर ५८ नं कीत्ता नीज कीत्ता भित्र भन्‍ने लेषीयेको देषीनाले हाल २००३ सालका नापीले सावीक ५८ नं को कीत्ता फोर गरी पोषरी देषी पश्चीं हाल नं. २३६ मा जगा कट्टा ।२८ पोषरी देषी पुर्व पट्टी हाल नं २३७ मा जगा कट्टा ।९४ कायें गरेकोमा सो हाल नं २३६ को कीत्ता मात्र  सावीक ५८ नं को कीत्ता कायें हुने भै हाल नापीको २३७ नं. को कीत्ता जगा साविक ५८ नं मध्येको वादीका हकको भंन ६१ सालका नापी श्रेस्तामा तेस कीसीम कीत्ता फोर नभै नीज कीत्ता भीत्र भन्‍ने भयेको कील्ला पनी मील्न नआयेको र जगा वीराउनेका ४ नं ले पोषरी डील अवाद गर्न स्मेत नहुने हुनाले हाल नापीले २३७ नं. मा वादीका नाउमा दर्ता गरेको जगा कसैले पनी आवाद चलं गर्न नपाउने गरी पोषरीको डील कायं राषी सव २३७ नं जगा पोतको अैं सवालको रीत पुर्‍याई लगत कट्टा गरि दीन मालमा लेषी पठाई दीनु भनी मिसिल सुरु हनुमान नगर अमिनिमा पठाई दिनु। केही उल्टीमा प्रधान न्यायालय चौथा पाटलाई जरीवाना गर्नु पर्दैन अरु तपसीलका कुरामा तपसील बमोजिं गर्नु ---

तपसील

वादी महादेव साहु तेलीके प्रधान न्यायालय चौथा पाटका ०९।४।१५ का फैसला र ०९।४।३१ का लगतले सप्तरी अपील्का ०७।२।५ का फैसला बमोजींको डंड कंरु ६।।२ मध्ये कंरु २ सलामी लाग्ने हुदा बाँकी कंरु ४।।२।को लगत काट्ने गरेकोमा हाल प्रधान न्यायालय चौथा फाटको इन्साफ केही उल्टी भयेकोले सो प्रधान न्यायालय चौथाफाटका फैसला लगत बमोजिंम गर्नु पर्दैन सप्तरी अपिलका फैसला लगत बमोजिम कै लगत कायं गर्नु भनी हनुमाननगर अमीनी तहसीलमा लेषी पठाउन देवानी तहसीलमा लगत दीने ---------------------

वादी महादेव साहु तेलीके इन्साफ दोहोराये वापत नीजलाई सप्तरी अपीलले गर्ने गरेको सुरु डंड कंरु ६। को हाकिंका नाउमा कराउनेका ११ नं. बमोजीं सैक्रा १० ले कंरु ।।२ थप डंड हुन्छ रुजु हुदा असुल गर्न तहसीलमा लगत दीने -----------

प्रधान न्यायालय चौथा फाटका देहायेका मानीसके केही उल्टिमा जरीवाना गर्न नपर्ने-

भी सु ईन्द्रलाल अमात्ये---१                नासु षड्ग वीक्रम थापा छेत्री –१

वी. ठाकुर प्रसाद षर्‍याल ---------------------------------------------------१

सप्तरी अपीलका देहयेका मानीसके केही उल्टीमा पनी प्रधान न्यायलय चौथा फाटले गर्ने गरेको जरीवाना कंरु १ एक हाल नलाग्ने हुदा असुल भये फीर्ता र नभये व्यहोरा जनाई लगत काटी दिनु भनी लगत दीने ----------------------------------------

सु तुल्सी प्रसाद पाध्या के कंरु --------------------------------।।२

डी. वीश्वनाथ लामीछानेके कंरु ------------------------------ ।

वी दीपमान सीं राजभंडारीके कंरु ----------------------------२

 

 

 

भैरवराज पंत                                             हरिप्रसाद

न्यायाधीश                                         प्रधान न्यायाधीश

इती संवत २०१० साल मार्ग २२ गते रोज २ सुभम्  

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563