• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२८ - लेन्देन विगो

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ ९४

अभिलेख नं. ६२८/२०१०

रीट नं. १३५/४७

नेपाल प्रधान न्यायालय सिंगल बेञ्‍च

ठा.नं ४७

मुद्दा: लेन्देन विगो  


वादी इलाम इलाका सींफीरीं कोधो वी धारा घर भै हाल का ई डील्लीबजार डेरा गरी बस्ने महेश्वरा नीरौलेनी छेत्र्यानी --

प्रतेवादी पूर्व १ नं चौतारा दीयाले बस्ने नवराज ठकुरी


इजलास


श्री माननीय प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम.ए. वीयल

फैसला

नवराजबाट कंरु ९९९।७४ भराई दीने ठहराई मुद्दा फैसला भयेकोले नीजको चन्द्र बहादुर ठकुरी जींमाको जगा जमीन र हाडा भाडा वस्तु भाउ जे छ सर्जमीं बुझी पत्ता लगाई अैं वमोजिं गरी वीगो भरी पाऊ भन्‍ने समेत साडाश्वराको दर्खास्त,

     ससुरालीतर्फ बकसपत्र पायाकोले वावु तर्फको अंश छोडपत्र गरी छाडी ससुराली गै बसेकोमा शेष पछिको वकस पत्र हुदा सो वकसपत्र बदर भयेकाले नवराजका हकको चल अचल केही हुदा जायजात देखाउन र जायजात गर्न सक्दैनौ भन्‍ने स्मेत योगवीक्रम स्मेत ९ ज्वां सरजमीं मुचुल्का

नवराज नवोदर दाजु हुन नीजलाई ससुरालीले बकस गरी दीने भयेकोले ससुराली वस्न जान्छु बाबु लालबहादुरको अंश जगा जमीन हाडा भाडा स्मेत केही खांन तीमी भाई इन्द्र बहादुर डम्वर बहादुर स्मेतले खानु  भनी छोडपत्र गरी दीयेको हो भयेको सम्पतिमा म भाई डम्वर बहादुर आमा स्मेतको ३ भाग लागने हो भंने स्मेत इन्द्र बहादुरको वयान

छोडपत्र पास नभयेकोले अम्श भागको चल अचलको फाटवारी लेखि ४ अंश लगाई नवराजका अंश भागको जेथावाट वादी महेश्वरले भरी पाऊने ठहर्छ भंन्‍ने स्मेत सींधुपाल्चोक अदालतको फैसला।

२००० सालको नवराजको छोडपत्र पास नभयेको भनि नावालख स्मेत नबुझी फैसला गरेकोले नवराजले गरी दीयाको छोड पत्र वमोजींका जगा मेरो सदर गरी पाऊ भन्‍ने स्मेत इन्द्र वहादुरको अपिल,

नयां कुराको सवुद दीन नसकेकोले इन्साफ सुरुको मुनासीव छ आदेश वमोजीं जाहेर गरेका छौं भन्‍ने स्मेत अपील तेश्राको जाहेरी फैसला,

यस्मा छोडपत्र पास नभयेकोले । संपतिको ४ खण्डको १ खण्ड नवराजको भागवाट वादी महेश्वरले भरि पाऊने वीगो भराई दीने ठहराई शुरुले जाहेर गरेको मुनासिव ठहराई अपीलले जाहेर गरेको मुनासीव छ मीसील सुरुमा पठाउन अपीलमा पठाई दीनु

 

 

 

                                              प्रधान न्यायाधिस

इति सम्वत २०१० साल मार्ग २२ गते रोज २ शुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563