• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२७ - लें दें

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ ९५

अभिलेख दर्ता नं. ६२७।२०१०

रीट नं. १३४/७०

नेपाल प्रधान न्यायालय डिविजं बेञ्‍च

ठाडो नं. ७०


ऊजुरवाला मोरं प्र. भाला भलेनी मौ रामगंज झोरा बस्ने गनौरी माझी स्मेतको वारेस हेतुमाझी थारु

विपक्ष विराटनगर बजार बस्ने मुनिलाल माडवारी


मुद्दा लें दें

इजलास


श्री माननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान यम.य. वीयल

श्री माननीय न्यायाधीश भैरवराज पन्त

फैसला

यस्मा पेस गर्न ल्यायेको यो मुद्दा बुझदा मुनिलाल संग रु १४५०१ मैले रु २३७५ मेरीन्धा हरी गनौरीले सापट गरी लीयको २००५।३।१२ मा जो भएको जगा दृष्टी गरी दीयेको हु ब्याज तिर्न सकिन र सांवा ब्याज भराई पाए भंने म उपर नालेस पर्‍यो मलाई झीकायाकोले प्रधान न्यायलय सम्म लडदै आये जगाको हैसीयत वुझनु भंने हुदा बीगाको ८०० दर राषी आयो ६ मैना म्याद पायेकोमा पनि तिर्न बुजाउन सकिन साहुका रुपैञा पचाउन खोजेको होइन मेरो १०९ विगा जगा छ हैसीयत जाचेपछि ६ मैनाका भाखाको इन्साफ हुनु नपर्ने मेरो ८०।८४ हजारको जेथा २०˟२२ हजारमा जाने भो विगाबाट मेरो जगा मध्ये साहुको सावा ब्याजलाई पनि जगा छुट्याई बाकी जेथा मेरो चोखो रहने व ५ वर्ष भीत्रमा साहुको सावा ब्याज बुझाई सकने नभए ४०।५० विगा जमीन रुपैञा तिर्न नसकुञ्जेल साहुले नै भोग बन्दकी दि रुपैञा तिर्न सकेको बखत फिर्ता लिने इ तिन कुरामा साहुको जेथा मंजुर छ उहि गरी दिई यो ६ मैनाको म्यादको फैसला बदर गरी दिनु भंने प्रमाङ्गी पाउ भंने हेतु समेतको विन्तिपत्र श्री नारायण हीटी दरबार चलां भै आयेकोमा बेहोरा साचो भये अडामा रहेको फैसला नकल र दुवैथर झगडीया समेत राषी जाहेर गर्नु भंने श्री माननीय प्रधान न्यायाधीशबाट ०१०।४।१६।६ मा तोक भएको रहेछ---

हेतुले र गनौरीले मेरो रुपैञा नदीयकोमा नालेस दि न्यायालय लगायतबाट डीग्री पाये आखिर ६ मैनाको भाकामा समेत तिर्न बुझाउन नसकेकोले मैले सो लेनामा अमिनि तहसीलमा दर्खास्त दिये ०१०।५।१९ मा तारेख मुकर म्याद टास भउकोमा हेतु आई मैले श्री मांननिय न्यायाधीशमा मेरो धेरैको हैसीयत छ भंने उत्तर दि मुद्दा दोहरीने भै यै मार्ग १५ गतेको तारेख पाये जगा जीमिदारी लिलाम नहवस भनि रोक्‍का गरेकाले निवेदन गरेको छु अघि पनि केही ब्याज छुटयो.............. गरेको कारवाही समेत टुग्यायो अैंले मैले यर्को ब्याजमा चलाउनु परीरहेछ टञ्यायेको मीतिसम्मको ब्याज नदी खर्च गरी सदर सम्म आउनु परीरहेछ बाली रोक्का गरी टास गरेको मितिसम्मको ब्याज स्मेत भराइदिनु भंन्ये प्रमाङ्गी पाउ भंने मुनिलालको विन्तीपत्र ०१० आश्वींको रहेछ।

सावा ब्याजस्मेत रु २३१२४२ भो तेसमा तहसील्ले टास गरेको हेतुले मोहलत मागेको टायेंसम्मको ब्याज पाउन श्र्व ब्याज समेत भराई पाउ भंने स्मेत मुनिलालको ०१०।४।२१ को आकासवाणी रहेछ।

मेरो जगा लाखौ रुपैञाको श्रीफ १७००० मा लीने मुराद ली ग्राहकस्मेत हडकीदीयो आदेस बमोजीम झगडीया नेपाल आउदैलाई पनि फेरी तहसील्मा कुरा मीलाई मेरो जगा जीमीदारी जायेजात चौपाया समेत रोक्‍का गरी दीयो भंने आकासवाणी खवर पाञे जमै जगा लीलाममा हाली हाकिं स्मेत मीलि खाने वंदोवस्त छ सो रोक्का रहेको तुरुन्त फुकुवा दीनु धान कटानीको टायेंमा यस्तो ताकिता कीन गरेको हो सो समेत बुझी जनाउ दीनु र कारवाई रोकनु भंने विराटनगर गोश्वाराका नाउमा आदेस गरी पाउ भंने हेतु माझीको ०१०।८।१७ को विन्तीपत्र रहेछ।

यसमा तारेखमा रहेको हेतुमाझी थारु र मुनिलालस्मेतलाई राषी यो मुद्दा बुझदा मेरो १०९ वीगा जगा छ सरमीं बुझदा वीगाको ८०० मोलीने जगा २०˟२२ हजारमै जाने भो भंने हेतु माझीको जीकिर श्र्व जगा वीगाको डेड दुई सौ मोलिने र मेरो लेना ज्मा २३१२४२ छ भंने स्मेत मुनिलालको जीकिर भएकोले निज हेतुबाट मुनिलालले फैसलाबाट पाउने बीगो अैंन बमोजीमको रित पुर्‍याई सो बीगाले खामने जे जति लिलाममा चढाउनु पर्छ चढाइ बढी बढाउ गरी भरीभराउ गर्नु भनि यो मीसील जिल्ला अमिनि तहसील्मा पठाइ दीनु ----

 

 

न्यायाधीश                                          प्रधान न्यायाधीश

ईति सं २०१० साल मार्ग २२ गते वार शुभम्

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563